सामग्रीमा जानुहोस्

थिरबम मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Thirbam Malla
जन्म१९८१ भदौ ३१
Nepal
मृत्यु११ नोभेम्बर १९५०(1950-11-11) (उमेर २४–२५)
Raxaul, India

थिरबम मल्ल नेपालका शहीद हुन्। यिनी राणाको विरूद्धमा लड्दा २००७ सालमा बीरगञ्जमा बीरगति प्राप्त गरेका थिए।

प्रारम्भिक जीवन

[सम्पादन]

गलकोटका १५औं राजा भरत बम मल्लका माहिला सन्तानका रूपमा थिरबम मल्लको १९८१ भदौ ३१ गते जन्म भयो। उनी गलकोटमा जन्मे पनि काठमाडौंमा हुर्किए। सुवर्णशमशेर थिरबम मल्लका सहोदर मामा थिए। भरतले राणाकी छोरीसँग बिहे गरेका थिए। राणाहरूसँग पारिवारिक सम्बन्ध भएका कारण थिरबमले काठमाडौंको त्रिचन्द्र कलेजमा अध्ययन गरे। त्रिचन्द्र कलेजबाट आइएस्सीसम्म अध्ययन गरेपछि उच्च शिक्षाका लागि भारतको देहरादुन पुगे। उनी आफ्नै खर्चमा सैन्य शिक्षा लिन भारतको सैनिक शिक्षालय देहरादुन गएका थिए।[१]

सात सालको क्रान्ति

[सम्पादन]

मुक्ति सेनाले २००७ साल कात्तिक २१ गतेबाट सशस्त्र क्रान्ति थाल्यो। थिरबम नेपाली कांग्रेसको मुक्ति सेनामा सामेल भए। छब्बीस वर्षीय थीरबम पनि सशस्त्र क्रान्तिमा लाग्ने अठोटसहित देहरादुनबाट कोलकता पुगे । भारतीय सैनिक शिक्षालयमा रहेर सेकेन्ड लेफ्टिनेन्टको तालिम पूरा गरेका थिरबम मुक्ति सेनाको मुख्य कमान्डरमध्ये एक बने। हातहतियारको बन्दोबस्ती र युद्धको तयारीपछि नेपालको तीन ठूला सहरमा मुक्ति सेनाले एकैपटक आक्रमण गर्ने तयारी गर्‍यो। थिरबमले पूर्वी कमाण्ड सम्हाले। उनको कमाण्डको टोली वीरगन्ज कब्जा गर्ने लक्ष्यसहित खटियो। अरू दुई टोली भैरहवा र विराटनगरका लागि खटिए।

मुक्ति सेनाले यी तीनवटै सहरमा रहेका सरकारी अड्डामा २००७ साल कात्तिक २६ गते आक्रमण गर्‍यो। थिरबमको टोलीले वीरगन्ज कब्जा गर्‍यो। विराटनगर र भैरहवा भने मुक्ति सेनाले कब्जा गर्न सकेन।

सरकारी फौजसँगको लडाइँमा भाइटीकाको दिन थीरबमको शहादत भयो ।[२] थिरबम मल्ल ११ तारिखमा युद्धको मैदानमा गोली लागेर डंकन अस्पतालमा परलोक भए।[३]

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ बागलुङ, संगम घर्तीमगर, "जनक्रान्तिका सहिद थिरबम मल्ल", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२६-०९-११।
  2. ↑ "प्रजातन्त्र दिवस : सशस्त्र क्रान्तिको पहिलो सहिद, जो भाइटीकामा मारिए", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२६-०९-११।
  3. ↑ "सुवर्ण शमशेर: सात सालको क्रान्तिका सच्चा ‘सैन्य अर्किटेक्ट’", Nepal Press (en-USमा), अन्तिम पहुँच २०२६-०९-११।

बाह्य सूत्र

[सम्पादन]