दक्षिणेश्वर काली मन्दिर
| दक्षिणेश्वर काली मन्दिर | |
|---|---|
हुग्ली नदीको किनारमा अवस्थित मन्दिर | |
पश्चिम बङ्गालको नक्सामा दक्षिणेश्वर काली मन्दिरको अवस्थिति | |
| प्राथमिक विवरण | |
| स्थान: | बृहत् कोलकाता |
| निर्देशाङ्क | २२°३९′१८″उ ८८°२१′२८″पू / 22.65500°N 88.35778°E |
| सम्बन्धन | हिन्दुत्व |
| देवता | भवतारिणी काली |
| चाडपर्व | काली पूजा, स्नान यात्रा, कल्पतरु दिवस |
| जिल्ला | उत्तर २४ परगना जिल्ला |
| राज्य | पश्चिम बङ्गाल |
| देश | भारत |
| वेबसाइट | वेबसाइट |
| वास्तुकला विवरण | |
| वास्तुकला प्रकार | बङ्गाल वास्तुशैली |
| निर्माता | रानी रसमोनी |
| निर्माण सम्पन्न | 31 मे 1855 |
| मन्दिर(हरू) | १२ शिव मन्दिर, १ राधाकृष्ण र १ मूल काली मन्दिर |
दक्षिणेश्वर काली मन्दिर कोलकाता, बैरकपुरमा विवेकानन्द सेतु नजिकै अवस्थित एक ऐतिहासिक मन्दिर हो। यो मन्दिरकी मुख्य देवी भवतरिणी (देवी काली माताकी एक रुप) हुन्।[१] यो कोलकातामा रहेको सबैभन्दा प्रसिद्ध मन्दिरहरू मध्ये एक हो। यो कोलकातामा रहेको कालीघाट मन्दिरपछि सबैभन्दा प्रसिद्ध काली मन्दिर समेत हो। यो मन्दिरलाई सन् १८५४ मा जन बजारकी रानी रसमनीले निर्माण गरेकी हुन्।
यो मन्दिर रामकृष्ण मिशनका संस्थापक तथा स्वामी विवेकानन्दका गुरु, स्वामी रामकृष्ण परमहंसको कर्मभूमि थियो। स्वामी रामकृष्ण यो मन्दिरमा सन् १८५७ देखि सन् १८६८ सम्म मुख्य पुजारी थिए।[२][३] त्यसपछि उनले यो मन्दिरलाई साधनास्थल बनाएर कालीको पूजा गर्ने गरेका थिए। स्वामी रामकृष्ण परमहंसका कारण धेरै जनमानसमा यो मन्दिरप्रतिको मोह बढ्दै गएको थियो। मन्दिरको मुख्य चोकको उत्तरपश्चिम कुनामा स्वामी रामकृष्ण परमहंसको कोठा अझै पनि उनको ऐतिहासिक स्मृतिको रूपमा सुरक्षित गरिएको छ, जहाँ उनका भक्तहरू र अन्य दर्शकहरूले प्रवेश गरि अवलोकन गर्न सक्छन्।
इतिहास
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Mehrotra 2008 p.11.
- ↑ "History of the temple", Dakshineswar Kali Temple, अन्तिम पहुँच २१ अप्रिल २०१८। अभिलेखिकरण २९ अक्टोबर २०१२ वेब्याक मेसिन
- ↑ "Dakshineswar - A Heritage", Government of West Bengal, मूलबाट २ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ नोभेम्बर २०१२। अभिलेखिकरण २ सेप्टेम्बर २०१३ वेब्याक मेसिन