तुङनाथ
| तुङनाथ मन्दिर | |
|---|---|
तुङनाथमा रहेको मन्दिर | |
| धर्म | |
| सम्बन्धन | हिन्दुत्व |
| जिल्ला | रुद्रप्रयाग |
| देवता | शिव |
| पर्व | महाशिवरात्री |
| स्थान | |
| राज्य | उत्तराखण्ड |
| देश | भारत |
| निर्देशाङ्क | ३०°२९′२२″ उत्तर ७९°१२′५५″ पूर्व / ३०.४८९४४° उत्तर ७९.२१५२८° पूर्व |
| वास्तुकला | |
| किसिम | उत्तर भारतीय हिमाली वास्तुकला |
| निर्माता | पाण्डव (प्राचीन जनश्रुति अनुसार) |
| निर्माण सम्पन्न | अज्ञात |
| अवस्थिति | ३,६८० मी (१२,०७३ फिट) |
| वेबसाइट | |
| https://uttarakhandtourism.gov.in/destination/chopta | |
तुङनाथ उत्तर भारतको एक पवित्र हिन्दु मन्दिर हो, जुन उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा अवस्थित छ। यो स्थल पवित्र पञ्चकेदार मन्दिरहरूको एक भागको रूपमा प्रसिद्ध छ, र १२,०७३ फिट (३,६८० मी)को उचाइमा अवस्थित विश्वको सबैभन्दा अग्लो शिव मन्दिरको रूपमा रहेको छ।
तुङनाथ मन्दिर भगवान शिवलाई समर्पित छ, जहाँ भगवान शिवका हातहरू मात्र पूजा गरिन्छ। यो एक लोकप्रिय पदयात्रा स्थल पनि हो, यो चोपटाबाट सुरु भएर ३.५ किलोमिटर (२.२ माइल)को पदयात्रा गरेर पुग्न सकिन्छ, जसलाई उत्तराखण्डको मिनी स्विट्जरल्यान्ड पनि भनिन्छ।
किम्वदन्तीहरू
[सम्पादन]प्राचीन किम्वदन्ती अनुसार, यो मन्दिर पाण्डवहरूले निर्माण गरेका थिए। महाभारतको युद्धपछि, पाण्डवहरू युद्धको समयमा आफ्ना आफन्तहरूको रक्तपात गरेको पापको क्षतिपूर्तिको लागि भगवान शिवलाई खोजिरहेका थिए। तर भगवान शिव उनीहरूलाई भेट्न तयार थिएनन्, किनकि उनी युद्धको समयमा भएको विनाशबाट दुःखी थिए।
त्यसैले उनले हिमालयमा साँढे (नन्दी) को रूपमा लुक्ने निर्णय गरे। जब पाण्डवहरू समर्पित रूपमा उनलाई खोजिरहेका थिए, पाण्डवहरूमध्ये सबैभन्दा शक्तिशाली भीमले एउटा साँढेलाई चिने र त्यसको पुच्छर र ढाडलाई कस्सेर समाते जसकारण साँढे पृथ्वीमा विलय हुन पुग्यो।[१]
पछि, यो उत्तराखण्डको गढवाल क्षेत्रका पाँच फरक-फरक स्थानमा पाँचवटा शरीरका भागहरूमा देखा पर्यो, जसलाई सामूहिक रूपमा पञ्च केदार भनेर चिनिन्छ।