त्रियुगा जनता क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
त्रियुगा जनता क्याम्पस
स्थान
क्याम्पसRural

त्रियुगा जनता क्याम्पस उदयपुर जिल्लामा रहेको एक क्याम्पस हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ। उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको मोतिगडामा रहेको त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अर्ध सरकारी क्याम्पस हो। अहिलो २०५४ साल सम्म गाईघाट मा.वि कै भवनबाट अध्यापन गाराउदै आए पनि पहिले मोतिगडा स्थित आफ्नै भवनमा सरेको छ। अहिले ४/५ वर्ष देखि अन्य धेरै विद्यालयले उच्च.मा.वि सम्मको अध्यापन गराए पनि पहिलेको समय यस्तो थियो पूरा जिल्लाका विद्यार्थी मात्र नभएर छिमेकी जिल्लाहरू खोटाङ,ओखल्ढुङ्गाका विद्यार्थिको समेत विद्यालय शिक्षा पछिको अध्ययनका लागि यही श्रीजनता बहुमुखी क्याम्पस, मोतिगडा एउटै मात्र विकल्प थियो। देउरी, जलजले, चुवाडे, राजाबास, बोक्सेका बिधार्थी सार्बजनिक बसबाट क्याम्पस आउछन भने नियमित बस नपाईने असारी, लक्ष्मिपुर,पर्ताहा,मोतियाहीका बिधर्थी पैदल तथा साईकलमा क्याम्पस जाने गर्छन अन्य टाढाका बिधर्थी चाहिँ कोठाबाहालमा बसि अध्ययन गर्ने गरेका छन। हाल यश क्याम्पसमा व्यवस्थापन, मानबिकी, संकायको स्नातक स्तर सम्म र शिक्षाशास्त्र संकायको स्नातकोत्तर सम्मको अध्यापन गराईन्छ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. त्रिभुवन विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति