सामग्रीमा जानुहोस्

तोयम राया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तोयम राया
महालेखापरीक्षक
पदमा
वि.सं. २०८१ बैशाख ६ – वि.सं. २०८७ बैशाख ५

तोयम राया (अङ्ग्रेजी: Toyam Raya) नेपाली प्रशासक तथा जनसेवक हुन् । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ बैशाख ६ गते रायालाई नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम ६ वर्षको कार्यकाल रहने गरी महालेखापरीक्षकमा नियुक्त गरेका हुन् ।[१][२]

उनको घर सुन्दर हरैचा- ९, मोरंगमा रहेको छ भने हाल उनको बसोबास काठमाडौंको वडा नम्बर ३२ पेप्सीकोला छ।[३] उनले वाणिज्य शास्त्र, जनप्रशासन तथा व्यापार व्यवस्थापनमा स्नाकोत्तर गरेका छन्।[३]

स्रोत सामग्री

[सम्पादन]
  1. ↑ "तोयम राया महालेखा परीक्षकमा सर्वसम्मत अनुमोदित", प्रशासन (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०३-०३।
  2. ↑ Nepal, Office of the Auditor General (२०२४-०६-१०), "Toyam Raya Appointed Auditor General of Nepal", INTOSAI Journal (en-USमा), अन्तिम पहुँच २०२५-०३-०३।
  3. 1 2 "महालेखापरीक्षकको कार्यालय नेपाल", oag.gov.np, अन्तिम पहुँच २०२५-०३-०३।