दुई दलीय व्यवस्था
दुई-दलीय प्रणाली भनेको सरकार भित्रको राजनीतिमा दुई प्रमुख राजनीतिक दलहरू को प्रभाव रहने एक प्रकार राजनैतिक दलीय प्रणाली हो। दुई दलहरू मध्ये, एउटासँग सामान्यतया व्यवस्थापिकामा बहुमत हुन्छ र प्रायः बहुमत वा सत्तारुढ दल भनिन्छ, जबकि अर्कोलाई अल्पमत वा विपक्षी दल भनिन्छ पहिलो प्रकारको दुई-दलीय प्रणाली भनेको एउटा यस्तो व्यवस्था हो जसमा सबै (वा लगभग सबै) निर्वाचित अधिकारीहरू दुई प्रमुख दलहरू मध्ये एकका हुन्छन्। यस्ता प्रणालीहरूमा, साना वा तेस्रो पक्षहरूले व्यवस्थापिकामा विरलै कुनै पनि सिट जित्छन्। यस्ता प्रणाली उदाहरणका लागि, संयुक्त राज्य अमेरिका, बहामास, जमैका र जिम्बाब्वेमा विद्यमान छ।[१][२][३][४] In यस्ता प्रणालीहरूमा, प्रमुख राष्ट्रिय कार्यालयमा तेस्रो-पक्षका उम्मेदवारहरूले चुनाव जित्ने सम्भावना कम भए तापनि, ठूला दलहरू भित्रका गुटहरूले दुई प्रमुख दलहरू मध्ये एक वा दुवैमा प्रभाव पार्न सम्भव छ।[५][६][७][८][९][१०]
दुई-दलीय प्रणालीले संसदीय प्रणालीहरूमा सामान्य व्यवस्थालाई पनि जनाउँछ, जसमा दुई प्रमुख दलहरूले चुनावमा प्रभुत्व जमाउँछन्, तर जसमा व्यवहार्य साना दलहरू र/वा स्वतन्त्रहरू नियमित रूपमा व्यवस्थापिकामा निर्वाचित हुन्छन्। यी सफल साना दलहरू प्रायः क्षेत्रीय दलहरू हुन्। यी प्रणालीहरूमा, दुई प्रमुख दलहरूले आफ्नो मतदाताहरूको प्रतिशतले सुझाव दिने भन्दा समानुपातिक रूपमा बढी प्रभाव पार्छन्, र अन्य दलहरूले बारम्बार स्थानीय वा उप-राष्ट्रिय कार्यालयमा चुनाव जित्न सक्छन्।[११] क्यानडा, संयुक्त अधिराज्य, अष्ट्रेलिया र न्यूजील्याण्ड यस प्रकारको दुई-दलीय प्रणाली भएका देशहरूका उदाहरण हुन्।
इतिहास
[सम्पादन]उदाहरण
[सम्पादन]भारत
[सम्पादन]संयुक्त राज्य अमेरिका
[सम्पादन]संयुक्त राज्य अमेरिका आज रिपब्लिकन र डेमोक्र्याट अन्तर्गत वास्तविक दुई दलीय प्रणालीमा सञ्चालन भइरहेको छ र यी दुई प्रमुख राजनीतिक दल हुन्; ऐतिहासिक रूपमा, तेस्रो पक्षका उम्मेदवारहरूले चुनाव जितेको उदाहरणहरू थोरै मात्र छन्।
संयुक्त अधिराज्य
[सम्पादन]लेबर पार्टी र कन्जरभेटिभ पार्टी सन् १९२२ देखि संयुक्त अधिराज्यका दुई ठूला दल हुन्।
अन्य देशहरू
[सम्पादन]कारणहरू
[सम्पादन]तेस्रो पार्टीहरू
[सम्पादन]लाभहरू
[सम्पादन]केही इतिहासकारहरूको अनुसार दुई-दलीय प्रणालीले केन्द्रवादलाई बढावा दिन्छ र राजनीतिक दलहरूलाई मतदाताहरूको व्यापक समूहलाई अपील गर्ने साझा विचार खोज्न प्रोत्साहित गर्दछ। यसले राजनीतिक स्थिरता प्रदान गर्छ,[१२] जसको फलस्वरूप आर्थिक वृद्धिमा सहयोग पुर्याउँछ। कहिलेकाहीँ दुई-दलीय प्रणालीहरूलाई बहु-दलीय प्रणालीहरू भन्दा राम्रो मानिन्छ किनभने यसमा शासन गर्न सजिलो हुन्छ । यसले कट्टरपन्थी साना दलहरूलाई निरुत्साहित गर्छ, दलको विभाजनमा कमी आउँछ ।[१२] जबकि बहु-दलीय प्रणालीहरूमा प्रारी कहिलेकाहीं त्रिशंकु संसदको अवस्था सिर्जना हुन्छ ।[१३] बहु-दलीय प्रणाली भएको इटालीमा २००० देखि वर्षौंदेखि विभाजनकारी राजनीति चलिरहेको छ । दुई-दलीय प्रणालीलाई सामान्यतया सरल व्यवस्थाको रूपमा पहिचान गरिएको छ किनकि यसमा मतदानको विकल्पहरू सिमित हुन्छ।[१२]
बेफाइदाहरू
[सम्पादन]अन्य दलीय प्रणालीहरूसँग तुलना
[सम्पादन]एक दलीय प्रणाली
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Schmidt, Steffen W.; Shelley, Mack C.; Bardes, Barbara A. (२००८), "American Government and Politics Today 2008–2009", Wadsworth Publishing Company, आइएसबिएन 9780495503224, मूलबाट २०२०-०२-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-११-२२।
- ↑ The Two Party System, Boundless Publishing, Two-party systems are prominent in various countries, such as the U.S., and contain both advantages and disadvantages अभिलेखिकरण २०१३-१०-०३ वेब्याक मेसिन, Accessed August 12, 2013 "...There are two main reasons winner-takes-all systems lead to a two-party system...",
