दामन
स्वरूप
दामन | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २७°३६′२९″उ ८५°०५′३९″पू / 27.60806°N 85.09417°E | |
देश | ![]() |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | मकवानपुर जिल्ला |
क्षेत्रफल | |
• जम्मा | ४६.६ किमी२ (१८�० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १६,७७६ |
• घनत्व | ३६०/किमी२ (९३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
दामन नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, मकवानपुर जिल्लामा अवस्थित एक गाविस तथा लोकप्रिय पर्यटकीय तथा कृषि क्षेत्र हो। यो स्थान प्राकृतिक दृष्टिकोणले पनि लोभलाग्दो छ। यो ठाउँमा घुम्न वर्षेनी लाखौं आन्तरिक र बाह्य पर्यटकहरू आउने गर्छन्। दामनमा अवस्थित भ्यू टावरबाट सगरमाथा हिमाल प्रष्ट हेर्नसकिने भएकाले पनि दामन पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ।[१]। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १६७७६ रहेको थियो जसमध्ये ७९९१ पुरुष र ८७८५ महिला रहेका थिए भने यहाँ ३२२१ घरधुरी रहेको थियो।[२][३] यो हाल थाहा नगरपालिकामा पर्दछ।
यसको साविकका १-४ वडाहरू थाहा नगरपालिकाको वडा नम्बर ३ हो भने ५-७ वडाहरू वडा नम्बर ४ र ८-९ वडाहरू वडा नम्बर ५ हो।
चित्र दिर्घा
[सम्पादन गर्नुहोस्]-
दामनको साँझको दृष्य
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Woodhatch, Tom, "Nepal Handbook", Google books, अन्तिम पहुँच २०१०-०९-२०।
- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति