तिम्सिना
तिमिल्सिना नेपालमा बसोवास गर्ने ब्राह्मण तथा क्षेत्री को थर हो । तिमिल्सिना खस जाति को थर हो । तिमिल्सिनाहरूको गोत्र मौद्गल्य हुन्छ । वि.सं. ४१० तिर यस थरका ब्राम्हमणहरू पश्चिम नेपालबाट नेपालको भूभागमा प्रवेश गरी नेपालका विभिन्न भूभागमा वसोवास गरेको पाइन्छ । वि.सं ६०८ तिर सिञ्जापति नरेश मयुरभञ्जनपालबाट लालुभट्टका तीन छोरा ईला भट्ट, विशा भट्ट, वासु भट्टले अछाम जिल्ला को तिमैल्सैन गाउँ विर्ता पाएका थिए । यही तिमैल्सैन गाउँ नै यस थरको उत्पति स्थलको रूपमा मानिन्न । यही स्थानमा आई वसोवाश गरेका कारण ईला भट्ट, विशा भट्ट, वासु भट्टका सन्तानहरू तिमिल्सिना थरले कहलाए । विभिन्न भूगोल अनुसारको उच्चारणको आधारमा तिमिल्सिनाहरू अन्य विभिन्न थर लेख्ने र वोल्ने चलन पनि हुन गयो । यस अनुसार तिम्सिना, तिमल्सिना, तिमल्सेना, तिमिल्सिना, तिमसिना, तिम्सैना आदि लेख्ने प्रचलन रहेको छ। तिमिल्सिनाहरू देशको ७७ जिल्लामा वसोवास रहेको पाइन्छ । तिमिल्सिनाहरूले पछिल्लो समयमा आफ्ना बन्धुबान्धवहरू सङ्गठित हुने प्रयासमा रहेका छन् । जसको लागि तिमिल्सिना समाज नेपाल स्थापना भई हाल क्रियाशिल छ । यस संस्थाको केन्द्र, प्रदेश, जिल्ला, हुँदै गाउँ/नगरका वड समितिहरू समेत क्रियाशील रहेका छन् ।
उल्लेखनीय तिमिल्सिनाहरु
[सम्पादन गर्नुहोस्]- विक्रम तिमिल्सिना, नेपाली राजनीतिज्ञ र सञ्चार तथा सूचना प्रविधि मन्त्री
- गणेशप्रसाद तिमिल्सिनाा, नेपाली राजनीतिज्ञ र पूर्व राष्ट्रिय सभाका अध्यक्ष
- देवप्रसाद तिमलसेना, नेपाली राजनीतिज्ञ
- रामकृष्ण तिमिल्सिना, पुर्व रजिष्टार सर्वोच्च अदालत[१]
- जन्मजय तिमिल्सिना, नेपाली राजनीतिज्ञ[२]
- बुद्धि तिमल्सिना, कवि, कलाकार
- प्रलाद तिमल्सिना, पत्रकार
- प्रकाश तिमल्सिना, पत्रकार[३]
यो पनि हेर्नुहोला
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरु
[सम्पादन गर्नुहोस्]- ↑ https://www.kathmandupati.com/news/ram-krishna-timilsina/95889/, https://www.kathmandupati.com/news/ram-krishna-timilsina/95889/ (https://www.kathmandupati.com/news/ram-krishna-timilsina/९५८८९/), "https://www.kathmandupati.com/news/ram-krishna-timilsina/95889/", https://www.kathmandupati.com/news/ram-krishna-timilsina/95889/, मूलबाट https://www.kathmandupati.com/news/ram-krishna-timilsina/९५८८९/-मा सङ्ग्रहित, अन्तिम पहुँच https://www.kathmandupati.com/news/ram-krishna-timilsina/९५८८९/।
- ↑ Province, Lumbini, "माननीय जन्मजय तिमिल्सिना| पदाधिकारी | सामाजिक विकास मन्त्रालय, राप्ती उपत्यका (देउखुरी), नेपाल", Lumbini Province (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०३-२५।
- ↑ "प्रकाश तिमल्सिना - | Nagarik News", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२६-०३-२५।