सामग्रीमा जानुहोस्

तारा लामगादे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तारा लामगादे एक स्थापित पत्रकार हुन् । उनी महाप्रतिवाद राष्ट्रिय साप्ताहिकका प्रधानसम्पादक र प्रकाशक समेत हुन् । उनलाई गिदोन लामिछानेका उपनामले पनि चिन्ने गरिएको छ । उनी भोजपुर जिल्लाको चरम्बी गा.वि.स वडा नं. ४ ¥याङ्ग धपेनीमा वि.सं. २०४४ साल साउन १७ गते आइतबार अर्थात् सन् १९८७ अगस्ट २ मा बुबा गोपाल विश्वकर्मा र आमा विष्णुकुमारी विश्वकर्माको कोखबाट कान्छा छोराको रुपमा जन्मिएका हुन् । उनका १ दाजु बलबहादुर विश्वकर्मा हुन् भने बहिनी मुनाचेली लामगादे हुन् । []

सानै देखि कडा परिश्रम र मेहेनत गर्ने तारा लामगादेले श्री जालपा निम्न माध्यामिक विद्यालय चरम्बी ३ र्याङ्ग थर्पुमा कक्षा ७ सम्म अध्ययन गरेका हुन् । त्यसपछि श्री शारदा माध्यामिक विद्यालय प्याउली ३ भोजपुरमा कक्षा ८ मा पढ्दा उनले भोजपुर साप्ताहिकद्धारा च्याङ्ग्रेमा सञ्चालन गरिएको आधारभूत पत्रकारिता तालिममा सहभागि भएपछि उनले पत्रकारिता क्षेत्रमा काम गर्न थालेका हुन् । प्याउलीबाट कक्षा १० तथा २०६० सालमा एस.एल.सी. उर्तिण गरेका हुन् । त्यसपछि उच्च शिक्षा अध्ययनका लागि धनकुटा बहुमुखी क्याम्पसमा आइ.एड. सम्म २ वर्ष अध्ययन गरे । विद्यार्थी जीवनमा राजनीतिमा सामेल भएका हुन् । उनले तत्कालिन अनेरास्ववियू (छैठौं) को सदस्य हुँदै इकाई सचिव र केन्द्रीय सदस्य समेत भएका थिए । जातीय समता समाजमा लागेर उनले दलित आन्दोलनमा सक्रिय सहभागि भएका थिए । उनी समता समाजको पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष हुँदै केन्द्रीय सदस्य भएका थिए । उनले नेकपा (माओवादी) पार्टीको सदस्य बन्दै राष्ट्रिय जनमोर्चा, नेकपा (मसाल), नेपाल कम्युनिष्ट पार्टी हुँदै नेकपा (एकीकृत समाजवादी) का कोशी प्रदेश कमिटि सदस्य समेत भएका छन् । []

उनी इसाई धर्म मान्छन् । उनले २०५८ सालमा येशु ख्रीष्टलाई मुक्तिदाता र प्रभु भनि विश्वास गरेका हुन् । उनले धनकुटा बप्तिस चर्चमा पाष्टर रामु सुवेदीबाट बप्तिस्मा लिएका हुन् । उनी २०६५ साल कात्तिक २५ गतेबाट आफ्नो श्रीमति अनिता रसाइली र छोरा एलिश लामिछाने सहित धरान १७ दियालोमार्ग सुनसरीमा बसोबास गर्दै आएका छन् । धनकुटाबाट धरान बसाईसरी आएपछि उनले होसन्ना बप्तिस चर्च र आराधना बप्तिस चर्चमा सेवा संगति गरेका थिए । इसाई क्षेत्रमा गिदोन लामिछाने (तारा) को नामबाट परिचित उनले पाष्टर तथा अगुवा तालिम केन्द्रबाट बिटिसिपी, नेपाल बप्तिस बाइबल कलेजबाट थियोलोजीमा प्रविणता प्रमाण पत्र तह उर्तिण गरेका छन् । त्यसबाहेक उनले सयौं सेमिनार, तालिम र कार्यक्रमहरुबाट दिक्षित भएका छन् । उनले २०७४ सालबाट आफ्नै नेतृत्वमा नेपाल मुक्ति मण्डली स्थापना गरि सेवाकाई गर्दै पाष्टरको रुपमा सेवा गर्दछन् । उनले मिसन स्कूल अफ थियोलोजी सञ्चालन गरेर सयौं इसाई अगुवाहरुलाई तालिम दिएका छन् । धरान ११ भोजपुरेचोकमा नेपाल मुक्ति मण्डली सञ्चालन गर्दै आएका छन्, उनी त्यस चर्चका पाष्टर हुन् । []

त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस धरानमा मानवीकि तथा समाजशास्त्र संकायमा समाजशास्त्र तथा राजनीतिक शास्त्रबाट ब्याचलरअफ डिग्री गरेका छन् भने उनले त्रिविबाटै नेपाली, पत्रकारिता र राजनीतिक शास्त्रमा माष्टर अफ डिग्री पनि गरेका छन् । उनी एक अध्ययनशील, मिहेनती, इमान्दार र क्रियाशील व्यक्ति हुन् । हाल बुबा गाेपाल, आमा विष्णुकुमारी (हन्ना), श्रीमति अनिता, भतिजा विवश लामगादे, छोरा एलिश लामीछाने र छोरी आर्जु लामीछाने सहित ७ जनाको संयुक्त परिवारमा बसोबास गर्दै आएका छन् । []

उनी हाल महाप्रतिवाद राष्ट्रिय साप्ताहिकका प्रकाशक तथा प्रधानसम्पादक, नेपाल मुक्ति मण्डली धरान ११ का पाष्टर, नेपाल ख्रिष्टियन पत्रकार संघका केन्द्रीय अध्यक्ष, नेकपा (एकीकृत समाजवादी) का कोशी प्रदेश कमिटि सदस्य, धरान इसाई पाष्टर अगुवा संघका सचिव, महाप्रतिवाद कम्प्युटर स्कूलका निर्देशक, सुनसरी जिल्ला अदालतबाट मान्यता प्राप्त कानुन तथा लेखापढी व्यवसायी, श्री विश्वकर्मा कल्याण सेवा समितिका सल्लाहकार, अदिता ज्वेलरीका सञ्चालक सदस्य, महाप्रतिवाद डेक्स्टप एण्ड कम्युनिकेशनका निर्देशक, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य लगायतका विभिन्न जिम्मेवारीमा रहि काम गर्दै आएका छन् । []

उनलाई सम्पर्क गर्नका लागि मोबाइल नम्बर ९८१५३०६०५२ वा ९८६२०३८९५२ मा सम्पर्क गर्न सकिन्छ भने ह्वाट्स्एपमा ९८१५३०६०५२, फेसबुक Tara Lamgade वा युट्युबमा Gideon Lamichhane मा पनि र इमेल ठेगाना mahapratibad@gmail.com मा पनि सम्पर्क गर्न सकिन्छ । अर्थात् पत्रचारका लागि दियालोमार्ग, घर नं. १०, रेल्वे, धरान १७, सुनसरी कोशी प्रदेश नेपाल रहेको छ ।[]

  1. Khanal, Mrs. Tara; Shrestha, Mrs. Maheswori; Adhikari, Dr. Shyam; Lamgade, Ms. Usha Poudel; Chhetri, Mrs. Karuna Raya; Maharjan, Dr. Surendra (२०२४-१०), "Evaluation of image quality in 1.5 tesla MRI scanner in Nepal", Journal of Medical Imaging and Radiation Sciences 55 (3): 101625, आइएसएसएन 1939-8654, डिओआई:10.1016/j.jmir.2024.101625 
  2. Khanal, Mrs. Tara; Shrestha, Mrs. Maheswori; Adhikari, Dr. Shyam; Lamgade, Ms. Usha Poudel; Chhetri, Mrs. Karuna Raya; Maharjan, Dr. Surendra (२०२४-१०), "Evaluation of image quality in 1.5 tesla MRI scanner in Nepal", Journal of Medical Imaging and Radiation Sciences 55 (3): 101625, आइएसएसएन 1939-8654, डिओआई:10.1016/j.jmir.2024.101625 
  3. Khanal, Mrs. Tara; Shrestha, Mrs. Maheswori; Adhikari, Dr. Shyam; Lamgade, Ms. Usha Poudel; Chhetri, Mrs. Karuna Raya; Maharjan, Dr. Surendra (२०२४-१०), "Evaluation of image quality in 1.5 tesla MRI scanner in Nepal", Journal of Medical Imaging and Radiation Sciences 55 (3): 101625, आइएसएसएन 1939-8654, डिओआई:10.1016/j.jmir.2024.101625 
  4. Khanal, Mrs. Tara; Shrestha, Mrs. Maheswori; Adhikari, Dr. Shyam; Lamgade, Ms. Usha Poudel; Chhetri, Mrs. Karuna Raya; Maharjan, Dr. Surendra (२०२४-१०), "Evaluation of image quality in 1.5 tesla MRI scanner in Nepal", Journal of Medical Imaging and Radiation Sciences 55 (3): 101625, आइएसएसएन 1939-8654, डिओआई:10.1016/j.jmir.2024.101625 
  5. Khanal, Mrs. Tara; Shrestha, Mrs. Maheswori; Adhikari, Dr. Shyam; Lamgade, Ms. Usha Poudel; Chhetri, Mrs. Karuna Raya; Maharjan, Dr. Surendra (२०२४-१०), "Evaluation of image quality in 1.5 tesla MRI scanner in Nepal", Journal of Medical Imaging and Radiation Sciences 55 (3): 101625, आइएसएसएन 1939-8654, डिओआई:10.1016/j.jmir.2024.101625 
  6. "व्याकरणशास्त्रे भाषाविषयकं चिन्तनम्", International Journal of Advanced Academic Studies 4 (3): 192–197, आइएसएसएन 2706-8919, डिओआई:10.33545/27068919.2022.v4.i3c.850