तारगाउँ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

तारगाउँ पूर्वी नेपालको प्रदेश नम्बर १ अन्तर्गत पर्ने इलाम जिल्लाको दक्षिण पूर्वमा अवस्थित सूर्योदय नगरपालिकाको वडा नम्बर ६ मा पर्दछ। प्राकृतिक हिसाबले अत्यन्तै मनमोहक यो गाउँ विकासको हिसाबले भने खासै अगाडि बढ्न सकेको छैन। चिया बगान, तरकारी खेती, अलैंची खेती, पशुपालन व्यवसायको बाहुल्यता रहेको यो गाउँ जलस्रोतमा भने अत्यन्तै सम्पन्न छ। खोलाखाल्साहरुले झकिझकाउ यो गाउँबाट जिर्मले, सलकपुर जस्ता ठाउँहरुमा खानेपानी पुर्‍याइएको छ। शिक्षा क्षेत्रमा श्री सरस्वती निवास आधारभूत विद्यालय रहेको छ, त्यस्तै थलथले पोखरी, निर्माणाधीन शिव मन्दिर, स्तर उन्नति हुँदै गरेका ग्रामीण सडक र विद्युत, संचालनमा रहेको तारगाऊँ चिया फ्याक्ट्री यस गाउँको विकासका सूचकहरु हुन। पर्यटन विकासको प्रचुर सम्भावना रहेको यो गाउँ विकासका हिसाबले अलि अगाडि बढ्न सकेमा निकै समृद्ध हुने देखिन्छ।