तारा (महाविद्या)
| तारा | |
|---|---|
| दशमहाविद्याको सदस्य | |
ताराको एक लिथोग्राफ | |
| देवनागरी | तारा |
| आबद्ध | पार्वती, महाविद्याहरू, देवी, काली |
| ग्रह | बृहस्पति (गुरु ग्रह) |
| अस्त्र | खड्ग, चक्कु, खोपडी |
| रानी | रुद्र (शिव) |
तारा दस महाविद्याहरू मध्ये दोस्रो हुन्। हिन्दु धर्मका शैव र शाक्त साम्प्रदायिक परम्परा अनुसार उनलाई आदिशक्ति मानिएको छ जुन पार्वतीको तन्त्रिकी प्रकटीकरण हो। उनको सबैभन्दा प्रसिद्ध तीन रूपहरू छन्: एकजटा, उग्रतारा, र नीलसरस्वती (जसलाई नीलसरस्वती, नीला सरस्वती वा नीलसरस्वती पनि भनिन्छ)।[१] उनको सबैभन्दा प्रसिद्ध पूजा केन्द्र भारतको पश्चिम बङ्गालस्थित तारापीठ मन्दिर र दाहसंस्कार गर्ने क्षेत्रहरू हुन्।
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]सामान्यतया ताराको ज्ञात उत्पत्ति रुद्रयामलको १७औँ अध्यायबाट भएको हो। ऋषि वशिष्ठले ताराको उपासना गर्दा सुरुमा गरेका असफल प्रयासहरू र पछि महाचीन (तिब्बत) भनिने क्षेत्रमा विष्णुसँग बुद्धको रूपमा भएको भेट र अन्ततः कौल विधिद्वारा प्राप्त सफलताको वर्णन गर्दछ। उनलाई अथर्ववेदको स्वरूपको रूपमा पनि वर्णन गरिएको छ।[२][३] स्वतन्त्रतन्त्रका अनुसार, ताराले आफ्ना भक्तहरूलाई ठूलो खतराहरूबाट रक्षा गर्छिन् त्यसैले उनलाई उग्रतारा पनि भनिएको हो।[४] देवी तारा सर्वव्यापी भएकाले उनको उपस्थिति पृथ्वीमा पनि हुन्छ भन्ने विश्वास गरिन्छ।[४]
प्रतिमा लक्षण
[सम्पादन गर्नुहोस्]

विभिन्न अध्यायहरूले तारालाई प्रायः एक भयानक देवीको रूपमा वर्णन गरिएको छ जसले कत्री, खड्ग, चामर वा नीलो कमल धारण गरेकी हुन्छिन् भने उनको टाउकोमा एउटा मात्र जटा हुन्छ। उनी श्याम वर्णकी, अग्ली, ठूलो भुँडी भएकी, बाघको छाला लगाउने र देब्रे खुट्टा शवको छातीमा र दाहिने खुट्टा सिंहमा वा शवको तिघ्राको बीचमा राखिएको हुन्छ। उनको अनुहार भयानक र निकै डरलाग्दो देखिन्छ। कालिका पुराणमा ताराकै एक रूप मानिने देवी तीक्ष्णकान्ताको पनि श्याम वर्ण, एउटा मात्र जटा र ठूलो भुँडी भएको समान प्रतिमा लक्षण छ।
हिन्दु देवी काली र ताराको स्वरूप मिल्दोजुल्दो छ। यी दुवै देवीहरूलाई कहिलेकाहीँ शिवको रूपमा पनि चिनिन्छ जहाँ उनीहरूले सुतिरहेको शवमाथि खुट्टा राखेको भनि वर्णन गरिन्छ। यसबाहेक कालीलाई कालो रङ्गको रूपमा वर्णन गरिँदा तारालाई भने नीलो रङ्गको रूपमा वर्णन गरिएको पाइन्छ। दुवै देवीहरूको शरीरमा वस्त्र निकै थोरै छ जहाँ तर ताराले बाघको छालाको लगाएकी छिन् भने कालीले काटिएका मानव हातहरूको पेटी मात्र लगाउँछिन्। दुवैले मुण्डमाला (काटिएका मानव टाउकोको माला) लगाउँछन्। दुवैको जिब्रो बाहिर निस्किएको र मुखबाट रगत बगिरहेको हुन्छ। उनीहरूको उपस्थिति धेरै मिल्दोजुल्दो भएकाले एकलाई अर्को भनेर झुक्किन पनि सकिन्छ। तारालाई प्रत्यालीढ आसन (जसमा देब्रे खुट्टा अगाडि हुन्छ) मा उभिएको देखाइन्छ। उनले हड्डीका पाताहरूले जोडिएका ५ वटा खप्परको मुकुट लगाउँछिन्। तान्त्रिक सङ्ग्रह तन्त्रसारमा उद्धृत गरिएको मायायन्त्र अनुसार ताराका आठ रूपहरू प्रमाणित छन् जसमा; एकाजटा, उग्र-तारा, महोग्रा, कामेश्वरी-तारा, चामुण्डा, नील-सरस्वती, वज्र-तारा र भद्रकाली समावेश छन्।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Shastri, Hirananda (१९९८), The Origin and Cult of Tara।
- ↑ Avalon, Arthur, "Shakti and Shakta", Sacred Texts।
- ↑ Bühnemann, Gudrun, "The Goddess Mahācīnakrama-Tārā (Ugra-Tārā) in Buddhist and Hindu Tantrism", Bulletin of the School of Oriental and African Studies।
- 1 2 Pravrajika Vedantaprana, Saptahik Bartaman, Volume 28, Issue 23, Bartaman Private Ltd., 6, JBS Haldane Avenue, 700 105 (ed. 10 October 2015) p.18
- ↑ Bhattacharyya, N. N. (१९९६), History of the Śākta religion (2nd संस्करण), New Delhi: Munshiram Manoharlal Publishers, आइएसबिएन 81-215-0713-8, ओसिएलसी 35741883।