दिपक थापा
दिपक थापा | |
|---|---|
| 31th प्रहरी महानिरीक्षक | |
| पद बहाली 18 March 2026 | |
| राष्ट्रपति | रामचन्द्र पौडेल |
| प्रधानमन्त्री | केपी शर्मा ओली |
| उपराष्ट्रपति | राम सहाय यादव |
| व्यक्तिगत विवरण | |
| जन्म | २०२८ मंसिर ८ Sipadol,Nepal |
| मातृ शिक्षाप्रतिष्ठान | त्रिभुवन विश्वविद्यालय |
दिपक थापा (जन्म २०२८ मंसिर ८) नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) हुन् । [१]
उनलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले ४ चैत २०८१ मा महानिरीक्षकमा बढुवा[२] गरेको थियो ।
प्रतिष्पर्धी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुमध्ये वरिष्ठतामा समेत अगाडि रहेका उनलाई सरकारले ५ चैतमा आईजीपीको नियुक्ति पत्र दिएको थियो ।
उनलाई गृहसचिव गोकर्णमणि दुवाडी[३]ले आईजीपीको दर्ज्याह्नी चिह्न लगाइदिएका थिए । योसँगै उनी नेपाल प्रहरीको ३०औं महानिरीक्षक बनेका[४] छन् ।
प्रहरी सेवा
[सम्पादन गर्नुहोस्]भक्तपुरका स्थायीवासी थापा प्रहरी सेवामा प्रवेश गर्नुअघि स्थायी शिक्षक[५] थिए । उनले २०४६ सालमा आईए उत्तीर्ण गरेर शिक्षक सेवा आयोगको परीक्षा दिएका थिए ।
त्यसक्रममा बीए पढ्दै गर्दा उनले निमाविको स्थायी शिक्षकमा नाम निकाले । त्यसपछि उनले कन्या मावि भक्तपुरमा गणित विषय पढाएका थिए । अध्यापन गराइरहेका बेला प्रहरी निरीक्षकमा भर्ना खुलेको थाहा पाएपछि उनले दर्खास्त दिएका थिए ।
यो १० मंसिर २०५० को कुरा हो । उनी सबै परीक्षामा पास भएर ५५औं नम्बरमा नाम निकाले । पहिलो लटमा सरकारले ५ चैत २०५१ मा १ देखि ५३ नम्बरसम्मलाई भर्ना लियो । विशेष कोटा भनेर गुप्तचरबाट आएका दुई जना गरी ५५ जनालाई तालिममा पठाइयो । तर ५५औं नम्बरमा रहेका थापा छुटे ।
पछि उनले ६ महिनापछि नियुक्ति[६] पाएका थिए ।
| दर्जा | बढुवा/नियुक्ति | कैफियत |
| इन्स्पेक्टर | २०५२ भदौ १९ | प्र.नि.पदमा नियुक्ति |
| डीएसपी | २०६३ भदौ ८ | |
| एसपी | २०७२ साउन ८ | |
| एसएसपी | २०७५ फागुन ६ | |
| डीआईजी | २०७९ असार १७ | |
| एआईजी | २०७९ चैत ६ |
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२५-०३-१८।
- ↑ "नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२५-०३-१८।
- ↑ "दिपक थापाले लगाए आईजीपीको फूली (भिडिओ)", Nepal Press (en-USमा), अन्तिम पहुँच २०२५-०३-१८।
- ↑ "भाग्यमानी आईजीपीले पाएको ६ महिना", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२५-०३-१८।
- ↑ "स्थायी शिक्षक छाडेर प्रहरी प्रवेश गरेका आईजीपी", www.ratopati.com (Nepaliमा), अन्तिम पहुँच २०२५-०३-१८।
- ↑ "भाग्यमानी आईजीपीले पाएको ६ महिना", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२५-०३-१८।
