सामग्रीमा जानुहोस्

तुभे यानसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तुभे यानसन
अन्दाजी सन् १९७० तिर यानसन
अन्दाजी सन् १९७० तिर यानसन
जन्मतुभे मारिका यानसन
(१९१४-०८-०९)९ अगस्ट १९१४
हेलसिङ्की, फिनल्यान्ड
मृत्यु२७ जुन २००१(2001-06-27) (उमेर ८६)
हेल्सिङ्की, फिनल्यान्ड
पेशाकलाकार, लेखिका
भाषास्विडेनी
उल्लेखनीय कार्यहरूमुमिन
ग्रीष्मकालीन पुस्तक
उल्लेखनीय पुरस्कारहरूहान्स क्रिस्चियन एन्डरसन पदकद्वारा
सन् १९६६
ओडेअ ओस्मेहो
सन् १९७५
प्रो फिनल्यान्डिया
सन् १९७६
सहकर्मीतुलिकी पियातिला
अभिभावकहरूभिक्टर यानसन
जिग्ने हामरस्टेन यानसन
आफन्तहरूपेर ओलोभ यानसन (भाइ)
लार्स यानसन (भाइ)
एनर हामरस्टेन (काका)
जोफिया यानसन

हस्ताक्षर

तुभे मारिका यानसन (Finland Swedish: [ˈtuːve ˈjɑːnsːon] ; ९ अगस्ट १९१४ – २७ जुन २००१) फिनल्यान्डकी स्विडेनी भाषी लेखिका, उपन्यासकार र कमिक स्ट्रिप लेखकका साथै चित्रकार र व्याख्यानकार पनि थिइन्। कला क्षेत्रमा लागेका अभिभावकहरूसँग हुर्काएकी यानसनले सन् १९३० देखि १९३८ सम्म हेलसिङ्की, स्टकहोमपेरिसमा कला अध्ययन गरेकी थिइन्। उनले सन् १९४३ मा आफ्नो पहिलो एकल कला प्रदर्शनी आयोजना गरेकी थिइन् भने त्यसपछिका दिनहरूमा उनले प्रकाशनको लागि छोटो कथा, लेख र पछि गएर पुस्तकको आवरण, विज्ञापन र डाकटिकटको लागि चित्रहरू बनाएकी थिइन्। मुमिनको सृजना गरेर अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त गरेकी यानसनको साहित्यिक विरासतले बालसाहित्य सहित चित्रकला, राजनीतिक कार्टुनि र प्रौढ कथासाहित्यहरूमा पनि प्रभाव पार्दछ। उनले आफ्नो सम्पूर्ण जीवन कला क्षेत्रलाई समर्पण गरेकी थिइन्।

यानसनले सन् १९४५ मा प्रकाशित 'मुमिन र विशाल बाढी' नामक कृतिबाट मुमिन उपन्यास शृङ्खला लेख्न सुरु गरेकी थिइन् भने यो एक उत्कृष्ट बालसाहित्यिक लेखन थियो। त्यसपछि सन् १९४६ र सन् १९४८ मा क्रमशः प्रकाशित 'मुमिन उपत्यकामा पुछ्रेतारा' र 'जादुगरको टोपी' नामक मुमिन उपन्यासका दुई शृङ्खलाहरू अत्यन्त सफल हुँदा पहिलो पुस्तकको बिक्री पनि त्यसै अनुसार बढ्न थालेको थियो। बालसाहित्यलाई केन्द्रमा राखेर सफल लेख्न कार्य गरेको सम्मानमा उनलाई सन् १९६६ मा हान्स क्रिस्चियन एन्डरसन पदकद्वारा सम्मानित गरिएको थियो। उनका पछि प्राप्त गरेका कयौँ पुरस्कारहरू मध्ये सन् १९९२ मा सेल्मा लागरलफ पुरस्कार पनि एक हो। उनका मुमिन कथाहरूलाई रङ्गमञ्च, सिनेमाघर र ओपेरामा मञ्चन गरिएको पाइन्छ।

उनले सन् १९५५ मा चित्रकला प्रदर्शनीको आयोजना गरी सन् १९६० देखि सन् १९७० सम्म पाँचवटा थप प्रदर्शनीहरू गरेकी थिइन्। उनले सन् १९४५ देखि १९८४ सम्म फिनल्यान्डका सार्वजनिक भवनहरूमा भित्तेचित्र बनाउनका लागि विभिन्न आयोगमा पुगेकी थिइन्। उनले आफ्ना पुस्तकहरूका मात्र नभई एलिस इन वन्डरल्यान्ड र द हबिट जस्ता बालसाहित्यिक उपन्यासहरूका लागि पनि चित्र बनाएकी थिइन्। सन् १९६८ मा प्रकाशित मूर्तिकारकी छोरी नामक अर्ध-आत्मकथात्मक उपन्यास बाट सुरु गरेर यानसनले छ वटा उपन्यासहरू लेखेकी थिइन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Westin, Boel (२०१३), Tove Jansson - Ord, bild, liv [Tove Jansson – Words, Images, Life] (स्विडेनीमा), Albert Bonniers Förlag, आइएसबिएन 978-9-51-501672-0 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]