दान



दान[२] एक संस्कृत र पाली शब्द हो, जसले भारतीय धर्म र दर्शनहरूमा उदारता, परोपकार वा भिक्षा दिने सद्गुणलाई जनाउँछ।[३]
हिन्दु धर्म, बौद्ध धर्म, जैन धर्म र सिख धर्ममा दान उदारताको विकास गर्ने एक अभ्यास हो। यो सङ्कट वा आवश्यकतामा परेका व्यक्तिलाई गरिने सहयोग,[४]
दान भारतीय परम्पराहरूमा एक प्राचीन अभ्यास हो, जसको जरा वैदिक परम्परासम्म पुग्छ।[५][६]
हिन्दु धर्म
[सम्पादन]दानको अर्थ अर्पण गर्नु हो, जुन प्रायः चन्दा र परोपकारको सन्दर्भमा प्रयोग गरिन्छ।[७] अन्य सन्दर्भमा, जस्तै अनुष्ठानहरूमा, यसले केवल कुनै वस्तु दिने कार्यलाई जनाउन सक्छ।[७] प्राचीन ग्रन्थहरूमा दानलाई परोपकार (अरूको भलो गर्ने वा मद्दत गर्ने कार्य),[८] दक्षिणा (आफूले सकेको शुल्क वा भेटी),[९] र भिक्षा (मागेर प्राप्त गरिने दान)[१०] जस्ता अवधारणाहरूसँग सम्बन्धित गराई उल्लेख गरिएको छ।
परम्परागत ग्रन्थहरूमा दानलाई आफ्नो मानिएको वा आफ्नो भनेर पहिचान गरिएको वस्तुको स्वामित्व त्याग्ने र बदलामा केही पनि आशा नगरी प्राप्तकर्तालाई हस्तान्तरण गर्ने कार्यको रूपमा परिभाषित गरिएको छ।[११]
दान सामान्यतया एक व्यक्ति वा परिवारलाई दिइने भए तापनि, हिन्दु धर्ममा सार्वजनिक हितका लागि गरिने दानको पनि चर्चा गरिएको छ, जसलाई कहिलेकाहीँ उत्सर्ग भनिन्छ। यस अन्तर्गत धर्मशाला, विद्यालय निर्माण, खानेपानी वा सिँचाइका लागि इनार खन्ने, वृक्षारोपण गर्ने, वा स्वास्थ्य उपचार केन्द्र बनाउने जस्ता बृहत् परियोजनाहरू पर्दछन्।[१२]
हिन्दु ग्रन्थहरूमा दान
[सम्पादन]ऋग्वेदमा दानको सबैभन्दा प्रारम्भिक चर्चा पाइन्छ।[१३] ऋग्वेदले यसलाई 'सत्य'सँग जोड्दछ र अर्को एक सूक्तमा खाँचोमा परेकाहरूलाई दान नदिँदा महसुस हुने आत्मग्लानितर्फ सङ्केत गर्दछ।[१३]
महाभारत को 'आदि पर्व' (अध्याय ९१) मा मानिसले पहिले इमानदार माध्यमबाट धन कमाउनुपर्छ र त्यसपछि मात्र दानमा लाग्नुपर्छ भनिएको छ। महाभारतले मीठो बोली र अरूबाट अन्याय हुँदा पनि कठोर शब्द प्रयोग नगर्नुलाई पनि दानको एक रूप मानेको छ। 'अनुशासन पर्व' (अध्याय ५८) मा मानिस र पशुका लागि खानेपानीको ट्याङ्की निर्माण गर्नु र सार्वजनिक स्थानमा बत्ती बाल्नुलाई उत्तम दानको रूपमा चर्चा गरिएको छ।
भागवत पुराण ले दान कहिले उचित र कहिले अनुचित हुन्छ भन्ने चर्चा गर्दछ। यदि दानले आफ्नो वा आफ्नो परिवारको जीवन निर्वाहमा सङ्कट ल्याउँछ वा अपाङ्ग बनाउँछ भने त्यस्तो दान अनुपयुक्त हुन्छ। पुराणहरूले आफ्नो सामान्य जीवन निर्वाहका लागि आवश्यक भन्दा बढी भएको आम्दानीबाट मात्र दान गर्न सिफारिस गर्दछन्।[१२]
दक्षिण भारतको प्रसिद्ध ग्रन्थ तिरुक्कुरलले पनि दानको महत्त्वबारे चर्चा गरेको छ। तिरुवल्लुवरका अनुसार: "गरिबलाई दिनु नै साँचो दान हो, अरू सबै दानले कुनै न कुनै प्रतिफलको आशा राख्छ।" महाभारत जस्तै तिरुक्कुरलले पनि दानको अवधारणालाई कर्म (शरीर), वचन (वाणी) र विचार (मन) सम्म विस्तार गरेको छ। एक उज्ज्वल मुस्कान, मायालु आँखा र निष्कपट हृदयले बोलिएका सुखद शब्दहरू पनि दानको एक रूप हुन्।[१४]
बौद्ध धर्म
[सम्पादन]
एक औपचारिक धार्मिक कार्यका रूपमा दान विशेष गरी बौद्ध गृहस्थहरूद्वारा भिक्षु वा आध्यात्मिक रूपमा विकसित व्यक्तिलाई अर्पण गरिन्छ।[१५] बौद्ध दर्शनमा, दानले दाताको मनलाई शुद्ध र रूपान्तरण गर्ने प्रभाव राख्दछ।[१६]
