सामग्रीमा जानुहोस्

दन्तवक्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दन्तवक्र
धर्मग्रन्थहरूमहाभारत, पुराण
क्षेत्रकरुष

दन्तवक्र (बाङ्गो दाँत भएको) हिन्दु धर्मग्रन्थहरूमा उल्लिखित एक पौराणिक पात्र तथा करुष राज्यका राजा थिए। दन्तवक्र विष्णुका द्वारपाल विजयको तेस्रो र अन्तिम अवतार मानिन्छन् जबकि उनका भाइ जय शिशुपालका रूपमा जन्मिएका हुन्छन्। विष्णु पुराण र भागवत पुराणका अनुसार, उनी वृद्धशर्मा र श्रुतदेवाका छोरा थिए। श्रुतदेवा भगवान कृष्णका पिता वसुदेव र कुन्तीकी बहिनी थिइन्, जसले गर्दा नातामा दन्तवक्र कृष्णका फुपूका छोरा (दाजु/भाइ) पर्दथे। जन्मको समयमा उनको दाँत केही असामान्य वा बाङ्गो भएकाले उनलाई दन्तवक्र भनिएको हो। दन्तवक्र र शिशुपालको मृत्युसँगै जय-विजयमाथिको सनकादि ऋषिहरूको श्राप समाप्त हुन्छ र उनीहरू पुन: वैकुण्ठ फर्कन सफल हुन्छन्। [१][२]

पद्म पुराणका अनुसार, उनी चेदिका वंशका हुन्।[३] विष्णु पुराण र भागवत पुराणका केही संस्करणहरूका अनुसार उनी वृद्धशर्मा र श्रुतदेवा (वा श्रुतदेवी) का छोरा हुन्। श्रुतदेवा कुन्ती र वसुदेवकी बहिनी हुन्। जन्मदा दाँत बाङ्गो भएकाले उनको नाम "दन्तवक्र" राखिएको हो। विदूरथ उनका भाइ हुन्।[४][५][६] उनी जरासन्ध, कंश, शिशुपाल र पौण्ड्रक वासुदेवका सहयोगी तथा वासुदेव कृष्णका शत्रु हुन्।[७] हरिवंश पुराणमा दन्तवक्रलाई केही फरक रूपमा प्रस्तुत गरिएको छ। राजकुमारी रुक्मिणीको स्वयम्बरबाट कृष्णले उनलाई लैजाने इच्छा गरेको थाहा पाएपछि उनले कुण्डिन सहरमा आफ्ना सहयोगीहरूसँग परामर्श गर्छन् र कृष्णलाई भगवानको रूपमा स्वीकार गर्दै उनीसँग मित्रता गर्ने इच्छा व्यक्त गर्छन्।[८]

महाभारतमा दन्तवक्र

[सम्पादन]

हिन्दु धर्मग्रन्थ महाभारतका (२:३०) का अनुसार, उनलाई अधिराजहरूका राजाको रूपमा उल्लेख गरिएको छ। पाण्डव सेनापति सहदेवले उनलाई पराजित गरी कर तिर्न लगाएपछि उनलाई पुनः आफ्नो सिंहासनमा स्थापित गरिन्छ। जरासन्धको हत्याको विरोधमा राजसूय यज्ञमा सहभागी नभएका दन्तवक्रले आफ्नो मित्र शाल्व र शिशुपालको मृत्युको बदला लिन द्वारकातर्फ जाँदै गरेका कृष्णमाथि आक्रमण गर्छन्। आफ्नो मनसाय घोषणा गरेपछि उनले आफ्नो गदाले कृष्णको टाउकोमा प्रहार गर्छन् तर विचलित नभई कृष्णले आफ्नो कौमोदकी गदाले दन्तवक्रको छातीमा प्रहार गरेपछि उनले रगत वान्ता गर्छन् र गदा-युद्धमा उनको मृत्यु हुन्छ।[९] सोही युद्धमा उनका भाइ विदूरथको पनि मृत्यु हुन्छ।[१०][११]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Kulkarni, Shripad Dattatraya (१९९२), The Epics Ramayana and Mahabharata (अङ्ग्रेजीमा), Shri Bhagavan Vedavyasa Itihasa Samsodhana Mandira (Bhishma), पृ: 238, आइएसबिएन 978-81-900113-6-5।
  2. ↑ Gupta, Ravi; Valpey, Kenneth (२०१३-०३-२६), The Bhagavata Purana: Sacred Text and Living Tradition (अङ्ग्रेजीमा), Columbia University Press, पृ: 234, आइएसबिएन 978-0-231-14999-0।
  3. ↑ Pargiter, F.E. (1972) [1922]. Ancient Indian Historical Tradition, Delhi: Motilal Banarsidass, pp.118-9.
  4. ↑ "Śrīmad-Bhāgavatam10. - Chapter 78. The Killing of Dantavakra, Vidūratha, Romaharṣaṇa and Jabalkana - The Sattvic Spirit Veda Pages", मूलबाट २०१७-०३-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-२३। अभिलेखिकरण २०१७-०३-०५ वेब्याक मेसिन
  5. ↑ "The Hare Krsnas - Krsna's Later Pastimes with Demons - Dantavakra and Viduratha"।
  6. ↑ Law, B.C. (1973). Tribes in Ancient India, Bhandarkar Oriental Series No.4, Poona: Bhandarkar Oriental Research Institute, pp.87-9
  7. ↑ "The Hare Krsnas - Krsna's Later Pastimes with Demons - King Salva"।
  8. ↑ www.wisdomlib.org (२०२०-११-१४), "Dantavakras Speech [Chapter 50]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-१३।
  9. ↑ Krishna: The Beautiful Legend of God: Srimad Bhagavata Purana (अङ्ग्रेजीमा), Penguin UK, २००३-१२-०४, पृ: 606, आइएसबिएन 978-0-14-191337-7।
  10. ↑ Pellerin, Gaetan, "The Killing of Dantavakra, Viduratha Romaharsana and Jabalkana Kansa's son.", मूलबाट २०१८-०१-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-२३। अभिलेखिकरण २०१८-०१-२६ वेब्याक मेसिन
  11. ↑ Vanamali (२०१८-०३-२०), In the Lost City of Sri Krishna: The Story of Ancient Dwaraka (अङ्ग्रेजीमा), Simon and Schuster, पृ: 296, आइएसबिएन 978-1-62055-682-5।