दवाडी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दुवाडी आत्रेय गोत्रीय बाहुन जातीको एक थर हो। दुवाडी थरको उत्पत्तिको बारेमा उनीहरू दैलेखको दु वाडाबाट क्षेत्रबाट उत्पत्ति भएको विश्वास गरिएको छ। वि.सं. १२४६ मा राजपाठ आफ्नी रानी (क्षेत्रीकी छोरी विदुला पट्टिबाट जन्मेका) छोरा कालू थापालाई दिई काशीबास गर्न जाने संयुक्त डोटी राज्यका राजा श्रीवत्सराज भट्टकी ब्राह्मणी पत्नी कान्तिमती पट्टिका नाति (श्रीदेव भट्टकी माहिली पत्नी नीलाम्बराका साहिँला छोरा) श्रीनाथ भट्ट वझाङ् पौडीको झोता दरबारमा जन्मी हाल दैलेख साविक जुम्ला राज्य भित्र पर्ने दुवाडाबाट मा बसाईं सरेकाले उनका सन्तानहरू दुवाडी थरले चिनिन पुगे |दुवाडीहरू हाल गोरखा , धादिङ् , चितवन आदि ठाउँमा फैलिएर रहेकाछन् |