सामग्रीमा जानुहोस्

थारु सम्वत्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

थारु संवत् वैशाख महिनाको पहिलो दिन देखि शुरु हुन्छ । थारु प्रकृति पुजक समुदाय हो । प्रकृति पनि बैशाखमा नै आफ्नो रुप परिवर्तन गर्छ । रुखबिरुवा पतझर लिएर नयाँ पालुवाहरु पलाएको हुन्छ । जमिनमा हरियो घाँसहरु उम्रिन थालेको हुन्छ । बिभिन्न किसिमको रंगिबिरंगी फूलहरु पुल्न थालेको हुन्छ । कृषकहरुले नयाँ खेतिपातीको लागि तयारी गरिरहेको हुन्छ । गर्मी मौसम उत्कर्षमा हुन्छ र बर्षाको साँकेतिक सरुवात भएको हुन्छ । अर्थात प्रकृतिमा पनि बर्षको यही समयमा आफ्नो नयाँ रुपको सुरुवात गर्छ त्यसकारणले पनि प्र्कृतिमा रमाउने थारु समुदायको नयाँ बर्षको शुरुवात वेशाख नै हो । थारु सम्वतको आधार गौतम बुद्धको जन्म मितिलाई मान्ने हो कि महापरिनिर्णामलाई मान्ने हो । शुरुवात बैशाख नै हो । माघे संक्रान्तिलाई पनि कतिपय थारुहरुले नयाँ बर्षको रुपमा लिने गरेको छ तर खासमा माघे संक्रान्ती नयाँ आर्थिक बर्ष अर्थात हरहिसाबको बर्ष हो । जसमा योजना बनाउने देखि नयाँ कामदारहरुको नविकरण गर्ने, काम गर्ने हरुको हरहिसाब फर्छ्यौट गर्ने, नयाँ करार गर्ने, बरघर चुन्ने लगायरको काम गरिन्छ । विक्रम सम्बत २०७६ सालको बैशाख महिनामा थारु संवत् २६४२ सुरु हुन्छ । [] []

थारु संवत्‌को घोषणा थासं २०३४, विक्रम सम्बत. २०६४ भाद्र २२, सन् २००७ सेप्टेम्वर ८ तारखिमा दाङ घोराहीमा गरिएको थियो । []

[] २०३४ सालमा बुद्ध भन्दा अगाडीको सम्वत कसरी घोषणा हुन सक्छ । विभिन्न दृष्टीकोणबाट बैशाख नै थारुहरुको नयाँ बर्ष हो माघ हरहिसाबको दृष्टिकोणले नयाँ बर्ष हो अझै भनौ आर्थिक बर्ष हो । त्यसकारण बुद्ध सम्वत नै थारु सम्वत हो ।

  1. "थारु समुदायमा माघीको उल्लास, नयाँ वर्ष शुरू", कट्वाल।  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०५-२८ मिति
  2. "थारु बस्तीमा माघी र नयाँ वर्षको तयारी - जीताको पर्खाइ, निश्राउको माया", नेपाल न्यूज। [स्थायी मृत कडी]
  3. "माघी: नयाँ वर्ष, पहिचान, थारु सम्वत र आत्मसम्मान", देश सञ्चार। 
  4. चौधरी, बुद्धसेन (२०१९-०४-१४), "थारुकाे खास नयाँ वर्ष 'सिरुवा', शीतलता र आशिर्वाद", देशसञ्चार (en-USमा), अन्तिम पहुँच २०२५-०४-२४