दीर्घराज कोइराला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


दीर्घराज कोइराला (विसं १९७६ भदौ २५–२०६७ कार्तिक ६) नेपालको प्रशासनिक, शैक्षिक, समाजसेवा, राजनीतिक क्षेत्रमा चिनिएको नाम हो ।

जन्म[सम्पादन गर्ने]

उनको जन्म विराटनगरमा विसं १९७६ भदौ २५ गते पिता विष्णुप्रसाद र माता मानकुमारी कोइरालाका सन्तानका रुपमा भएको थियो ।

शिक्षा र सरकारी सेवा[सम्पादन गर्ने]

अर्थशास्त्रमा भारत तथा अमेरिकाबाट स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका कोइरालाले नेपालको ७२ जिल्लामा स्कूल स्थापना र निरीक्षण गर्ने काम गरेका थिए । कोइराला राणाकालमा जनताको छोराको रूपमा पहिलो शिक्षा डाइरेक्टर बनेका थिए । कोइराला शिक्षा सचिव, कृषि तथा सिंचाइ सचिव, उद्योग वाणिज्य सचिव, एसियाली विकास बैंकको सल्लाहकार, छालाजुत्ता कारखानाको प्रवन्ध निर्देशक, कृषि विकास बैंकको प्रवन्ध निर्देशक एवम् अध्यक्ष, चर्खा प्रचारक गान्धी स्मारक महागुठीको महासचिवसमेत भएर काम गरेका थिए ।

सेवामा संलग्न[सम्पादन गर्ने]

कोइरालाले अविवाहित रहेर शिक्षाको क्षेत्रमा विशेष योगदान दिएका थिए । दुम्जा कुशेश्वर सिन्धुली पैत्रिक थलो भएकाले कोइरालाले दुम्जा कुशेश्वर विद्यापीठ हाइस्कूलको स्थापना गरी संस्थापक अध्यक्षको रूपमा लामो समयसम्म काम गरेका थिए । कोइराला शिक्षाप्रेमी भएकाले गरिब, पढ्न नपाएका छात्रछात्राका लागि उनले आफ्नो जागीरको आधा तलब दिई पढ्न सहयोग गर्ने गरेका थिए । नेपाल अपाङ्ग सङ्घको केन्द्रीय सदस्य, सनातन धर्म सेवा समितिको सदस्य, तिलगङ्गा आँखा अस्पतालको संस्थापक सदस्य रहे ।

राजनीतिक सल्लाहकार[सम्पादन गर्ने]

विसं २०४८ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रमुख सल्लाहकारका रूपमा समेत कोइरालाले काम गरेका थिए ।

निधन[सम्पादन गर्ने]

बाह्र वर्षदेखि पक्षघात रोगबाट ग्रसित कोइरालाको २०६७ कार्तिक ६ गते बिहान १:४५ बजे माइलो भतिज दिलीप कोइरालाको निवास महाराजगन्ज, काठमाडौंमा ९२ वर्षको उमेरमा निधन भयो ।