तोकुसिमा
तोकुसिमा प्रान्त (徳島県, तोकुसिमा केन) जापानको सिकोकु टापूमा अवस्थित एक प्रान्त हो। सन् २०२५ फेब्रुअरी १ अनुसार, तोकुसिमा प्रान्तको जनसंख्या ६८२,४३९ थियो। यसको क्षेत्रफल ४,१४६ वर्ग किलोमिटर छ। तोकुसिमा प्रान्तको उत्तरमा कागावा प्रान्त, पश्चिममा एहिमे प्रान्त, र दक्षिण–पश्चिममा कोची प्रान्त सँग सिमाना जोडिएको छ।[१]
तोकुसिमा को राजधानी तोकुसिमा सहर हो। अन्य प्रमुख सहरहरूमा अनान, नारुटो, योशिनोगावा पर्छन। यी सहरअरू तोकुसिमा प्रान्तको किई नहरमा अवस्थित छ, जसले प्रशान्त महासागर र सेतो सागरलाई जोड्दछ। प्रान्तको ओनारुटो पुलले नारुटो खाडी पार गरी अवाजी टापूसँग जोड्दछ। यो पुलमाले कोबे सहर र सान्यो राजमार्ग सँग पनि पहुँच प्रदान गर्दछ।[२]
इतिहास
[सम्पादन गर्नुहोस्]मेइजी सुधार अघि, तोकुसिमा प्रान्त आवा प्रान्तको रूपमा परिचित थियो। प्राचीन समयमा, तोकुसिमा सहर म्योडो-गुन क्षेत्रमा पर्दथ्यो। सन् १८७१ मा प्रान्तीय प्रणालीको निर्माण र जागिर प्रणालीको अन्त्यपछि, यो म्योडो प्रान्तको रूपमा स्थापना भयो। सन् १८७३ मा वर्तमान कागावा प्रान्तको भूभाग पनि म्योडो प्रान्तमा समावेश भयो। [३]
दोस्रो प्रशासनिक सुधारको क्रममा, सन् १८७५ सेप्टेम्बर ५ मा सानुकी क्षेत्र अलग भएर आधुनिक कागावा प्रान्त बन्यो। सन् १८७६ अगस्ट २१ मा अवाजी टापू ह्योगो प्रान्तमा जोडियो र आवा क्षेत्र अलग भएर कोची प्रान्त बने। सन् १८८० मार्च २ मा म्योडो प्रान्त पूर्ण रूपमा कोची प्रान्तबाट अलग भई तोकुसिमा प्रान्तको रूप लियो।[४]
भूगोल
[सम्पादन गर्नुहोस्]तोकुसिमाप्रान्तको उत्तरी सिमानामा सानुकी पहाडहरू अवस्थित छन्। सन् २०१२ अप्रिल अनुसार, प्रान्तको ९% भूमि प्राकृतिक पार्कको रूपमा आरक्षण गरिएको छ। प्रमुख पार्कहरूमा सेतोनाकाइ राष्ट्रिय निकुञ्ज, मुरोटो–अनान काइगन अर्ध–न्याशनल पार्क, त्सुरुगिसान अर्ध न्याशनल पार्क, र प्रान्तीय प्राकृतिक पार्कहरूमा चुबु सान्केई, दोचु–कोत्सु, हासिकुरा, हिगाशी सान्केई, ओकुमियागावा–उचिदानी, ओआसयामा पर्दछ।[५]
अर्थतन्त्र र उद्योग
[सम्पादन गर्नुहोस्]तोकुसिमा प्रान्तको अर्थतन्त्र मुख्यतः कृषी, वन र मत्स्यपालनमा आधारित रहेको छ। यो प्रान्त सिकोकुमा कोची प्रान्तपछि कृषिजन्य उत्पादन र कृषकको प्रतिशतमा दोस्रो ठूलो प्रान्त हो। [६]
योशिनो नदीको तल्लो भाग र तटीय साना मैदानहरूमा धान खेती प्रचलित छ। बाँकी भूमि तरकारी र फूल उत्पादनका लागि प्रयोग हुन्छ। प्रान्त काउली र कमलको जरा उत्पादनमा जापानमा सबैभन्दा ठूलो हो र गाजर उत्पादनमा चौथो स्थानमा छ।
जापानी निलो रङको इन्डिगो प्रजाति केवल यहाँ उत्पादन हुन्छ। तोकुसिमाको उत्तर क्षेत्रमा अकासी च्यानल पुलको निर्माणपछि तीव्र विकास भएको छ, जसले तोकुसिमार कोबे बीच सडक पहुँच पूरा बढाएको छ। इटानो जिल्लाको आइजुमि सहर र किटाजिमा सहरले तीव्र वृद्धि अनुभव गरेका छन्।
सन् २०२३ अप्रिलमा कामीयामामा जापानको पहिलो प्रविधि उद्यमशीलता विद्यालय खोलियो। यहाँ १५–२० वर्षका विद्यार्थीहरूलाई इन्जिनियरिङ, प्रोग्रामिङ, डिजाइन, मार्केटिङ र व्यवसायिक योजना प्रस्तुत गर्ने कला सिकाइन्छ।
कृषि
[सम्पादन गर्नुहोस्]तोकुसिमाप्रान्तमा विभिन्न तरकारी उत्पादनको ठूलो क्षेत्रफल छ। योशिनो नदी उत्तरको मैदान विशेष रूपमा उर्वर छ र यहाँको उत्पादन मुख्य जापानको कोबे, ओसाका र क्योटो क्षेत्रमा पठाइन्छ। प्रमुख उत्पादन: नारुटो सखरखन्ड , सुडाची फल, कमलको जरा, स्ट्रबेरी पर्छन्।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "2020年度国民経済計算(2015年基準・2008SNA) : 経済社会総合研究所 - 内閣府", 内閣府ホームページ (जापानीमा), अन्तिम पहुँच २०२३-०५-१८।
- ↑ NHK Broadcasting Culture Research Institute, सम्पादक (२४ मे २०१६), NHK日本語発音アクセント新辞典, NHK Publishing।
- ↑ Nussbaum, Louis-Frédéric. (2005). "Tokushima prefecture" in Japan Encyclopedia, p. 980, पृ. 980, गुगल बुक्स मा.
- ↑ Nussbaum, "Awa no Kuni" at p. 62, पृ. 62, गुगल बुक्स मा; "Provinces and prefectures" at p. 780, पृ. 780, गुगल बुक्स मा
- ↑ "General overview of area figures for Natural Parks by prefecture", Ministry of the Environment (Japan), अन्तिम पहुँच २६ जुन २०१२।
- ↑ "Can a sleepy Japanese town become Asia's Silicon Valley?", BBC News (en-GBमा), २०२२-०८-२१, अन्तिम पहुँच २०२२-०८-२२।