त्रिपुरातापिनी उपनिषद्
| त्रिपुरातापिनी उपनिषद् | |
|---|---|
उपनिषद्ले देवी शक्ति र भगवान शिवलाई ब्रह्माण्डको स्रोतको रूपमा सँगै प्रस्तुत गर्दछ। | |
| देवनागरी | त्रिपुरातापिनी |
| शीर्षकको अर्थ | तीन सहरका उपासक |
| तिथि | १२औँ देखि १५औँ शताब्दी ईस्वी[१] |
| प्रकार | शाक्त[२] |
| सम्बन्धित वेद | अथर्ववेद[३] |
| अध्यायहरू | ५[४] |
| दर्शन | शाक्त, वेदान्त[२] |
त्रिपुरातापिनी उपनिषद् मध्ययुगीन कालको संस्कृत पाठ र हिन्दु धर्मका लघु उपनिषद्हरू मध्ये एक हो।[२] यसलाई आठ शाक्त उपनिषद्हरू मध्ये एकको रूपमा वर्गीकृत गरिएको छ भने यसलाई अथर्ववेदसँग पनि जोडिएको छ।[३]
यो उपनिषद् देवी र तन्त्रसँग सम्बन्धित एक उल्लेखनीय ग्रन्थ हो। यसले ब्रह्माण्डको सृष्टि शिव र देवीको मिलनबाट भएको हो र सम्पूर्ण अस्तित्व स्त्री र पुरुष दुवैमा अन्तरनिर्भर छ भन्ने दाबी गर्दछ।[४] यस पाठले त्रिपुरालाई आदिशक्तिको रूपमा प्रस्तुत गर्दछ,[५] जसलाई तीन सहरकी महान् देवी भनिएको छ।[६] यसमा उनको उपासनाको माध्यमको रूपमा तान्त्रिक चक्र (यन्त्र), कामकलाको चक्र र उनलाई स्मरण गर्ने मन्त्रहरूको वर्णन गरिएको छ।[७] यस उपनिषद्को अन्तिम अध्याय देवीलाई नै अन्तिम सत्य, ब्रह्मको रूपमा व्याख्या गर्ने अद्वैत शैलीको चर्चा हो। यसमा व्यक्तिको आत्मन् (स्वयम्, आत्मा) र ब्रह्म एकै हुन् भन्ने पुष्टि गरिएको छ।[८] त्रिपुरातापिनी उपनिषद् का यी दार्शनिक आधारहरू शाक्ताद्वैतवाद परम्परा (शाब्दिक रूपमा, अद्वैत शक्तिको मार्ग) अन्तर्गत पर्दछन्।[९]
इतिहास
[सम्पादन गर्नुहोस्]त्रिपुरातापिनी उपनिषद् का लेखक र यो कुन शताब्दीमा रचना गरिएको थियो भन्ने कुरा अज्ञात छ। यो पाठ सम्भवतः अन्य शाक्त उपनिषद्हरू जस्तै १२औँ देखि १५औँ शताब्दी ईस्वीको बीचमा रचना गरिएको थियो।[१] यद्यपि यो उपनिषद् सङ्ग्रहमा तुलनात्मक रूपमा ढिलो रचना गरिएको ग्रन्थ हो। साहित्यिक प्रमाणहरूले शाक्त तन्त्रको जरा प्राचीन कालमा छ र वैदिक तथा तन्त्र परम्पराहरू बीचको अन्तरक्रिया कम्तिमा छैठौँ शताब्दीदेखि नै सुरु भएको भनि पुष्टि गर्दछन्।[१०] जेफ्री सामुएलका अनुसार, १४औँ शताब्दी ईस्वी पछि भारत र तिब्बतका केही भागहरूमा भएका इस्लामी आक्रमण र राजनीतिक अस्थिरताको सामना गर्न र त्यससँग अनुकूलन गर्न मध्ययुगीन कालको अन्त्यमा तन्त्र परम्पराको विकासमा तीव्रता आएको थियो।[११]
त्रिपुरातापिनी उपनिषद् र त्रिपुरा उपनिषद् दुवैले दोस्रो सहस्राब्दीको उत्तरार्धमा भास्करराय [१२] र रामानन्द[१३] जस्ता विद्वानहरूको भाष्य (टीका) आकर्षित गरेका छन्।
यस पाठका पाण्डुलिपिहरू त्रिपुरातापिन्योपनिषद् र त्रिपुरातापिन्युपनिषद् शीर्षकमा पनि फेला परेका छन्, तर पछिल्लोको संरचना र श्लोकहरू अघिल्लो भन्दा भिन्न छन्, यद्यपि दुवैमा सन्देश भने समान छ।[१४] रामले हनुमानलाई सुनाएको १०८ उपनिषद्हरूको मुक्तिका संकलनको तेलुगु भाषाको सूचीमा यो ८०औँ स्थानमा सूचीकृत छ।[१५]
प्रभाव
[सम्पादन गर्नुहोस्]भावन उपनिषद्, देवी उपनिषद् र ऋग्वेदको श्री सूक्त सँगसँगै त्रिपुरातापिनी उपनिषद् लाई पनि प्रायः कौल र समय तन्त्र दुवै परम्परामा श्री विद्या अनुष्ठानहरूमा संलग्न गरिने ब्रुक्सले बताएका छन्।[१२] यसले दुई प्रमुख तन्त्र परम्पराहरूमा यस पाठको व्यापक पहुँच र तुलनात्मक रूपमा आधुनिक ग्रन्थहरूलाई प्राचीन वैदिक आधारहरूसँग जोड्ने उनीहरूको प्रयासलाई सङ्केत गर्दछ।[१६][१७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 Cush 2007, पृष्ठ 740.
- 1 2 3 Mahadevan 1975, पृष्ठ. 235-236.
- 1 2 Tinoco 1996, पृष्ठ 88.
- 1 2 Warrier 1967, पृष्ठ. 1-34.
- ↑ Mahadevan 2006, पृष्ठ 202.
- ↑ Warrier 1967, पृष्ठ. 11-13.
- ↑ Warrier 1967, पृष्ठ. 14-28.
- ↑ Hattangadi 2000.
- ↑ McDaniel 2004, पृष्ठ. 89-91.
- ↑ Brooks 1990, पृष्ठ xii.
- ↑ Geoffrey Samuel (2010), Tantric Revisionings, Motilal Banarsidass, आइएसबिएन ९७८-८१२०८२७५२३, pages 60-61, 87-88, 351-356
- 1 2 Brooks 1990, पृष्ठ. 37-38.
- ↑ Brooks 1990, पृष्ठ 221 with note 64.
- ↑ Vedic Literature, Volume 1, A Descriptive Catalogue of the Sanskrit Manuscripts, पृ. PA410, गुगल बुक्स मा, Government of Tamil Nadu, Madras, India, pages 410-413
- ↑ Deussen 1997, पृष्ठ. 556-557.
- ↑ Brooks 1990, पृष्ठ. 37-39, 224 with note 81.
- ↑ McDaniel 2004, पृष्ठ. 90-94.