तिमल्सिना
तिमल्सिना नेपालमा बसोवास गर्ने बाम्हमण जाति हो। तिमल्सिनाहरूको गोत्र मौद्गल्य हो। वि.सं. ४१० तिर यस थरका ब्राम्हमणहरू पश्चिम नेपालबाट नेपालको भूभागमा प्रवेश गरी नेपालका विभिन्न भूभागमा वसोवास गरेको पाइन्छ। वि.सं ६०८ तिर सिञ्जापति नरेश मयुरभञ्जनपालबाट लालुभट्टका तीन छोरा ईला भट्ट, विशा भट्ट, वासु भट्टले अछाम जिल्लाको तिमैल्सैन गाउँ विर्ता पाएका थिए। यही तिमैल्सैन गाउँ नै यस थरको उत्पति स्थलको रूपमा मानिन्छ। यही स्थानमा आई वसोवाश गरेका कारण ईला भट्ट, विशा भट्ट, वासु भट्टका सन्तानहरू तिमल्सिना थरले कहलाए। विभिन्न भूगोल अनुसारको उच्चारणको आधारमा तिमल्सिनाहरू अन्य विभिन्न थर लेख्ने र वोल्ने चलन पनि हुन गयो। यस अनुसार तिम्सिना, तिमल्सिना, तिमल्सेना, तिमिल्सिना, तिमसिना, तिम्सैना आदि लेख्ने प्रचलन रहेको छ। तिमल्सिनाहरू देशको ७७ जिल्लामा वसोवास रहेको पाइन्छ। तिमल्सिनाहरु काठमाडौको धर्मस्थलीमा स्थाइ रुपमा बसोबास गरेको पनि पाइन्छ। काठमाडौको धर्मस्थलि बाट नजिकका विभिन्न ठाउहरुमा बसाइ सरेर गएको पनि पाइन्छ। जस्तै नुवाकोटको गेर्खु, गोर्खा आदिमा धर्मस्थली तिर बाट गएकाहुन पनि भनिन्छ।