तेस्रोलिङ्गी गौरव झण्डा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तेस्रोलिङ्गी गौरव झण्डा

सन् २०१८मा हिजडा समुदायका तेस्रोलिङ्गी समीर दिव्यहिज्राले तेस्रोलिङ्गी गौरव झण्डाको निर्माण गरेका थिए । [१] [२]

अर्थ[सम्पादन गर्नुहोस्]

दक्षिण एसियामा बसोबास गर्ने तेस्रोलिङ्गी व्यक्तिहरू लगायत हिजडा समुदायको मानिसहरूलाई प्रतिनिधित्व गर्न कुनै विशेष झण्डा नरहेकोले तेस्रोलिङ्गी गौरव झण्डा निर्माण भएको हो । यस झण्डाको फिक्का नीलो रङ्गले परम्परगत पुरुषत्व र फिक्का फुलाफी रङ्गले परम्परागत नारीत्व दर्शाउँछ भने त्यसबीचको विषयलाई सेतो रङ्गले । त्यसमा रातो रङ्गको धर्कोले हिन्दु धर्म र दिव्यतालाई झल्काउँछ । विशेष गरी हिन्दु धर्ममा आधारित दक्षिण एसियामा थुप्रै तेस्रोलिङ्गी समुदायहरू छन् । त्यस मध्ये हिजडा समुदायले राम भगवानलाई मान्ने र आफूहरू उनबाटै आशिर्वाद प्राप्त गरेका हुन् भनी विश्वास राख्ने गर्दछन् । [३] [४]


सन्दर्भ[सम्पादन गर्नुहोस्]

थप[सम्पादन गर्नुहोस्]