तितौरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

लप्सीको थिलथिलो गुदीबाट बनेका मसला युक्त माडा लाई तितौरा भनिन्छ।

बनाउने तरिका[सम्पादन गर्ने]

लप्सीको थिलथिलो गुदी, नुन, खुर्सानी र चिनीको मात्रा मिलाएर तितौराका परिकार बनाइन्छन्। उहिले स-साना मस्यौराका रूपमा नाङ्लोमा सुकाएर तितौरा बनाइन्थ्यो। पछि नाङ्लो वा काठका फल्याकमा कागज बनाउँदा झैँ माडा फैलाएर सुकाउने चलन आयो। यस्तो माडा काटेर तितौरालाई टुक्रा टुक्रा बनाउन सजिलो भयो। यीमध्ये अधिक मसला र पीरोयुक्त तितौरा ल्यासे पाउँ अर्थात् तरुनी तितौराका रूपमा प्रख्यात भयो।लप्सी उमालेर हातले माडेपछि गुदी छुट्टिन्छ तर बोक्रामा केही अमिलो गुदी बाँकी रहेकै हुन्छ। यस्तो बोक्रा सुकाएपछि तिनलाई चूर्ण (धूलो) बनाउन सजिलो हुन्छ। लप्सीको यस्तो धूलोबाट नेवारी भोजको एक अभिन्न परिकार पाउँ क्वा अर्थात् तातो अमिलो झोल बनाइन्छ। तितौरामा हिंगसहितको खुर्सानी र मसलाले जिब्रो पड्काउने गरीको स्वाद थपिदिन्छन्। हरियो लपेसमा सेतो चिउरा तथा मासु र तरकारीले पेट अघाएपछि पाउँ क्वाको पालो आउँछ। त्यसको लगत्तै साग र दही थपेपछि फलफूलका साथ भोज सिद्धिन्छ। आजभोलिका अन्य भोजभतेर र दैनिक खानामा पनि लप्सीको अचारले विशेष स्थान पाउने गरेको छ तर पाउँ क्वाको भने बेग्लै महत्त्व छ।

अन्य प्रयोग[सम्पादन गर्ने]

लप्सी माडा, क्याण्डी वा तितौरा नेपाली सौगातको रूपमा समुद्रपारका देशहरूमा पठाउने चलन मौलाउँदो छ। विदेशमा बस्ने नेपालीलाई नेपाल सम्झाउने खाद्यवस्तुमा लप्सीका परिकारको आफ्नै स्थान छ। लप्सीको गुदी पौष्टिक छ भन्ने कुरा[१] प्रमाणित गर्दछ। अमिलोमा लगभग १० प्रतिशत प्रोटिन तथा ८ प्रतिशत गुलियो भाग मौजुद हुनु र प्रत्येक सय ग्राम गुदीमा झण्डै २२० मिलिग्राम क्याल्सियम हुनु यो फलको विशेष गुण पनि हो।

स्रोत[सम्पादन गर्ने]

  1. प्रा. डा. दयानन्द बज्राचार्यको अनुसन्धान तथा कृषि विभागको खाद्य विश्लेषण, २०५०