दिपक बहादुर के. सी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search




लामो समयसम्म शिक्षण पेशा गरेका माओवादी सभासद् दीपकबहादुर केसी माओवादीका केन्द्रीय सल्लाहकार पनि हुनुहुन्छ्। उहाँकी श्रीमती भवानी बस्नेत माओवादी निकट शिक्षक सङ्गठनकी केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ।

वि.स. १९९८ साउन १८ गते मरन्ठाना -५ टाँकुरामा जन्मेका केसीले २०१९ साल देखि राजनीतिक यात्रा सुरु गर्नुभएको हो। उहाँ पार्टी विभाजनपछि नेकपा मशालतिर लाग्नु भएको थियो। उहाँ जिल्ला समितिको सचिवहुँदै क्षेत्रीय ब्युरोको सदस्य पनि बन्नु भयो।

कसङ्गठन निर्माणमा रुची राख्ने केसी फुर्सदको बेला अध्ययन गर्न मन पराउनुहुन्छ। राप्ती क्षेत्रका सबै जिल्लामा काम गरेका के सीले माओवादी विद्रोहका बेला गरिएका प्रतिवद्वता संविधानमा लेखिनुपर्ने बताउनहुन्छ। [१]

सन्दर्भ[सम्पादन गर्ने]