सामग्रीमा जानुहोस्

त्रिवेणी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
त्रिवेणी नगरपालिका
त्रिवेणी नगरपालिका को सुदूरपश्चिम प्रदेश मा अवस्थिति
त्रिवेणी नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा त्रिवेणी नगरपालिकाको अवस्थिति
त्रिवेणी नगरपालिका को नेपाल मा अवस्थिति
त्रिवेणी नगरपालिका
त्रिवेणी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°२९′N ८१°१७′E / 29.49°N 81.29°E / 29.49; 81.29
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबाजुरा
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखकर्णबहादुर थापा (नेपाली काङ्ग्रेस)
  उपप्रमुखकमलाकुमारी जैशी (न्यौपाने) (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१७०.३२ किमी (६५.७६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१७,७९८
  घनत्व१००/किमी (२७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९७
केन्द्रसाविक तोलीदेवल गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

त्रिवेणी नगरपालिका बाजुरा जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा ‍छतारा, तोलीदेवलकैलाशमाण्डौ गाविसहरू यसमा गाभिएका थिए।

यस नगरपालिकाको कूल क्षेत्रफल १७०.३२ वर्ग किलोमिटर रहेको छ। यो नगरपालिकाको कार्यालय साविकको तोलीदेवलमा रहेको छ। यस नगरपालिकालाई ९ वटा वडामा विभाजन गरिएको छ। यस नगरपालिकाको सिमाना पूर्वमा कालिकोट जिल्ला, पश्चिममा बुढीगंगा नगरपालिका, उत्तरमा बडीमालिका नगरपालिका तथा दक्षिणमा अछाम जिल्ला सँग जोडिएको छ ।[]

यस नगरपालिकामा नेपाल कै प्रमुख मानिएको धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका मन्दिर, नाट्यश्वरी मन्दिर, मस्टामाण्डौ ,कैलाशमाण्डौ जस्ता ठाउँ अवस्थित छन्।

बडिमालिका मन्दिर सँगै त्रिवेणी पाटन रहेको छ ।‌जहाँ २२ पाटन रहेको भन्ने गरिन्छ। बडिमालिका मन्दिर यस नगरपालिकाको वडा नं ०६, पन्धारामा अवस्थित छ। यस पन्धाराका गोठालाहरुले बर्षायाम मा बडिमालिका परिसरमा भैसि चराउने खर्क निर्माण गर्छन्।

नाट्यश्वरी मन्दिर वडा न ७ मा अवस्थित छ। वडा न ९ मा बडिमालिका मन्दिरका पुजारी को गृह अवस्थित छ। वडा न ५ मा किम्नी झरना रहेको छ जुन बाजुरा जिल्लाकै ठुलो र अग्लो झरना हो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार त्रिवेणी नगरपालिकाको कुल जनसङ्ख्या १७,७९८ रहेको छ भने यहाँ ३,७०२ घरधुरी रहेका छन्।[]

त्रिवेणी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
छतारा (१–४, ६)१,७६१६.४९२७१.३४
छतारा (५, ७–९)१,६३९७.६७२१३.६९
तोलीदेवल (१–३)१,६९१४.६७३६२.१०
तोलीदेवल (४–७)२,४५३८.०१३०६.२४
तोलीदेवल (८, ९)१,२९०६२.२१२०.७४
कैलाशमाण्डौ (१, २)३,३६१५१.९८६४.६६
कैलाशमाण्डौ (३, ४)१,७८९८.०१२२३.३५
कैलाशमाण्डौ (५, ६)१,३५७४.३७३१०.५३
कैलाशमाण्डौ (७–९)२,४५७१६.८११४६.१६
जम्मा१७,७९८१७०.२२१०४.५६

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]