तोलीचाका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

परिचय[सम्पादन गर्ने]

तोलिचाका दैलेख जिल्लाको पिपलकोट गा.वि.स. वडा नं.१ र २ अन्तर्गत पर्ने एक गाउँ हो। यसै गाउँमा गा.वि.स.को कार्यालय रहेको छ। यो गाउँ उहिले देखि नै शाषणियाहरुको इलाका रहेको मानिन्छ।

संस्कृति[सम्पादन गर्ने]

यहाँ बाहुन,क्षत्री,मगर र दलित जातीको बसोवास रहेको छ। यो गाउँमा एक विद्यालय छ जसलाई मा.वि.बनाउने कोसिश जारी छ। यहाँ अतिरिक्त हुलाक र स्वास्थ्य चौकी पनि रहेका छन्। यहाँ हरेक वर्ष हरितालीका तिजको दिन तिजको जात्रा लाग्दछ। यो गाउँमा लाग्ने अन्य जात्राहरुमा पैठ पनि मुख्य छन्। पैठ भन्नाले पश्चिमेली भाषामा देवताको पूजा हुने दिन बूझिन्छ। यहाँ सबै जातीका मानिसहरुको बसोवास रहेकाले सबैको आफ्नो आफ्नो रिती रिवाज छ। तैपनि यहाँको मुख्य धर्म त हिन्दू धर्म नै हो।तर पनि अलग-अलग जातिको बसोवास भएका कारण यहाँका मानिसहरुको आफ्नो-आफ्नो रिवाज भएको पाइन्छ।

व्यावसाय[सम्पादन गर्ने]

यहाँको मुख्य पेसा त कृषिनै हो तै पनि यो गाउँ गा.वि.स.को मुख्य गाउँ भएकोले यहाँ शिक्षित मानिसहरुको मात्रा गा.वि.स.का अरु गाउँहरु भन्दा धेरै छ। यसैले यहाँ नौकरी पेसाको साथै व्यापार व्यवसाय पनि अपनाईएको छ।

जन संख्या[सम्पादन गर्ने]

तोलीचाकाको जनसङ्ख्या १८२५ रहेको छ। यहाँ २४१ वटा घरधुरीहरु छन्। [१]

भुगोल[सम्पादन गर्ने]

यो गाउँ गा.वि.स.को सबै भन्दा ठूलो गाउँ हो।यसको सिमाना पूर्वमा कालिकोट जिल्लाको भर्ता गा.वि.स. पश्चिममा चिउरी,गोर्खिसुँगरखाल उत्तरमा जामनेपानीपातेमेला दक्षिणमा भलाने,मुग्राहाँ र किला हान्ना सँग जोडीएको छ।

टोलहरु[सम्पादन गर्ने]

यो गाउँ गा.वि.स.को सबै भन्दा ठूलो गाउँ भएकाले यहाँ थुप्रै टोलहरु छन्।ति मध्य मुख्य टोलहरु निम्न प्रकार रहेका छन्।

  • बिष्ट बाडा
  • दमाई बाडा
  • खारखेत
  • पैयाँसैनी
  • उच्ची ढुङ्गा
  • मुलपानी
  • कुनाघर
  • गाउँ

श्रोत[सम्पादन गर्ने]

  1. Village profile 2010

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

पिपलकोट गाविसका प्रमुख गाउँहरू
क्रम सङ्ख्या गाउँको नाम वडा नंवर
तोलीचाका १,२
जामनेपानी
पातेमेला
किटु
छाम
चिउरी
गोर्खि
लयपातल
सुँगरखाल