तास (परिकार)
Jump to navigation
Jump to search
चितवनको एक होटलमा तासको लगि तयार पारिएको मासु
तास खसीको मासुलाई तेलमा तारेर भुजिया, अचार, सलाद सहित तयार परिने एक प्रकारको परिकार हो ।
आवस्यक सामग्रीहरू[सम्पादन गर्ने]
खसीको फिलाको फल मासु एक किलो, सुकेको खुर्सानीको धूलो एक सय ग्राम, बेसार दुई चम्चा, तोरीको तेल चार चम्चा, जिरा पचास ग्राम, धनियाँ पचास ग्राम, लसुन सय ग्राम, अदुवा सय ग्राम, सुकमेल दसवटा, ल्वाङ दसवटा, नुन स्वादअनुसार।
बनाउने विधि[सम्पादन गर्ने]
सबैभन्दा पहिले माथि उल्लेख गरिएका मसलालाई एउटा खलमा राखेर स-साना टुक्रा हुने गरी कुट्ने। त्यसपछि छाला नभएको मासुलाई स-साना टुक्रामा काटेर कुटेको मसला हाली तेलमा मोलेर एक घन्टाजति छाड्ने। त्यसपछि त्यसलाई थोरै तेलमा तावामा रातो नहुन्जेल मन्द आँचमा भुट्ने। रातो भएपछि निकाल्ने अनि भुजा वा चिउरा, दालमोठ तथा मुलाको अचारसँग सर्भ गर्ने।