दन्त्य कथा

दन्त्यकथा वा परिकथा भन्नाले लोककथा विधा अन्तर्गत पर्ने एक लघुकथालाई बुझिन्छ।[१] यो आफैँले कल्पना गरेर भनिने कथा हो। यस्ता कथाहरू धेरै पहिला देखि नै हाम्रो घरगाउमा भनिँदै आएका हुन्छन्। यस्ता कथाहरूमा प्रायः जादू, मन्त्र र काल्पनिक वा तल्लो तहका देवताहरू जस्ता पात्रहरूको प्रयोग हुन्छन्। धेरै संस्कृतिहरूमा मिथक र लोककथा वा परीका कथाबीच कुनै स्पष्ट भिन्नता हुँदैन; यी सबै मिलेर साक्षरता पूर्वको समाजको साहित्य बन्दछ।[२]
यसलाईलाई अन्य लोक कथाहरू जस्तै दन्त्यकथा (किंवदन्ती, जसमा घटनाहरू सत्य हुन् भन्ने विश्वास गरिन्छ)[३] र स्पष्ट नैतिक सन्देश दिने पशु-कथाहरूबाट अलग गर्न सकिन्छ। यस विधामा प्रचलित तत्वहरूमा ड्रागन, बाउन्ने, परी, राक्षस, पिशाच, बोक्सी, वनमान्छे, लुटेरा, दानव, बोल्ने जनावर आदी पर्दछन्।
सामान्य सन्दर्भमा, यो शब्द कुनै असाधारण खुसीको वर्णन गर्न पनि प्रयोग गरिन्छ।[४] कथाहरू भन्दा फरक, दन्त्यकथाहरूलाई उनीहरूको संस्कृतिमा वास्तविक मानिन्छ; तर यसमा धर्म वा वास्तविक स्थान र मानिसहरूको सन्दर्भ अति नै कम हुन्छ। यिनीहरू वास्तविक समयको सट्टा धेरै समय पहिले वा एकादेशमा को सन्दर्भमा हुन्छन्।[५]
दन्त्यकथा हरू मौखिक र लिखित दुवै रूपमा पाइन्छन्। यो शब्द (फ्रान्सेलीमा "conte de fées") भन्ने नाम १७औँ शताब्दीको अन्त्यमा मदाम दे औलनोयले पहिलो पटक प्रयोग गरेकी थिइन्।[६] डरहम र लिस्बनका विश्वविद्यालयहरूका अनुसन्धानकर्ताहरूका अनुसार यस्ता कथाहरू हजारौँ वर्ष पुराना, सम्भवतः कांस्य युग देखिका हुन सक्छन्।[७]
मूल रूपमा, वयस्कहरू पनि बालबालिकाहरू जत्तिकै परी कथाका श्रोता थिए। साहित्यिक दन्त्यकथाहरू वयस्कहरूका लागि बनाइएका कृतिहरूमा देखा पर्दथे, तर १९औँ र २०औँ शताब्दीमा यस्ता कथाहरू बाल साहित्यसँग सम्बन्धित भएको थियो।
परिभाषा
[सम्पादन गर्नुहोस्]नेपाली बृहत् शब्दकोशका अनुसार, दन्त्यकथा भनेको लोकले युगौँदेखि परम्परागत रूपमा संरक्षित गर्दै आएको, मौखिक तथा काल्पनिक कथा भनेर परिभाषित गरेको छ।[८]
इतिहास
[सम्पादन गर्नुहोस्]यस प्रकारको कथाको मौखिक परम्परा लिखित भन्दा धेरै अघिदेखि नै आएको थियो। कथाहरू लेख्नुको सट्टा नाटकीय रूपमा भनिन्थ्यो वा अभिनय गरिन्थ्यो, र पुस्तादेखि पुस्तासम्म हस्तान्तरण पनि गरिन्थ्यो। यस कारणले गर्दा, तिनीहरूको विकासको इतिहास अनिवार्य रूपमा अस्पष्ट छ। दन्त्य कथाहरू, कहिलेकाहीँ, साक्षर संस्कृतिभरि लिखित साहित्यमा देखा पर्छन्।[९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Jorgensen, Jeana (२०२२), Fairy Tales 101: An Accessible Introduction to Fairy Tales, Fox Folk Press, पृ: 372 pages, आइएसबिएन 979-8985159233।
- ↑ Bettelheim, Bruno (१९८९), The Uses of Enchantment, पृ: २५।
- ↑ Thompson, Stith (१९७२), "Fairy Tale", Funk & Wagnalls Standard Dictionary of Folklore, Mythology & Legend, Funk & Wagnalls, आइएसबिएन 978-0-308-40090-0।
- ↑ Martin, Gary, "'Fairy-tale ending' – the meaning and origin of this phrase", Phrasefinder।
- ↑ Orenstein, Catherine (२००२), Little Red Riding Hood Uncloaked, पृ: ९।
- ↑ Gray, Richard (५ सेप्टेम्बर २००९), "Fairy tales have ancient origin", The Telegraph।
- ↑ "Fairy tale origins thousands of years old, researchers say", BBC News, २० जनवरी २०१६।
- ↑ "दन्त्यकथा", नेपाली शब्दकोश (नेपालीमा), १९ माघ २०८२।
- ↑ Honti, John Th. (१९३६), "Celtic Studies and European Folk-Tale Research", Béaloideas 6 (1): 33–39, जेएसटिओआर 20521905, डिओआई:10.2307/20521905।