दङ्गल (चलचित्र)
| दङ्गल | |
|---|---|
पोस्टर | |
| निर्देशक | नीतिश तिवारी |
| लेखक | नीतिश तिवारी पियूष गुप्ता |
| निर्माता | आमिर खान किरण राव सिद्धार्थ रोय कपुर |
| मुख्य कलाकार | आमिर खान साक्षी तन्वर फातिमा सना शेख सन्या मल्होत्रा |
| सङ्गीत | प्रीतम |
प्रदर्शन मिति |
|
| देश | भारत |
| भाषा | हिन्दी |
दङ्गल आमिर खानद्वारा निर्मित सन् २०१६को भारतीय हिन्दी चलचित्र हो। चलचित्रका निर्देशक तथा लेखक नीतिश तिवारी हुन्। यस चलचित्रमा मुख्य भूमिकामा आमिर खान, साक्षी तन्वर तथा राजकुमार राव छन्। चलचित्रको पहिलो प्रदर्शनी २३ डिसेम्बर २०१६ मा सिनेमाघरहरू मा भएको थियो।
कलाकार
[सम्पादन गर्नुहोस्]- आमिर खान - महावीर सिंह फोगत
- साक्षी तन्वर - दया कौर
- फातिमा सना शेख - गीता फोगत
- सन्या मल्होत्रा - बबीता कुमारी
- राजकुमार राव
- जरीना वसीम
- सुहानी भटनागर
- विक्रम सिंह
- अपरशक्ति खुराना
निर्माण
[सम्पादन गर्नुहोस्]पात्र चुनाव
[सम्पादन गर्नुहोस्]अप्रिल २०१५ मा फातिमा साना शेख र सन्या मल्होत्रालाई महावीर फोगतको पुत्रीको किरदारको लागि छानियो।[१][२][३] जुन २०१५ मा बाल कलाकारमा जरीना वसीमलाई जम्मु कश्मीर र सुहानी भटनागरलाई दिल्लीदेखि ल्याइयो। आयुष्मान खुरानाको भाइ अपरशक्ति खुराना पनि यस चलचित्रसङ जोडिए। विक्रम सिंह यस चलचित्रमा एक खलनायक भूमिकामा दिखिने छन्। दङ्गलको लागि आमिरले आफ्नो केही किलो वजन घटाए र साथसाथै हरियानवी पनि सिके।
छायाङ्कन
[सम्पादन गर्नुहोस्]यसको छायाङ्कनको कार्य १ सेप्टेम्बर २०१५ देखि शुरू भयो। यस चलचित्रको स्थललाई लुधियानाको गाउँहरूमा रखियो र त्यसलाई हरियाणवी रूप दिइयो। यस पछि फिल्मानाको कार्य किला रायपुर, पन्जाब तथा हरियाणामा गरियो। सेप्टेम्बर २०१५ र डिसेम्बर २०१५ को मध्य आमिर खानले आफ्नो ९% चर्बी बढाएर आफ्नो वजन ९८ किलो बनाए।
प्रदर्शन
[सम्पादन गर्नुहोस्]दङ्गल अमेरिकामा २१ डिसेम्बर २०१६ र विश्वव्यापी २३ डिसेम्बर २०१६ मा प्रदर्शन भएको थियो।[४]
कमाई
[सम्पादन गर्नुहोस्]यस चलचित्रले पहिलो दिनमा ₹२९.७८ करोड (युएस$४.२ मिलियन) कमाएको थियो, जुन सार्बजनिक बिदा नहुदा पनि सबैभन्दा धेरै कमाई गर्ने दोस्रो चलचित्र हो।[५][६] चलचित्रले दोस्रो दिनमा ₹३४.८२ करोड (युएस$४.९ मिलियन) र तेस्रो दिनमा ₹४२.३५ करोड (युएस$५.९ मिलियन) कमाएको थियो। त्यसै गरी चौथो दिनमा यसले ₹२५ करोड (युएस$३.५ मिलियन) कमाई गर्न सफल भयो।[७][८] चौथो दिनसम्म चलचित्रले ₹१३२.४३ करोड (युएस$१९ मिलियन) कमाई गरिसकेको छ।[९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "MEET AAMIR KHAN’S WRESTLER DAUGHTERS"।
- ↑ "Aamir Khan's daughters in 'Dangal' finally revealed!"।
- ↑ "Aamir Khan has found his onscreen daughters for ‘Dangal’?"।
- ↑ "Dangal: Aamir Khan's film has an impressive opening in US, Canada", अन्तिम पहुँच २७ डिसेम्बर २०१६। वेब्याक मेसिन अभिलेखिकरण ६ जुलाई २०२२ मिति
- ↑ http://www.filmibeat.com/bollywood/box-office/2016/dangal-first-day-friday-opening-box-office-collection-report-250134.html
- ↑ http://www.deccanherald.com/content/588112/dangal-mints-rs-29-crore.html
- ↑ http://www.bollymoviereviewz.com/2016/12/dangal-3rd-day-first-weekend-box-office.html
- ↑ http://indianexpress.com/article/entertainment/dangal-box-office-collection-day-3-aamir-khan-4444641/
- ↑ http://www.bollymoviereviewz.com/2016/12/dangal-4th-day-monday-box-office-collection.html