सामग्रीमा जानुहोस्

दीपुचन्द्र दासको बर्बरतापूर्वक हत्याकाण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दीपुचन्द्र दासको बर्बरतापूर्वक हत्याकाण्ड
स्थानस्क्वायर मास्टरबाडी क्षेत्र, भालुका, मयमनसिंह,  बङ्गलादेश
मितिसन् २०२५ डिसेम्बर १८
लगभग रातको ९ बजे (बङ्गलादेशको प्रमाणिक समय (युटिसी+०६:००)
आक्रमणको प्रकार
भीडद्वारा गरिएको हिंसा, बर्बरतापूर्वक गरिएको हत्याकाण्ड
मृत्यु
पीडितदीपुचन्द्र दास (उमेर अन्दाजी, २५,२७ वा ३०)
अपराधीहरू१४०–१५० जनाको भीड (प्रहरी तथ्याङ्क अनुसार)
उद्देश्यईश्वरनिन्दाको आरोप

सन् २०२५ डिसेम्बर १८ का दिन एक कारखानाको कार्यक्रममा इस्लामको बारेमा अपमानजनक टिप्पणी गरेको आरोपमा दीपुचन्द्र दास नामक एक हिन्दू व्यक्तिलाई मयमनसिंहको भालुका भन्ने ठाउँमा कुटपिट गरी हत्या गरिएको थियो। यस घटनालाई लिएर अनुसन्धान थालेको प्रहरी बल र र्‍यापिड एक्सन बटालियनले कुनै पनि प्रमाणले ईशनिन्दाको आरोपलाई समर्थन नगरेको र यो घटना लामो समयदेखि चलिरहेको श्रम विवादसँग जोडिएको बताएको थियो।[] दीपुको हत्या नियतवश गरिएको र घटना लामै समयसम्म चलिरहेको अधिकारीहरूले बताएका थिए।[] उनको मृत्यु पश्चात् भीडले उनको शवलाई रुखमा बाँधेर आगो लगाइदिएका थिए।[][] बङ्गलादेशमा विद्यार्थी नेता सरिफ ओस्मान हादीमाथि भएको आक्रमण र हादीको मृत्युपछि उब्जिएको व्यापक अशान्तिको समयमा यो घटना घटेको थियो।

यो हत्याकाण्ड बङ्गलादेशमा बढ्दो हिंसाको पृष्ठभूमिमा घटेको थियो। आउँदै गरेको निर्वाचनमा ढाका-८ निर्वाचन क्षेत्रका स्वतन्त्र उम्मेदवार तथा एक प्रमुख युवा नेता ओस्मान हादी अज्ञात हतियारधारीहरूद्वारा चलाइएको गोली लागि घाइते भएका थिए भने उनको उपचारको क्रममा निघन भएका थियो।[] हादी सन् २०२४ को विरोध प्रदर्शनका एक मुख्य व्यक्तित्व थिए जसले प्रधानमन्त्री शेख हसिनालाई अगस्ट २०२४ मा पदबाट हटाउनमा भूमिका खेलेका थिए। उनको मृत्युले देशव्यापी रूपमा हिंसात्मक विरोध प्रदर्शन उत्पन्न गरेको र विरोध प्रदर्शनको फलस्वरूप सञ्चार माध्यमका कार्यालय, सांस्कृतिक संस्था र भारतीय कूटनीतिक मिसनहरूमा आक्रमण गरिएको थियो।[][]

अल्पसङ्ख्यकहरूमाथिको हिंसा

[सम्पादन गर्नुहोस्]

शेख हसिनाको सरकार अपदस्त भएपछि बङ्गलादेशमा हिन्दु अल्पसङ्ख्यक समुदायमाथिको हिंसामा उल्लेखनीय वृद्धि भएको देखिन्छ। सन् २०२२ को बङ्गलादेश राष्ट्रिय जनगणनाका अनुसार, बङ्गलादेशमा लगभग १ करोड ३१ लाख हिन्दुहरू थिए जसले देशको जनसङ्ख्याको लगभग ७.९५ प्रतिशत अंश बनाउँदछ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "ভালুকায় যুবককে পিটিয়ে হত্যা, 'ধর্ম অবমাননার' প্রমাণ পায়নি র‍্যাব", দেশ রূপান্তর (बङ्गालीमा), अन्तिम पहुँच २०२५-१२-२० 
  2. "Diplomatic face-off with India, angry protests spill to Kolkata: 10 points on Bangladesh unrest", Hindustan Times (अङ्ग्रेजीमा), २०२५-१२-२३, अन्तिम पहुँच २०२५-१२-२३ 
  3. "Lynching of a Hindu in Bangladesh Fans Fears of Rising Intolerance", The New York Times, डिसेम्बर २२, २०२५, अन्तिम पहुँच डिसेम्बर २३, २०२५ 
  4. "Mob kills man over 'hurting religious sentiments'", The Daily Star, २० डिसेम्बर २०२५, अन्तिम पहुँच २० डिसेम्बर २०२५ 
  5. "Who was Sharif Osman Hadi; why is Bangladesh on fire over his death?", Al Jazeera, १९ डिसेम्बर २०२५, अन्तिम पहुँच २० डिसेम्बर २०२५ 
  6. "Sharif Osman Hadi death: Bangladesh urges citizens to 'resist mob violence', condemns lynching of Hindu man", The Statesman, १९ डिसेम्बर २०२५, अन्तिम पहुँच २० डिसेम्बर २०२५ 
  7. "ওসমান হাদির মৃত্যুকে কেন্দ্র করে দেশের বিভিন্ন স্থানে ভাঙচুর-অগ্নিসংযোগ", बीबीसी बाङ्ला (बङ्गालीमा), १९ डिसेम्बर २०२५। 
  8. "Bangladesh violence live updates, Sharif Osman Hadi's death", Sunday Guardian Live, २० डिसेम्बर २०२५, अन्तिम पहुँच २० डिसेम्बर २०२५