दुबई अन्तर्राष्ट्रिय विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दुबई अन्तर्राष्ट्रिय विमानस्थल
مطار دبي الدولي
Maṭār Dubayy al-Duwalī
विवरण
विमानस्थल प्रकारसार्वजनिक
मालिकदुबई सरकार
सञ्चालकदुबई विमानस्थल कम्पनी
सेवा गर्ने स्थानदुबई, संयुक्त अरब इमिरेट्स
विमान हब
उचाइ समुद्री सतह६२ ft / १९ मी
निर्देशाङ्क२५°१५′१०″उ॰ ०५५°२१′५२″पू॰ / २५.२५२७८°N ५५.३६४४४°E / 25.25278; 55.36444निर्देशाङ्कहरू: २५°१५′१०″उ॰ ०५५°२१′५२″पू॰ / २५.२५२७८°N ५५.३६४४४°E / 25.25278; 55.36444
वेबसाइटdubaiairports.ae
नक्सा
DXB/OMDB is located in संयुक्त अरब इमिरेट्स
DXB/OMDB
DXB/OMDB
DXB/OMDB is located in एसिया
DXB/OMDB
DXB/OMDB
सअइमा स्थान
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
12L/30R ४,००० १३,१२३ अलकतरा
12R/30L ४,४५० १४,६०० अलकतरा
तथ्याङ्कहरू (२०१९)
यात्रुहरू८,६३,९६,७५७ ह्रास ३.१%
विमान आवतजावत373,261
मालसामान (मेट्रिक टन)2,514,918 ह्रास ४.८%
आर्थिक प्रभाव$२६.७ बिलियन[१]

दुबई अन्तर्राष्ट्रिय विमानस्थल (आइएटिए: DXBआइसिएओ: OMDB) (अरबी: مطار دبي الدولي) संयुक्त अरब इमिरेट्सको दुबईमा रहेको यस सहरको प्राथमिक अन्तर्राष्ट्रिय विमानस्थलविश्वकै सबैभन्दा व्यस्त विमानस्थल हो।[४] यो मध्य पूर्वको एउटा प्रमुख विमानस्थल हुनुका साथै दुबईको प्रमुख विमानस्थल हो।[५] यात्रु यातायातको हिसाबले यो विश्वकै पाँचौँ व्यस्त विमानस्थल हो[६] भने मालसामान ढुवानी गर्ने व्यस्त विमानस्थलहरूको श्रेणीमा यो छैटौँ स्थानमा रहेको छ। यो विमानस्थल दुबईको मुख्य सहरी क्षेत्रबाट ४ किमी (२.५ माइल) दक्षिण-पूर्व दिशामा अल गर्हौद जिल्लामा अवस्थित छ।[७] यो विमानस्थलको सञ्चालन दुबई विमान प्राधिकरणले गर्दछ। यो विमानस्थल अन्तर्राष्ट्रिय वायुसेवाहरू इमिरेट्स, फ्लाइदुबई, फेडएक्स एक्सप्रेसको गृह विमानक्षेत्र हो।[८][९] सन् २०१७ मा दुबई विमानस्थलले जम्मा ४,०९,४९३ वायुसेवा अवतरण, ८८ मिलियन यात्रुहरू र २.६५ मिलियन मालसामान ओसार पोसार गरेको थियो।

९० मिलियन यात्रुहरूलाई वार्षिक रूपमा सेवा दिने क्षमता रहेको यस विमानस्थलले सन् २०१६ जनवरी अनुसार, मानव बसोबास रहेको सबै महादेशहरूको २७० गन्तव्यमा १४० विमानहरूद्वारा साप्ताहिक ७,७०० हवाई उडान सेवा दिएको थियो।[१०] सन् २०१८ मा यो विमानस्थल उपयोग गर्ने ६३% भन्दा यात्रुहरू यसलाई मध्यस्थ विमानस्थलको रूपमा प्रयोग गरेका थिए। [११] दुबईको अर्थव्यवस्थामा दुबई अन्तर्राष्ट्रिय विमानस्थलको महत्त्वपूर्ण योगदान रहेको छ, किनभने यो विमानस्थलले लगभग ९०,००० व्यक्तिहरूलाई रोजगारी दिएको छ। यसले दुबईको अर्थव्यवस्थामा अमेरिकी $ २६.७ बिलियनभन्दा बढी योगदान दिने गर्दछ, जुन दुबईको जिडिपीको लगभग २७ प्रतिशत र दुबईमा २१% रोजगारीको अवसर सिर्जना गर्दछ।[१२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Quantifying the Economic Impact of Aviation in Dubai", अन्तिम पहुँच १५ जनवरी २०१८  वेब्याक मेसिन अभिलेखिकरण २६ डिसेम्बर २०१४ मिति
  2. United Arab Emirates AIP वेब्याक मेसिन अभिलेखिकरण ३० डिसेम्बर २०१३ मिति (login required)
  3. "Preliminary 2012 World Airport Traffic and Rankings", Aci.aero, अन्तिम पहुँच २९ मार्च २०१३ 
  4. "Dubai remains world's busiest international airport – Emirates 24|7", Emirates247.com, २४ जनवरी २०१७, अन्तिम पहुँच ३१ अगस्ट २०१७ 
  5. "Massive Dubai airport may delay opening again", MSNBC, २००९, मूलबाट २२ अप्रैल २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० फ़रवरी २००९ 
  6. "Year to date", अन्तिम पहुँच १ जुन २०१५ 
  7. "Dubai International Airport", World Airport Guide, मूलबाट ८ नवंबर २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अगस्त २००८  वेब्याक मेसिन अभिलेखिकरण २००६-११-०८ मिति
  8. David Black (२८ सितंबर २०१२), "Qantas to fly into Dubai in major alliance with Emirates Airline - The National", Thenational.ae, मूलबाट १० दिसंबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अक्टूबर २०१२ 
  9. "Organisation structure - Dubai Airports", Dubaiairports.ae, २७ जून २०१०, मूलबाट २५ अक्तूबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अक्टूबर २०१२ 
  10. "Record month caps off record year at Dubai International", मूलबाट १ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुन २०१५ 
  11. "Majority of DXB passengers in transit, study shows", Arabian Business, ३० मार्च २०१९, अन्तिम पहुँच ४ जुलाई २०१९ 
  12. John, Issac, "UAE carriers set to scale new heights", khaleejtimes.ae, मूलबाट २६ डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २६ डिसेम्बर २०१४ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]