थामी जाति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(थामी बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

थामी नेपालमा बसोबास गर्ने एक जाति हो। थामी समुदायका मानिसहरूले आफूलाई "थाङ्‍मी" भन्न रुचाउँछन् । यो जातिका मानिसहरूले प्राकृत धर्म अङ्गालेको पाइन्छ जसलाई उनीहरू वोन या किराँत भन्ने गर्छन्। थामी समुदायका मानिसहरू आफ्नै भाषा थाङ्‍मी खाम बोल्ने गर्दछन् । यो भोटबर्मेली परिवारमा पर्दछ ।

थामी जातिको बसोबास धेरैजसो दोलखासिन्धुपाल्चोक जिल्लामा रहेको पाइन्छ। तर छिटपुट रूपमा नेपालको ७३ जिल्लामा थामीहरू रहेका छन् भन्ने तथ्याङ्क छ। थामी जाति एउटा अलग प्रकारको रितिरिवाज र स‌ंस्कार बोकेको जाति हो। आफ्नै अलग धर्म भएका थामी जातिले कुलदेवताको रूपमा भुमे(भुम्या )को पूजा गर्दछन् र सबै कर्मकान्ड संस्कारहरू आफ्नै थामी गुरुद्वारा मौखिकरूपमा गर्ने गर्दछन्। यिनीहरूको मुख्य पेसा कृषि हो भने केहि थामीहरू काठसम्बन्धी (सिकर्मी), ढुङ्गासम्बन्धी (डकर्मी) र बाँस/चोयाका सामानहरू बनाउने कार्यमा पनि लागेको पाइन्छ । दोलखाका सुस्पा क्षमावती, सुन्द्रावती, सुनखानी, लापिलाङ, लामिडाँडा, कालिञ्चोक, बाबरे, आलम्पु, बिगु, खोपाचागु, लाकुरी डाँडा, आदि गाविसमा थामीहरूको अधिक जनघनत्व रहेको छ ।

सिन्धुपाल्चोकमा चोकटी , घोर्थली , धुस्कुन , पिस्कर, तौथली , राम्चे , कर्थली , गाउँ विकाश समितिहरूमा आत्यधिक बसोबास रहेको पाइन्छ। सिन्धुपाल्चोकमा रहने थामीहरूको रहनसहन परम्परा रितिरिवाज थर, गोत्र र केही भाषाका लवज दोलखका भन्दा केही फरक रहेको पाइन्छ।

रामेछापका डढुवा, बेताली, प्रिती आदि गाविस र इलाम जिल्लाका गोरखे, नयाँवजारजोगमाइ गाविसमा पनि थोरै सङ्ख्यामा थामीहरूको बसोबास रहेको छ।

अरु जातिको तुलनामा थामी जातिको संस्कृति परम्परा धेरै भिन्न छ। जस्तो बाबुको विवाह नभैकन अथवा भागी विवाहबाट सन्तान भएमा सन्तानको विवाहको आघिल्लो दिन बाबुको विवाह गर्नुपर्ने। विवाह नभै मृत्यु भएमा किरिया (घेवा ) गर्दा पञ्चेबजा लगाएर विवाह फुकाउनु पर्ने। यस्ता लाखौं बाहिर नआएका संस्कारहरू छन् थामी जाति भित्र। तर पनि आजसम्म न सरकारले यसलाई संरक्षण गर्ने गमर्को गर्‍यो। न त हामी आफैँले प्रयास गर्न सकियो। आज रोजिरोटीको लागि सबै युवा शहरमा छन्। गाउँघर प्राय शुन्य छ। आफ्नो भाषा बोल्ने क्रम घट्दैछ।

अति सीमान्तकृत थामी जातिका थुप्रै बाजाहरूमध्ये मेर्कोङ-बाघको हाड बारादेवा पूजाका बेला बजाइने सुरबाजा हो। यसबाहेक पिचालिङ, टाके, थात्रा, ठेङका, बाखाराटाके, डम्फू, मुरली, मुर्चुङगा, बिनायो आदि हुन्।[१]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]