थाक्रे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
थाक्रे
—  गाउँ विकास समिति  —
थाक्रे is located in नेपाल
थाक्रे
थाक्रे
नेपालको नक्सामा थाक्रे
निर्देशाङ्क: २७°४४′उत्तर ८५°०७′पूर्व / २७.७३° उत्तर ८५.११° पूर्व / 27.73; 85.11निर्देशाङ्क: २७°४४′उत्तर ८५°०७′पूर्व / २७.७३° उत्तर ८५.११° पूर्व / 27.73; 85.11
देश  नेपाल
अञ्चल बागमती
जिल्ला धादिङ
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+5:45)

थाक्रे नेपालको मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, धादिङ जिल्लामा अवस्थित गाँउ विकास समिति हो।

यो गाविसका सचिवमा अहिले रामबाबु लामा कार्यरत छन् ।

थाक्रे गाउँ विकास समिति

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]


Photo of Dhading District

थाक्रे गाउँपालिका धादिङ जिल्ला कै सबैभन्दा ठूलो गाउँपालिका हो । जनसङ्ख्या र भूगोल दुबै आधारमा जिल्लाकै ठूलो यो गाउँपालिका काठमाडौंबाट ३० किलोमिटर दूरीमा छ । प्रदेश नम्बर ३ अन्तर्गत बाग्मती अञ्चलमा पर्ने थाक्रे गाउँपालिकामा ११ वटा वडा छन् । देशकै पहिलो राजमार्ग त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग दुबै यो गाउँपालिका हुँदै अघि बढेको छ । यो गाउँपालिकामा बाहुन, क्षेत्री, तामाङ, चेपाङ, नेवार, दलित, मगर लगायत जातजातीको बसोबास छ । अधिकांश थाक्रेबासी कृषिमा निर्भर छन् । विशेषत तरकारी खेति नै थाक्रेका जनताको मुख्य आयश्रोत हो । अन्न बाली र फलफूल यहाँका जनताको बैकल्पिक आय श्रोत गर्ने माध्यम बनेको छ । पर्यटकीय हिसावले निकै संभावना बोकेको थाक्रेमा पर्यटन विकासका गतिविधि भने न्यून छ । २०७४ बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट यो गाउँपालिकाको अध्यक्षमा रामकुमार आचार्य अध्यक्ष र अम्बिका रुपाखेती उपाध्यक्षमा निर्वाचित भएका हुन । थाक्रे गाँउपालिकामा साविकका भूमेस्थान, तसर्पु, केवलपुर र गोगनपानी गाविसका वडाहरु गाभिएका हुन । ९६.४१ वर्ग किमी क्षेत्रफल रहेको यो गाउँपालिकाको पूर्वी सिमानामा धुनीबेंशी नगरपालिका, पश्चिममा गल्छी गाउँपालिका र दक्षिणमा मकवानपुर जिल्ला रहेका छन । स्थानीय निर्वाचनका बेला संकलन गरिएको तथ्यांक अनुसार थाक्रे गाँउपालिकाको जनसङ्ख्या ३२,९१४ छ । सरकारले आर्थिक बर्ष २०७४⁄७५ को स्थानीय तहका लागि बिनिमयोजन गरेको बजेटमा थाक्रेलाई ३१ करोड २२ लाख ३५ हजार रुपैंया छुट्याईएको छ । यो बजेट धुनिबेशी नगरपालिकाका लागि छुट्याईएको रकम (२६ करोड ९७ लाख ७६ हजार) भन्दा बढी हो ।

स्थानीय निर्वाचनका लागि थाक्रेमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले संयुक्त गठबन्धनमा उम्मेदवारी दिएका थिए । गाँउपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेले निर्वाचन जितेको थियो भने वडामा पनि नेकपा एमालेकै बर्चश्व रह्यो । ११ मध्ये ८ वटा वडामा एमाले २ वडामा माओवादी केन्द्र र १ वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भए । वडा नम्बर ५ बाट ८६ बर्षीय चन्द्रमाया विश्वकर्मा सदस्यमा विजयी भएकी थिईन । जिल्लामा एक मात्रै वादी समुदायबाट निर्वाचित लक्ष्मी वादी पनि यही गाउँपालिकाको प्रतिनिधित्व गर्छिन ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]




सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]