दानी रोड्रिक
रोड्रिक (सन् २०१२) | |
| जन्म | १४ अगस्ट १९५७ इस्तानबुल, टर्की |
|---|---|
| क्षेत्र | अन्तरर्राष्ट्रिय अर्थशास्त्र, अर्थशास्त्र विकास, राजनीतिक अर्थशास्त्र |
| जानकारी हरु यहाँ IDEAS/RePEc छन् । | |
दानी रोड्रिक (जन्म: अगस्त १४, १९५७) एक टर्किस अर्थशास्त्री हुन् र हार्वर्ड विश्वविद्यालय जोन एफ केनेडी स्कूल अफ गभर्नमेन्टमा अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रको फोर्ड फाउन्डेसन प्रोफेसरको रूपमा कार्यरत छन्। यसअघि उनी पहिले प्रिन्सटन, न्यू जर्सी इन्स्टिच्युट फर एडभान्सड स्टडीमा सामाजिक विज्ञानका अल्बर्ट ओ. हिर्शम्यान प्रोफेसरको रूपमा कार्यरत थिए।
उनले अन्तर्राष्ट्रिय अर्थशास्त्र, आर्थिक विकास तथा राजनीतिक अर्थशास्त्रका क्षेत्रमा व्यापक रूपमा प्रकाशन गरेका छन्। राम्रो आर्थिक नीति के हो र किन केही सरकारहरू त्यसलाई अपनाउन अरूभन्दा बढी सफल हुन्छन् भन्ने प्रश्न उनको अनुसन्धानको केन्द्रमा रहेको छ। उनका कृतिहरूमध्ये अर्थशास्त्र नियमहरूः अव्यवस्थित विज्ञानको अधिकार र गल्तीहरू र भूमण्डलीकरण विरोधाभासः लोकतन्त्र र विश्व अर्थतन्त्रको भविष्य समावेश छन्।
जीवनी
[सम्पादन]रोड्रिक सेफार्डिक यहूदीहरू परिवारबाट आएका हुन्।[१]
इस्तानबुलको रोबर्ट कलेजबाट स्नातक गरेपछि उनले १९७९ मा हार्वर्ड कलेजबाट सरकार तथा अर्थशास्त्र विषयमा A.B. उपाधि (सुम्मा कम लाडे सहित) प्राप्त गरे। त्यसपछि उनले १९८१ मा प्रिन्सटन स्कूल अफ पब्लिक एन्ड इन्टरनेशनल अफेयर्सबाट एम. पि. ए. डिग्री उपाधि हासिल गरे र १९८५ मा प्रिन्सटन विश्वविद्यालयबाट अर्थशास्त्रमा Ph.D. प्राप्त गरे।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Uchitelle, Louis (३० जनवरी २००७), "Economist Wants Business and Social Aims to Be in Sync (Published 2007)", The New York Times।
बाह्य कडीहरू
[सम्पादन]- दानी रोड्रिकको गृहपृष्ठ अभिलेखिकरण २०१७-०१-२६ वेब्याक मेसिन
- दानी रोड्रिकको पछिल्लो अनुसन्धान अभिलेखिकरण २०२४-११-१० वेब्याक मेसिन
- दानी रोड्रिकको वेबलग अभिलेखिकरण २०१९-१२-१९ वेब्याक मेसिन
- "समृद्धिको बाटो" अभिलेखिकरण २०११-१०-११ वेब्याक मेसिन