सामग्रीमा जानुहोस्

तारेक रहमान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माननीय
तारेक रहमान
তারেক রহমান
रहमानले खैरो कोट ज्याकेट र सेतो सर्ट लगाएको फोटो
सन् २०२६ मा रहमान
११औँ बङ्गलादेशका प्रधानमन्त्री
वर्तमान
पदमा
१७ फेब्रुअरी २०२६
राष्ट्रपतिमोहम्मद साहाबुद्दिन
पूर्वाधिकारीमुहम्मद युनुस
(प्रमुख सल्लाहकारको रूपमा)
९औँ संसदको नेता
पदमा
१७ फेब्रुअरी २०२६
पूर्वाधिकारीशेख हसिना
बङ्गलादेश राष्ट्रियतावादी दलको अध्यक्ष
पदमा
९ जनवरी २०२६[]
महासचिवमिर्जा फखरुल इस्लाम आलमगिर
पूर्वाधिकारीखालेदा जिया
संसद सदस्य
पदमा
१७ फेब्रुअरी २०२६
पूर्वाधिकारीमोहम्मद ए. अराफत
निर्वाचन क्षेत्रढाका-१७
व्यक्तिगत विवरण
जन्म (1965-11-20) २० नोभेम्बर १९६५ (उमेर ६०)
सम्मिलित सैन्य अस्पताल, ढाका, पूर्वी पाकिस्तान
दलबङ्गलादेश राष्ट्रियतावादी दल
दम्पती
(
वि १९९४)
नाता सम्बन्ध
सन्तानजाइमा रहमान
आमाबुबा
आफन्तमजुमदार–जिया परिवार
शिक्षा
  • ढाका रेसिडेन्सियल मोडेल कलेज (प्रवेशिका)
  • आदमजी क्यान्टोनमेन्ट कलेज (उच्च माध्यमिक तह)
ढाका विश्वविद्यालय
हस्ताक्षर
वेबसाइटwww.tariquerahman.info
उपनामपिनु[]

तारेक रहमान (बङ्गाली: তারেক রহমান, जन्म; २० नोभेम्बर १९६५), तारेक जियाको रूपमा पनि परिचित, एक बङ्गलादेशी राजनीतिज्ञ हुन् जो सन् २०२६ देखि बङ्गलादेशको ११औँ तथा वर्तमान प्रधानमन्त्री, संसदको नेता, बङ्गलादेश राष्ट्रियतावादी दलको अध्यक्ष र ढाका-१७ निर्वाचन क्षेत्रबाट संसद सदस्यको रूपमा कार्यरत छन्। उनी पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालेदा जियाका जेठा छोरा हुन्। उनी ३५ वर्ष लामो महिला नेतृत्वको युगपछि प्रधानमन्त्री बन्ने प्रथम पुरुष राजनितीज्ञ पनि हुन्।

सन् १९६५ मा जन्मिएका रहमान सानै उमेरदेखि राजनीतिमा संलग्न हुँदै सन् २००० को प्रारम्भिक दशकमा उनी आफ्नी आमा प्रधानमन्त्री हुँदा राष्ट्रियतावादी दलको प्रमुख व्यक्तित्वका रूपमा उदाएका थिए। सन् २००८ नवौँ जातीय संसद निर्वाचन अवामी लिगको फराकिलो मतान्तरको जितपछि उनले आफ्नो सुरक्षा माथि खतरा भएको र हिरासतमा रहेका बेला अधिकारीहरूले उनलाई उत्पीडिन गरेको दावी गर्दै उनी लन्डनमा स्वैच्छिक निर्वासनमा गएका थिए। शेख हसिनाको सरकार सत्तामा रहँदा उनलाई भ्रष्टाचार, घूस, सम्पत्ति हिनामिना, अवैध सम्पत्ति आर्जन र बम आक्रमण लगायतका विभिन्न आरोपमा अदालतले दोषी ठहर गरेको थियो। सन् २००७ पछि उनीविरुद्ध कुल ८४ वटा मुद्दाहरू दायर भएका थिए। राष्ट्रियतावादी दलले यसलाई राजनीतिक रूपमा प्रेरित गलत आरोप भएको दाबी गरेको थियो। सन् २०२४ मा अवामी लिगको सरकार ढल्दा बङ्गलादेशको अदालतले उनीमाथि लागेका सबै आरोप र सजाय खारेज गरिदिएको थियो भने सन् २०२५ डिसेम्बर २५ का दिन उनी १६ वर्षपछि स्वदेश फर्किएका थिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "তারেক রহমানের ৬০তম জন্মদিন আজ", Kaler Kantho (बङ्गालीमा), २० नोभेम्बर २०२४, मूलबाट २० नोभेम्बर २०२४-मा सङ्ग्रहित।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
पार्टी राजनीतिक कार्यालय
पूर्वाधिकारी बङ्गलादेश राष्ट्रियतावादी दलको अध्यक्ष
सन् २०२५–हाल
बहालवाला
पूर्वाधिकारी
खालेदा जिया
बङ्गलादेश राष्ट्रियतावादी दलको कार्यकारी अध्यक्ष
सन् २०१८–२०२५
उतराधिकारी
स्वयं
  1. कार्यवाहक: ८ फेब्रुअरी २०१८ – ९ जनवरी २०२६
उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found.