तोलनि बिया
तोलनि बिया, जसलाई छोरू बिया, नुआ-तोलनि, वा शान्ति बिया पनि भनिन्छ, एक परंपरागत असमिया हिन्दू संस्कार हो। यसमा महिला ले बाल्यकालबाट यौवन अवस्थामा प्रवेस गरेको संकेत गर्दछ। यसलाई "सानो विवाह" भनेर पनि अनुवाद गर्न सकिन्छ र यसमा विभिन्न धार्मिक र सांस्कृतिक रीतिरिवाज र परंपराहरू समावेश हुन्छ।[१]
उत्पत्ति
[सम्पादन गर्नुहोस्]तोलनि बिया शब्दको उत्पत्ति असमिया शब्द "तुली" (उठाउन वा उचाल्न) र "बिया" (विवाह) बाट भएको हो भन्ने अनुमान छ। यसले केटीको बाल्यकालबाट महिला अवस्थामा रूपान्तरणको सूचक र विवाहका लागि तयारीको संकेत गर्दछ।[२]
संस्कार
[सम्पादन गर्नुहोस्]तोलनि बिया संस्कार सामान्यतया केटीको पहिलो महिनवारीपछि सातौं दिनमा गरिन्छ। परिवारले आफन्त र साथीलाई निमन्त्रणा पठाई केटीको नयाँ जीवनको सुरुआतमा आशीर्वाद दिन र उत्सवमा सामेल हुन अनुरोध गरिन्छ।[३]
यस पर्वमा केटीलाई केही दिनका लागि एउटा विशेष कोठामा बन्द राखिन्छ, र अन्य सबै क्षेत्रहरू उसका लागि प्रतिबन्धित गरिन्छ। अन्तिम दिनमा समुदायका महिलाहरू "पानी तुला" भन्ने पुजाको तयारी गर्छन्। यसमा पवित्र पानी सङ्कलन गरिन्छ। त्यस दिन, केटीलाई चन्दनको पानीले स्नान गराइन्छ र पारंपरिक रेशमी मेखेला सदोरमा सजाइन्छ। विवाहका लागि रत्नजडित गहना लगाइन्छ र केटीका कपाललाई सजाइन्छ। त्यसपछि उसलाई "विवाह मण्डप" मा बसाईन्छ।
यस क्रममा पुजारीले पूजाअर्चना गर्छन् र देवताहरूको आशीर्वादको निम्ति प्रार्थना गर्दछन्। त्यसपछि केटीलाई केराको रुखसँग झूठो विवाह गराइन्छ। यस कार्यक्रममा छिमेकी परिवारका महिलाहरू परंपरागत लोक गीत गाउँछन्, जसमा केटीलाई जीवनका महत्त्वपूर्ण पाठहरू सन्देश दिइन्छ। अन्त्यमा, केटीलाई धन, गहना र कपडा जस्ता उपहारहरू दिइन्छ।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]- इहि (नेपाल मा हुने बेल विवाह)
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Gogoi, Nitul Kumar (२००६), Continuity and Change Among the Ahom (अङ्ग्रेजीमा), Concept Publishing Company, आइएसबिएन 978-81-8069-281-9।
- ↑ Barua, Birinchi Kumar (१९६९), A Cultural History of Assam (अङ्ग्रेजीमा), Lawyer's Book Stall।
- ↑ Singh, K. S. (२००३), People Of India - Assam (Part 1) (अङ्ग्रेजीमा), Seagull Books Pvt. Limited, आइएसबिएन 978-81-7046-128-9।