- ↑ Eric Black, Minnpost, October 8, 2012, Why the same two parties dominate our two-party system अभिलेखिकरण २०२०-०५-०२ वेब्याक मेसिन, Accessed August 12, 2013, "...SMDP (single-member districts, plurality) voting system. ... This forces those who might favor a minor party candidate to either vote for whichever of the two biggest parties the voter dislikes the least, or to risk the likelihood that their vote will be "wasted" or, worse, that they will end up helping the major-party candidate whom the voter dislikes the most to win. Minor parties aren't banned, but they seldom produce a plurality winner, and their lack of success often causes the minor parties to wither and die...."
- ↑ History Learning Site, Why America is a two-party state अभिलेखिकरण २०१५-०६-०८ वेब्याक मेसिन, Accessed August 12, 2013, "...The American electoral system – winner-takes-all – guarantees that any third, fourth party etc has no chance of winning...."
- ↑ Patrick Bashan, CATO Institute, June 9, 2004, Do Electoral Systems Affect Government Size? अभिलेखिकरण २०२०-०३-१० वेब्याक मेसिन, Accessed August 12, 2013, "...The current system has many disadvantages, most notably its propensity to discriminate against minor parties operating outside the increasingly uncompetitive, cozy two-party system.... America's winner-takes-all electoral system may be the least bad option for those seeking to limit government involvement in the nation's economic life...."
- ↑ George F. Will, October 12, 2006, Washington Post, From Schwarzenegger, a Veto for Voters' Good अभिलेखिकरण २०१७-०५-२० वेब्याक मेसिन, Accessed August 12, 2013, "...That electoral vote system (combined with the winner-take-all allocation of votes in all states but Maine and Nebraska) makes it very difficult for third-party presidential candidates to be competitive..."
- ↑ Ashley Ford, September 17, 2012, Cavalier Daily, Party of three: A third political party is an important aspect of the Virginia democratic process अभिलेखिकरण २०२०-०३-२३ वेब्याक मेसिन, Accessed August 12, 2013, "...The two party system forces the third party to join their group in a winner take all system..."
- ↑ Two Party System, PBS, Two-Party System अभिलेखिकरण २०१९-११-१७ वेब्याक मेसिन, Accessed August 12, 2013, "...Third-party or independent candidates face a slew of obstacles in American politics, from limited media coverage to legal barriers and Congressional leadership rules. Laws regarding third-party candidates also vary from state to state, presenting additional difficulties...."
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो; "Cillizza" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Chris Cillizza and Aaron Blake, May 18, 2012, The Washington Post, Americans Elect and the death of the third party movement अभिलेखिकरण २०२०-०२-२५ वेब्याक मेसिन, Accessed August 11, 2013
- ↑ Disch, Lisa Jane (२००२), The Tyranny of the Two-Party System, Columbia University Press, आइएसबिएन 978-0231110358, मूलबाट २०११-१२-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-१०-२९ – Google Booksद्वारा।
- 1 2 3 उद्दरण त्रुटी: अवैध
<ref>चिनो; "Regis" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "What mean will we regress to?", The Economist, Oct ५, २०१०, मूलबाट २०१०-११-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-११-०७, "Certainly, there have been a whole lot of hung parliaments and slow-forming coalitions around the world lately. (Canada, Australia, Britain, the Netherlands, Iraq...)"