तारा घर्ति मगर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


एकिकृत नेकपा माओवादीको तर्फबाट विजयी समानुपातिक सभासद् रोल्पाकी ताराकुमारी घर्तीमगर संविधान सभामा जनजाति समूहबाट महिला प्रतिनिधित्व गर्दै घर्ती विजयी हुनुभएको हो। पार्टी स्थापनका बेला देखि अहिलेसम्म निरन्तरता दिने थोरै महिला मध्येकी एक भएको कारण पनि संविधान सभामा आफूलाई पार्टीले विजयी बनाएको घर्तीमगर हुनुहुन्छ।

जनयुद्ध थालनीको पहिलो आक्रमण, २०५२ साल फागुन १ गते रोल्पाको होलेरी प्रहरी चौकीमा आक्रमण गर्ने दुई महिलामा मध्येमा घर्तीमगर एक हुनुहुन्छ। माओवादी पार्टीमा संलग्न भएपछि पार्टी भित्रकै सहकर्मीसँग सामूहिक बिहे गर्ने पहिलो तीन जोडीमध्ये तारा पनि एक हुनुहुन्छ। उहाँका श्रीमान् कुलप्रसाद केसी 'सोनाम' माओवादीको केन्द्रीय सदस्य तथा वाइसीएलका इन्चार्ज पनि हुनुहुन्छ।

२०३२ साल भदौ ११ गते रोल्पाको उत्तरी भाग राङ्सी -९ भनभनेमा जन्मेकी घर्तीमगरका ३ दाजुभाइ र दुई दिदीबहिनी हुनुहुन्छ। सामान्य किसान परिवारमा जन्मेकी तारा २०४८ साल देखि विद्यार्थी सङ्गठनबाट राजनीति थालेकी सुरू गर्नुभएको थियो। २०५० सालमा माओवादीको पार्टी सदस्यता लिएकी तारा २०५१ सालमा पार्टीको क्षेत्रीय सदस्य, ०५४ सालमा जिल्ला समितिकी सदस्य तथा २०५९ सालमा महिला सघकी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो।

उहाँले माध्यमिक तहसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएको छ। माओवादीमा अञ्जली उपनामले चिनिने तारा हाल महिला संघकी सचिवालय सदस्य तथा माओवादी राज्य समितिको सदस्य पनि हुनुहुन्छ। सानोमा कृषि प्राविधिक बन्ने लक्षय लिएकी तारालाई माओवादी शसस्त्र विद्रोह सुरू गर्नु अगाडि नै सार्वजनिक अपराधको मुद्दा लागेको थियो। उहाँको माइती र घरका सबै सदस्य माओवादीको पार्टी राजनीतिमा संलग्न हुनुहुन्छ। गरीब शोषित वर्गको हितमा हुने संविधानको पक्षमा संविधान सभामा उहाँले आवाज उठाउनुहुनेछ। [१]

सन्दर्भ[सम्पादन गर्ने]