सामग्रीमा जानुहोस्

दुःख (फन गोख)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दुःख
कलाकारभिन्सेन्त फन गोख
वर्ष१८८२ (1882)
क्याटलगF929a
प्रकाररेखाचित्र
माध्यमकागजमा सिसाकलम, कलम र मसी
विषयनाङ्गो
आकार44.5 cm × 27.0 cm (१७.५ इन्च × १०.६ इन्च)
अवस्थाराम्रो
स्थानद न्यु आर्ट ग्यालेरी वाल्सल, इङ्ल्यान्ड
पहुँच सङ्ख्या१९७३.१२८.जिआर

दुःख नेदरल्यान्डेेेेली उत्तर प्रभावोत्वादी चित्रकार भिन्सेन्त फन गोखद्वारा सन् १८८२ मा कोरिएको एक रेखाचित्र हो। फन गोखले कलाकार बन्ने निर्णय गरेको दुई वर्षपछि सिर्जना गरिएको यो कृतिले ३२ वर्षीया गर्भवती महिला क्लासिना मारिया होर्निकलाई चित्रण गर्दछ, जो सामान्यतया सिन नामले परिचित छिन्। यो रेखाचित्र द न्यु आर्ट ग्यालेरी वाल्सल मा रहेको गार्म्यान रायन सङ्ग्रहको एक भाग हो।[] यसभन्दा पहिले, यो कलाकार साली रायनको निजी सङ्ग्रहमा थियो, जसले लन्डनको डोर्चेस्टर होटलमा झुन्डाएकी थिइन्।[]

यो रेखाचित्र सिन होर्निकलाई मोडेलको रूपमा प्रयोग गर्ने एउटा रेखाचित्र शृङ्खलाको भाग हो। फन गोखका धेरै पत्रहरूमा यसको उल्लेख पाइन्छ र उनले यसलाई उच्च महत्त्व दिएको देखिन्छ। उनले यसलाई एउटा महत्त्वपूर्ण कृति ठान्दै र यो रेखाचित्रलाई "मैले कोरेको सबैभन्दा राम्रो आकृति" भनेर वर्णन गरेका थिए।[] सन् १८८२ को जुलाईमा लेखिएको एउटा पत्र यसप्रकार छ; म केही मानिसहरूलाई छुने रेखाचित्रहरू बनाउन चाहन्छु। दुःख एउटा सानो सुरुवात हो [...] यसमा कम्तीमा मेरो आफ्नै हृदयबाट केही न केही त छ नै।[]

सिनसँगको सम्बन्ध

[सम्पादन गर्नुहोस्]

फन गोखले जनवरी १८८२ मा आफ्नी पाँच वर्षीया छोरी मारिया विल्हेल्मिनासँग हेगको सडकमा डुलिरहेको अवस्थामा सिन होर्निकलाई भेटेको बताइन्छ। उनी निर्धन, गर्भवती, रक्सी र सुर्तीको लतमा रहेको र एक वेश्याको रूपमा काम गर्दथिन् भन्ने सूचना छ। फन गोखले सन् १८८२ र १८८३ को बीचमा करिब एक वर्ष दया र कर्तव्यको भावनाले उनीहरूको हेरचाह गरेको बताइन्छ। होर्निकको दृष्टिकोणबाट, उनीहरूको सम्बन्ध कठिन परिस्थितिको सुविधाजनक समाधान मात्र भएको बताइन्छ।[] यद्यपि, फन गोख एक समयमा उनीसँग विवाह गर्ने योजनामा रहेको बताइन्छ।[] उनले सिनलाई आश्रय प्रदान गरेबापत सिनले उनको लागि मोडेलिङ गरेकी थिइन्।[]

जुलाई १८८२ मा, सिनले लेडेनको प्रसूति अस्पतालमा एउटा छोरा, विलेमलाई जन्म दिएकी थिइन्। जन्मपछि, उनी र फन गोग एउटा स्टुडियो भएको कोठामा सरेका थिए। यो फन गोखको लागि खुशीको समय थियो तर सन् १८८३ को सुरुसम्ममा सिन पुनः मदिरा सेवन थालेपिछ उनी वेश्यावृत्तिमा फर्किएकी थिइन्। उनीहरूको साझाकोठा फोहोर हुन थालेपछि उनीहरूबीचको सम्बन्ध पनि बिग्रिएको थियो। फन गोखलाई सिन र उनका बच्चाहरूको भरणपोषण गर्न कठिन हुँदै गपछि सन् १८८३ सेप्टेम्बरमा मा उनीहरू छुट्टिएका थिए भने फन गोखले आफ्नो कला यात्रालाई अगाडि बढाएका थिए। सन् १९०४ मा, क्लासिना मारिया होर्निकले खेल्डे नदीमा हाम फालेर आत्महत्या गरेकी थिइन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. पहुँच नम्बर १९७३.१२८.जिआर
  2. डिगर, जो (२००९), असाधारण मानिसहरू: गार्म्यान रायन सङ्ग्रहमा चित्रहरू, द न्यु आर्ट ग्यालेरी वाल्सल, पृ: ५६, आइएसबिएन 978-0946652938
  3. जान्सेन, लियो (२००९), भिन्सेन्त फन गोख - पत्रहरू: पूर्ण चित्रित र टिप्पणी सहितको संस्करण - खण्ड २: हेग १८८१-१८८३, लन्डन: टेम्स एण्ड हड्सन, पृ: ५२, आइएसबिएन 9780500238653
  4. रोस्किल, मार्क (१९६३), फन गोखका पत्रहरू, ग्लास्गो: फोन्टाना, पृ: १५५।
  5. डिगर, जो (२००९), असाधारण मानिसहरू: गार्म्यान रायन सङ्ग्रहमा चित्रहरू, द न्यू आर्ट ग्यालेरी वाल्सल, पृ: ३२, आइएसबिएन 978-0946652938
  6. ब्रोङ्कहर्स्ट, ह्यान्स (१९९०), भिन्सेन्त फन गोख, लन्डन: वाइडेनफेल्ड एण्ड निकोल्सन, पृ: १५, आइएसबिएन 0297831089
  7. "पत्र २२७: थिओ फन गोखलाई। हेग, मङ्गलबार वा सोभन्दा पछि, १६ मे १८८२", भिन्सेन्त फन गोख: पत्रहरू, फन गोख सङ्ग्रहालय। अभिलेखिकरण २०१८-१२-०७ वेब्याक मेसिन
  8. जेमेल, सि (सन् १९९७) फन गोखको प्रगति: युटोपिया, आधुनिकता, र उन्नाइसौँ शताब्दीको उत्तरार्धको कला. बर्कले: क्यालिफोर्निया विश्वविद्यालय प्रेस, पृष्ठ ५२. आइएसबिएन ०-५२०-०८८४९-२.