दि फेमस महिन्द्र दल गण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


विक्रम संवत् १९०१ साल माघ महिनामा श्री ५ राजेन्द्र वीर विक्रम शाहको स्वीकृितबाट मुख्तियार माथवरसिंह थापाले खडा गरेको ६ पल्टनमध्ये एक पल्टन महिन्द्रदल गण हो । यो पल्टनले १९०२ सालमा जनरल श्री गगन सिंहको मातहतमा रही आफूलाई दिइएको तोपखाना निरीक्षण र संरक्षण्ँको काम सम्हाल्दै आयो । पछि १९०३ साल असोजमा अकस्मात प्रधानमन्त्री हुन पुगेका जंग बहादुर कुंवरलाई सलामी दिएको यस महिन्द्रदल बटालियनले त्यसपछि पनि तोप खानाको गोली, हातहतियार आदिको रेखदेख गर्न दिइएको थियो । भोटको लडाईः वि.सं. १९११मा जनरल बखत जंग कुंवरको कमाण्डमा महिन्द्रदल बटालियन भोट फत्य गर्न हिड्यो । अन्त्यमा घण्टामा, घडीमा र झु¨ामा भोटेहरूस“ग घोर घमसानको लडाइ“मा विजय प्राप्त ग¥यो फलस्वरूप यस गणको कामको खुबै चर्चा भयो । त्यस बखत सराहनीय काम गरेकोले ठूलो नाम कमायो । उक्त लडाइ“मा यो पल्टनल े आºनो रखे दखे र जिम्मामा रहेको तोप, गोली, बारुद, खरखजाना, हातहतियार समस्त लडाइ“मा चाहिने कुरा बोकी रण्ँ क्षेत्रमा पुगेर उक्त मालसमानहरू पल्टनहरूलाई वितरण गर्नुको साथै आफू पनि इन्फेन्ट्रीको काम गर्दै लडाइ“मा सफलता प्राप्त गरी नेपालको राजधानी फर्किएको थियो । त्यसरी भोटको लडाइ“मा सफलता प्राप्त गरेकोले यस बटालियनका कमाण्डर लगायत सिपाहीसम्मका जवानलाई प्रधानमन्त्री जंग बहादुरले आºनो सरकारको तर्फबाट ठूलो स्याबासी र धन्यवाद एवं बधाइर्क ा े साथै भोट फत्य महिन्द्रदल भन्ने तक्मा दिइयो । जुन तक्मा रिबनसहित ज्ञानेन्द्र संग्राहलयमा सुरक्षित छ । [१]

दि महिन्द्र दलको निशान[सम्पादन गर्ने]

“भागी जिउ“दो हुनु भन्दा लडी मर्नु सो धर्म हो” भन्ने आदर्श वाक्य बोकेको श्री दि फेमस महिन्द्र दल गणमा श्री निशान भगवती अ.नि. (अगाडिको निशान) र प.नि. पछाडिको निशान)को रूपमा दुर्इ वटा विराजमान गरिएको छ । जुन अ.नि. को लम्बाई ६ फिट ९ इञ्च रहेको छ जसमा निशानको फर्दा चारकुने (लम्बाई ५ फिट ९ इञ्च, चौडाई ४ फिट ३ ईन्च) रहेको छ जुन फर्दामा बाहिरी किनाराको र¨ पहे“लो ऐश्वर्यवर्धक र सो भन्दा भित्री किनारामा सौभाग्यवर्धक फुस्रो रातो सिम्रिकको रूपमा र बिचको भाग निरपानी र¨को शान्तिवर्धक रूपमा राखिएको छ । साथै बिचको निरपानी फर्दामा चन्द्रमा र सूर्यको बिचमा श्री महिन्द्र काली भगवतीको चक्र, खड्ग र पाउ अङ्कित चिन्हहरूले सजिएका छन् जुन फर्दामा रहेका सबै चिन्हहरूको भाव बु¤दा सधै“ अमर अटल रहिरहने सूर्य र चन्द्रमालाई साक्षी राखेर श्री महिन्द्रकाली भगवतीको चक्र, खड्गद्वारा आईलाग्ने शत्रुहरूको सामना गर्दै यस मातृभूमिको रक्षार्थ खट्टिने छांै भन्ने भावनात्माक अभिप्रायलाई दर्शाएको छ । नेपाली सेनाले निशानलाई शक्तिस्वरूपिणी भगवतीको रूपमा मानिएको हु“दा भगवतीलाई विभिन्न अलङ्कारहरूले अलंकृत गर्ने क्रममा ९६ तोला सुनको गहना र फु“दाहरू साथै चा“दीका गहनाहरूले समेत निशान भगवतीलाई पूर्णरूपले सजाइएको छ । यस गणको निशान भगावतीको फर्दामा श्री महिन्द्रकालीको चक्र, खड्ग र पाउ अङ्कित गरिएकोले श्री दि फेमस महिन्द्र दल गणले इष्टदेवको रूपमा “श्री महिन्द्रकाली भगवती” लाई नै मानि पूजाअर्चना गर्दै आइरहेको छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ सिपाही पाक्षिक, १ पौष २०६९(अतिरिक्ताङ्क-पृष्ठ-क)