सामग्रीमा जानुहोस्

दंगाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दंगाल नेपाली बाहुन जातिको एउटा थर हो। नेपाल र भारतमा मूल रूपमा बस्तै आएका दंगाल थरको गोत्र गौतम हो। यो थरको उत्पत्ति कानु दंगालबाट मानिन्छ। नेपालका प्राय सबै जिल्लामा दंगाल थरको उपस्थिति पाइन्छ भने भारतको सिक्किम, कालेबुङ, डुवर्स, आसाम आदि राज्यमा दंगालहरू पाइन्छन्। सिक्किममा केही छेत्री दंगालहरू पनि रहेका छन्। दंगाल थरमा भवानी शंकर दंगालले गीतासार गद्यमा सन् १८५७-मा सिक्किमको पाण्डाम भुरुङ गाउँमा लेखेको पाइएको छ। दाङ जिल्लाबाट बसाई सरी नेपालको पूर्वी भागमा बसाई सरेर जुन ठाउँमा पुगे त्यहाँ दंगाली भनेर बोलाउँने र कालान्तरमा त्यही शब्दबाट दंगाल थर रहेको मानिन्छ । त्यसअघि दंगालहरुको थर तिवारी रहेको मानिएको छ । काठमाडौं र सिन्धुपाल्चोकमा दंगालहरुको संख्या धेरै रहेको छ ।