दानको माध्यमबाट विकसित गरिएको उदारताले भौतिक सम्पन्नताको अनुभव गराउँछ र सम्भवतः सुगतिका लोकहरूमा पुनर्जन्म गराउन मद्दत गर्दछ। पाली त्रिपिटकको दीघजानु सुत्तमा, उदारता (जसलाई पालि शब्द 'चाग'द्वारा जनाइएको छ र यो 'दान'को पर्यायवाची हुन सक्छ) लाई अर्को जन्ममा सुख र धन प्राप्तिका लागि आवश्यक चार गुणहरूमध्ये एकको रूपमा पहिचान गरिएको छ। यसको विपरीत, दानको अभावले दुर्गति र गरिबीतर्फ डोर्याउँछ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Jātaka, the Buddha's Past Birth-Stories, Level 1 Balustrade, Top, at Borobudur"।
- ↑ "Danam, Dānam: 1 definition", Wisdom Library (अङ्ग्रेजीमा), २०१९-०८-११।
- ↑ Cole, William Owen (१९९१), Moral Issues in Six Religions, Heinemann, पृ: 104–105, आइएसबिएन 978-0435302993।
- ↑ "Anusasana Parva", Mahabharata, Calcutta: Bharata Press, १८९३, LIX, "अभयं सर्वभूतेभ्यॊ वयसने चाप्य अनुग्रहम
यच चाभिलषितं दद्यात तृषितायाभियाचते
दत्तं मन्येत यद दत्त्वा तद दानं शरेष्ठम उच्यते
दत्तं दातारम अन्वेति यद दानं भरतर्षभ"</ref वा धेरैलाई सशक्त बनाउन र मद्दत गर्न गरिने सार्वजनिक परोपकारी परियोजनाहरूको रूपमा हुन सक्छ।<ref name=ganguli>"Anusasana Parva", Mahabharata, Calcutta: Bharata Press, १८९३, LVIII। - ↑ Shah, Shashank; Ramamoorthy, V.E. (२०१३), Soulful Corporations, Springer, पृ: १२५, आइएसबिएन 978-81-322-1274-4, "दानको अवधारणा वैदिक कालदेखि सुरु भएको हो। ऋग्वेदले प्रत्येक नागरिकको कर्तव्य र जिम्मेवारीको रूपमा दानलाई अनिवार्य गरेको छ।"
- ↑ Bīrūnī, Muḥammad ibn Aḥmad (१९१०), "LXVII: On Alms, and how a man must spend what he earns", Alberuni's India 2, London: Kegan Paul, Trübner & Co., पृ: 149–150।
- 1 2 "Spoken Sanskrit Dictionary: दान", University of Koeln, Germany, मूलबाट २०१४-१२-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२६-०३-२८।
- ↑ Marujo, Helena Águeda (२०१३), Positive Nations and Communities, Springer, पृ: ८२।
- ↑ Lochtefeld, James G. (२००२), The Illustrated Encyclopedia of Hinduism, Rosen Publishing Group, पृ: १६९।
- ↑ Gomez, Alberto Garcia (२०१४), Religious Perspectives on Human Vulnerability in Bioethics, Springer, पृ: 170–171।
- ↑ Rao, K. Ramakrishna, सम्पादक (२००८), Handbook of Indian Psychology, Cambridge University Press, पृ: 361–382।
- 1 2 Agarwal, Sanjay (२०१०), Daan and Other Giving Traditions in India, AccountAid India।
- 1 2 Hindery, "Comparative ethics in Hindu and Buddhist traditions", The Journal of the International Association of Buddhist Studies 2 (1): १०५।
- ↑ Tiruvaḷḷuvar (१९४४), Tirukkuṛaḷ।
- ↑ Harvey, Peter (२०१३), An Introduction to Buddhism: Teachings, History and Practices (2. संस्करण), Cambridge University Press, पृ: 267।
- ↑ McFarlane, Stewart (२००१), "The structure of Buddhist ethical teaching", in Harvey, Buddhism, New York: Continuum, पृ: १८६, आइएसबिएन 0826453503।