तारानाथ रानाभाट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तारानाथ रानाभाट
प्रतिनिधि सभाका सभामुख
एकाधिपतिराजा ज्ञानेन्द्र
प्रधानमन्त्रीकृष्णप्रसाद भट्टराई
पूर्वाधिकारीरामचन्द्र पौडेल
उतराधिकारीसुवासचन्द्र नेम्बाङ
निर्वाचन क्षेत्रकास्की १
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस

तारानाथ रानाभाट नेपालका राजनीतिज्ञ तथा प्रतिनिधि सभाका पूर्व सभामुख हुन्।

दरबार हत्याकाण्डको छानबिन समिति[सम्पादन गर्नुहोस्]

२०५८ जेठ १९ मा दरबार हत्याकाण्ड भयो। राजा वीरेन्द्रको निधन भइसकेको थियो । २०५८ जेठ २२ बिहान ३:४५ मा राजा घोषित दीपेन्द्रको मृत्यु भयो। [१] [२]

त्यस घटनापछि श्री ५ बनेका राजा ज्ञानेन्द्रले शाही सन्देश मा राजा ज्ञानेन्द्रले राजादरबारमा घटेको घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउने प्रक्रिया स्वरूप प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षता मा एक उच्चस्तरीय समिति गठन गरे। उक्त समितिमा सभामुख तारानाथ रानाभाट तथा प्रतिनिधि सभाका विपक्षी दलका नेता माधवकुमार नेपाललाई सदस्य तोकियो। यस समितिलाई तीन दिन भित्र प्रतिवेदन जाहेर गर्न निर्देश दिइयो।[३] तर नेता माधवकुमार नेपालले "उक्त समितिमा रहेर काम गर्ने सम्बन्धमा २०५८ जेठ २३ गते बसेको नेकपा एमाले स्थायी कमिटीको बैठकले मेरो हकमा उक्त समितिमा रहन नसकिने निर्णय गरेकाले सोही बमोजिम सो समितिबाट राजिनामा जाहेर गरेको छु।" भनेर राजिनामा दिए।[४] उक्त समितिलाई देहाय बमोजिमका अधिकार प्राप्त थिए;-

[४]

  1. घटनास्थालको अवलोकन गर्ने र घटनास्थालाको तस्वीर सहितको विवरण संकलन गर्ने
  2. घटानास्थलमा जमघटका लागि उपस्थित पारिवारिक सदस्यहरू तथा अन्य व्यक्तिहरू, राजपरिवारको सुरक्षा एवं सेवामा खटिएका व्यक्तिहरू, उपचारमा संलग्न रहेका चिकित्सकहरू एवंम परिचारिकाहरू तथा समितिले आवश्यक देखेका अन्य व्यक्तिहरूबाट जानकारी लिन सक्ने
  3. सो घटनासंग सम्बन्धित हतियार, गोलीलागायतका अन्य चिज वस्तुको संकलन र जांच गर्न सक्ने एवम् घटनाका सम्बन्धमा अस्पतालबात भएको जांच परिक्षणको विवरण प्राप्त गर्न सक्ने
  4. घटनाको सम्बन्धमा विशेषज्ञहरूको आवश्यक सहयोग लिन सक्ने
  5. समितिले आफ्नो कार्य सम्पादन गर्न आवस्यक व्यक्तिहरूको सहयोग लिन सक्ने

उक्त समितिले जेठ २६ गतेबाट आफ्नो काम सुरु गर्यो। ३ दिनमा काम नसकिएकाले राजाबाट सो समितिको कार्य अवधि जेठ ३२ गते सम्म ४ दिन थप भयो।[५] त्यो छानबिन प्रतिवेदनभन्दा पनि मुचुल्का प्रतिवेदन जस्तो थियो, जसमा प्रत्यक्षदर्शीहरुको बयान समेटिएको छ। नशाले अनियन्त्रित युवराज दीपेन्द्रले नै गोली चलाएर यो घटना भएको भन्ने प्रतिवेदन नै अहिलेसम्मको आधिकारिक हो। [६] समितिले सम्पूर्ण प्रतिवेदनलाई ३ भागमा विभाजन गरेको थियो। पहिलो भागमा समितिको गठन तथा कार्यप्रक्रिया उल्लेख छ। दोस्रो भागमा घटनासँग सम्बन्धित तथ्य एवम् तथ्याङ्कहरुको प्रस्तुति थियो। र, तेस्रो भागमा घटनाको यथार्थ विवरण उल्लेख थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. महर्जन, पशुपतिभक्त (२०५८ जेठ २२), "नवघोषित श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहबाट देशवासीका नाममा २०५८ जेठ २१ गते आइतबार बक्सेको सन्देश", नेपाल राजपत्र, खण्ड ५१ अतिरिक्ताङ्क १५ (क): 1। 
  2. महर्जन, पशुपतिभक्त (२०५८ जेठ २२), "श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहबाट देशवासीका नाममा २०५८ जेठ २२ गते सोमबार बक्सेको शाही सन्देश", नेपाल राजपत्र, खण्ड ५१ अतिरिक्ताङ्क १५ (क): 1। 
  3. महर्जन, पशुपतिभक्त (२०५८ जेठ २२), "श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहबाट देशवासीका नाममा २०५८ जेठ २२ गते सोमबार बक्सेको शाही सन्देश", नेपाल राजपत्र, खण्ड ५१ अतिरिक्ताङ्क १५ (क): पृष्ठ ३। 
  4. ४.० ४.१ महर्जन, पशुपतिभक्त (२०५८ जेठ २२), "श्री ५ महाराजधिराजका प्रमुख सचिवालय राजदरबारको विज्ञप्ति", नेपाल राजपत्र, खण्ड ५१ अतिरिक्ताङ्क १५ (ग)। 
  5. महर्जन, पशुपतिभक्त (२०५८ जेठ २८), "श्री ५ महाराजधिराजका प्रमुख सचिवालय राजदरबारको सूचना", नेपाल राजपत्र, खण्ड ५१ अतिरिक्ताङ्क १५ (घ)। 
  6. Salokya (जुन १, २०१२), "दरबार हत्याकान्डः ११ वर्ष भो, रहस्य खुलेन", Mysansar 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]