तेओ फन गोख
तेओ फन गोख | |
|---|---|
सन् १८८८ मा फन गोख | |
| जन्म | तेओदोरेस फन गोख[१] १ मे १८५७ जुन्दार्त, नेदरल्यान्ड्स |
| मृत्यु | २५ जनवरी १८९१ (उमेर ३३) उट्रेच, नेदरल्यान्ड्स |
| मृत्युको कारण | मस्तिष्कको उपदंशजन्य पक्षघात |
| पेशा | कला व्यापारी |
| चिनारीको कारण | कला सङ्कलक, कला व्यापारी; आफ्ना दाजु भिन्सेन्त फन गोखका आर्थिक समर्थक, जससँग उनले सयौँ पत्रहरू आदानप्रदान गरेका थिए। |
| जीवनसाथी | |
| सन्तान | भिन्सेन्त विलम फन गोख |
| आफन्त | भिन्सेन्त फन गोख (दाजु) कोर फन गोख (भाइ) विल फन गोख (बहिनी) तेओ फन गोख (पनाति - चलचित्र निर्देशक) ल्यु फन गोख (खनाती) |
तेओदोरेस फन गोख (नेदरल्यान्डेली: [teːjoːˈdoːrʏs ˈteːjoː vɑŋ ˈɣɔx];[२] १ मे १८५७ – २५ जनवरी १८९१) एक डच कला व्यापारी र उत्तर प्रभावोत्पादी चित्रकार भिन्सेन्त फन गोखका भाइ थिए। आफ्ना दाजुको कलात्मक महत्त्वाकांक्षा र भलाइका लागि उनले गरेको निरन्तर सहयोगले नै भिन्सेन्तलाई पूर्ण रूपमा चित्रकलामा समर्पित हुन सम्भव तुल्याएको थियो। एक कला व्यापारीको रूपमा, फन गोखले समकालीन फ्रान्सेली कलालाई सर्वसाधारणमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।[३]
आफ्ना दाजुको ३७ वर्षको उमेरमा भएको मृत्युको ६ महिनापछि ३३ वर्षको उमेरमा फन गोखको पनि मृत्यु भएको थियो। फन गोखसँग आफ्ना दाजुका लगभग सबै कलाकृतिहरूको स्वामित्व थियो। उनकी विधवा, योहान्ना फन गोख-बोङ्गेरले भिन्सेन्तका कार्यहरूको प्रचार गर्न र आफ्ना श्रीमानको सम्झनालाई जीवित राख्ने काम गरेकी थिइन्। सन् १९१४ मा, फन गोखका अवशेषहरूलाई उनका दाजु भिन्सेन्तको चिहानको छेउमा गाडिएको थियो।
मृत्यु
[सम्पादन]
विवाहको समयमा फन गोखको स्वास्थ्य अवस्था राम्रो थिएन। वास्तवमा, स्वास्थ्यकै कारण उनलाई जीवन बीमाको नीति दिन अस्वीकार गरिएको थियो। उनका दाजुको मृत्यु भएको केही महिनापछि उनको स्वास्थ्य अवस्था निकै खस्किएको थियो। १८ नोभेम्बर १८९० मा उनलाई डेन डल्डरस्थित 'विलेम आर्नट्ज अस्पताल' (एक मनोरोग अस्पताल) मा भर्ना गरिएको थियो। उनलाई पेरिसमा क्रमिक र सामान्य पक्षघातबाट पीडित भएको निदान गरिएको थियो। प्रारम्भिक परीक्षणले यो निदानलाई पुष्टि गरेको थियो। १ डिसेम्बरसम्ममा उनको मेडिकल प्रतिवेदनले उनीमा मस्तिष्कको उपदंशजन्य पक्षघातका सबै लक्षणहरू देखिएको पुष्टि गरेको थियो जुन भिरिङ्गीको कारणले लाग्ने मस्तिष्कको रोग हो। उनको मृत्यु २५ जनवरी १८९१ मा भएको थियो। मृत्युको कारणको रूपमा "वंशानुगत, दीर्घकालीन रोग, अत्यधिक काम र शोक" का कारण भएको मस्तिष्कको उपदंशजन्य पक्षघातलाई सूचीबद्ध गरिएको थियो।[४]
सन् १९१४ मा, तओकी विधवा जोको इच्छा अनुसार उनको शवलाई उट्रेचबाट निकालेर ओभेर-सुर-वाजमा आफ्ना दाजुको छेउमा दाजुभाइ "सधैंभरि सँगै रहन सकुन्" भन्ने उद्देश्यले पुन: गाडिएको थियो।[५] यसो गरेर उनले अबका दिनमा ती प्रख्यात कलाकारको चिहान हेर्न आउनेहरूले जीवनकालमा तेओ आफ्ना दाजुसँग कति नजिक थिए भन्ने कुरा थाहा पाउने छन् भन्ने कुराको सुनिश्चितता दिलाएकी थिइन्।
टिप्पणीहरू
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो; "Naifeh p.23" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ अलग रूपमा उच्चारण गर्दा, van को उच्चारण [vɑn] हुन्छ।
- ↑ Belinda Thomson (१९९९), "Theo van Gogh. Amsterdam, Van Gogh Museum", The Burlington Magazine 141 (1158): 567–569, जेएसटिओआर 888614।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो; "Van Gogh in Auvers: His Last Days" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "La tombe de Vincent Van Gogh", Groundspeak, Auvers-sur-Oise, France, अन्तिम पहुँच २३ जुन २००९।