तोयामा
तोयामा प्रान्त (富山県 तोयामा केन) जापानको होन्शु टापूको चुबु क्षेत्रमा अवस्थित एक प्रान्त हो। सन् २०२५ अनुसार, तोयामा प्रान्तको जनसंख्या ९९३,८४८ थियो। यसको क्षेत्रफल ४,२४७.६१ वर्ग किलोमिटर रहेको छ।[१]
तोयामा प्रान्त पश्चिममा इसिकावा प्रान्त, उत्तर–पूर्वमा निगाता प्रान्त, दक्षिण–पूर्वमा नगानो प्रान्त, दक्षिणमा गिफु प्रान्त र उत्तरमा जापान सागरसँग सिमाना जोडिएको छ।[२]
यो प्रान्त को राजधानी तोयामा सहर हो। अन्य प्रमुख सहरहरूमा ताकाओका, इमिजु, नान्तो पर्छन्।
तोयामा प्रान्त होकुरीकु क्षेत्रको ऐतिहासिक भाग हो। प्रान्तको अधिकांश जनसंख्या तोयामा तटमा बसोबास गर्छ, जुन जापानको सबैभन्दा ठूलो खाडिहरूमध्ये एक हो।
तोयामा प्रान्त जापान सागर तटीय क्षेत्र भएकोले औद्योगिकरण ब्याप्त भएको छ।
तोयामा प्रचुर जलविद्युत को लागी पनि प्रशिद्ध छ। प्रान्तको ३०% क्षेत्र राष्ट्रिय निकुञ्जको रूपमा सुरक्षित गरिएको छ।
इतिहास
[सम्पादन]ऐतिहासिक रूपमा, तोयामा प्रान्त एत्चू प्रान्तको रूपमा परिचित थियो। सन् १८७१ मा हान प्रणालीको अन्त्यपछि, एत्चू प्रान्तलाई निइकावा प्रान्तको नाम दिइयो, तर इमिजु जिल्ला नानाओ प्रान्तलाई दिइयो। सन् १८७२ मा इमिजु जिल्ला नयाँ इशिकावा प्रान्तबाट फिर्ता ल्याइयो।[३]
सन् १८७६ मा निइकावा प्रान्तलाई इशिकावा प्रान्तसँग विलय गरियो, तर सन् १८८१ मा यो विलय रद्द भयो र उक्त क्षेत्र पुनः तोयामा प्रान्तको रूपमा स्थापित भयो।
सन् १९५० को आसपास इटाई–इटाई रोग तोयामा क्षेत्रमा देखा पर्यो।
अर्थतन्त्र
[सम्पादन]कृषि
[सम्पादन]तोयामा प्रान्तले जापानको कुल चामल उत्पादनमा करिब २.५% को योगदान पुर्याउँछ, जसले यस क्षेत्रलाई देशका महत्वपूर्ण कृषि क्षेत्रहरूमध्ये एक बनाउँछ। प्रान्तमा हिमालय समान जापानी आल्प्सबाट बग्ने नदीहरू, वर्षभरि प्रशस्त वर्षा, र प्राकृतिक झरनाहरूका कारण अत्यन्तै प्रचुर पानी स्रोतहरू उपलब्ध छन्। यिनै कारणहरूले गर्दा यहाँको कृषि भूमि उपजाऊ र सिँचाइ प्रणाली अत्यन्त विकसित मानिन्छ।[४]
यसबाहेक, तोयामा प्रान्त जापान सागरको तटीय क्षेत्रमा अवस्थित भएकाले समुद्री स्रोतहरूमा पनि धनी छ। यस क्षेत्रका गहिरा र चिसा पानीमा विभिन्न किसिमका माछा तथा समुद्री उत्पाद फस्टाउँछन्। यहाँ विशेषगरी हौँतौ माछा, सेतो झींगा (White Shrimp), ब्रान्चिनो जस्ता प्रजातिहरूको पालन र माछापालन उद्योग अत्यन्त सक्रिय छ। तटीय क्षेत्रका बन्दरगाहहरूले स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने गर्छन्।
निर्माण र उद्योग
[सम्पादन]तोयामा प्रान्त ऐतिहासिक रूपमा औषधि उद्योगका लागि प्रसिद्ध छ। अन्य उद्योगहरू जस्तै इलेक्ट्रोनिक उपकरण र पार्टहरू (उद्योगिक रोबोट, साधारण मेसिनरी), धातु उत्पादन (एल्युमिनियम, ताम्रा) आदि पनि हुने गर्छ।
ऊर्जा
[सम्पादन]कुरोबे बाँध तोयामा नदीमा अवस्थित छ र कान्साइ इलेक्ट्रिक पावर कम्पनीका लागि बिजुली उत्पादन गर्छ।
यो पनि हेर्नुहोस
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "2020年度国民経済計算(2015年基準・2008SNA) : 経済社会総合研究所 - 内閣府", 内閣府ホームページ (जापानीमा), अन्तिम पहुँच २०२३-०५-१८।
- ↑ "General overview of area figures for Natural Parks by prefecture", Ministry of the Environment (Japan), अन्तिम पहुँच २९ जुन २०१२।
- ↑ Nussbaum, Louis-Frédéric. (2005). "Toyama prefecture" in Japan Encyclopedia, p. 991, पृ. 991, गुगल बुक्स मा; "Hokuriku" at p. 344, पृ. 344, गुगल बुक्स मा.
- ↑ "米の生産 〔2014年〕" (जापानीमा), मूलबाट मार्च ३०, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ११, २०१५। अभिलेखिकरण मार्च ३०, २०१५ वेब्याक मेसिन