दुलेगौंडा सहर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दुलेगौंडा
—  शहर  —
Dulegauda.jpg Dulegauda1.jpg
दुलेगैंडा नेपाल-এ অবস্থিত
दुलेगैंडा
दुलेगैंडा
नेपालको नक्शामा दुलेगौंडाको अवस्थिति
देश Flag of Nepal.svg नेपाल
अञ्चल गण्डकी
जिल्ला तनहुँ जिल्ला
जनसङ्ख्या (१९९१)
 - जम्मा ७४१२
समय क्षेत्र नेपाली समय (युटिसी+५:४५)

दुलेगौंडा तनहुँ जिल्लामा अवस्थित एक शहर हो । यो शहर हाल शुक्लागण्डकी नगरपालिकामा रहेको छ, भने शुक्लागण्डकी नगरपालिकाको व्यापारिक केन्द्रका रूपमा रहेको छ । हाल यो सहर नेपालको नयाँ प्रदेशीक संरचना अन्तरगत प्रदेश नम्बर ४, गण्डकी अञ्चल, तनहुँ जिल्लामा रहेको छ । यो शहर नयाँ संरचना अन्तरगत १८ मे २०१४ मा नगरपालिकाको रूपमा स्थापना भएको थियो । सन् १९९१ सालको नेपाल सरकारको आधिकारिक तथ्याङ्क अनुसार यो शहरका कुल ७४१२ जना मानिसहरू बस्ने गर्दथे भने १५०७ वटा विभिन्न किसिमका घरहरू रहेको थियो ।[१]

स्वास्थ्य[सम्पादन गर्ने]

यो दुलेगौंडा सहरमा प्रमुख उपचार सेवा दिने अस्पतालका रूपमा तनहुँ सेवा अस्पताल रहेकोमा छ । यो अस्पतालको तत्कालीन नेपालका स्वास्थय मन्त्री खगराज अधिकारीले वि.स. २०७१ पुस २८ गते गरेका थिए ।[२] यस अस्पतालले तनहुँका मात्र नभइ स्याङ्जा जिल्ला, कास्की जिल्ला तथा पाल्पा जिल्ला बासिन्दाहरूलाई समेत सेवा दिने गर्दछ । यसबाहेक यो सहरमा अन्य सानाठूला स्वास्थ क्लिनिकहरू, औसधि पसलहरू तथा आयुर्वेदिक औषधालयहरू समेत रहेको छ ।

शिक्षा[सम्पादन गर्ने]

दुलेगौंडा सहर तथा वरपरका मुख्य शिक्षालयहरू

  • भानुभक्त बहुमुखी क्याम्पस
  • सहिद कृष्ण क्याम्प
  • पञ्चमुनी देव माध्यमबाट विद्यालय
  • गाउँ फर्कोदय माध्यमिक विद्यालय
  • ब्राइट फ्युचर बोर्डिङ स्कुल
  • जीवजुना बोर्डिङ स्कुल
  • बाल बिध्या बोर्डिङ स्कुल
  • श्री सहिद कृष्ण मा वि कवासे
  • दिवस मा वि उदेनढुङ्गा

यातायात[सम्पादन गर्ने]

यो दुलेगौंडा सहर पृथ्वी राजमार्गमा अवस्थित रहेको छ । यो सहर पोखराकाठमाडौंको बिचमा रहेको छ ।

अर्थतन्त्र[सम्पादन गर्ने]

पर्यटन[सम्पादन गर्ने]

यस क्षेत्रमा विभिन्न मठ मन्दिर गुम्वा चर्च र मस्जिदहरु रहेका छन । भुलभुले वराही ढाेरवराही तीन खाेले देवि फूल वराही दुलेगौंडा चर्च वेलचाैतरा मस्जिद र दुलेगौंडा गुम्वा दुलेगाैडामा रहेकाे रक गार्डेन हेर्न लायक छ भने प्रदेश न ४ का सम्पूर्ण भू भाग लेखिने गरि वनेकाे भूजिकाेट भ्यु टावर नगरपालिका २ न वडामा अवस्थित रहेकाे छ ।

खेलकुद[सम्पादन गर्ने]

दुलेगौंडा शहरमा त्यति ठूलो वा राष्ट्रिय स्तरका खेलकुल प्रतियोगिता नभए पनि स्थानीय स्तरमा निकै खेलकुद खेलहरू तथा प्रतियोगिता सञ्चालन हुने गर्दछ । त्यस्तै यो सहरमा अन्य खेलहरूको तुलनामा बढी मात्रामा नेपालीको राष्ट्रिय खेल भलिबल र फुटबल खेल निकै लोकप्रिय रहेको छ । यो भेगका स्थानीय क्लबहरूका बिच वर्षकै पिच्छे प्रमुख रूपमा गणपति खेलकुद मैदानमा तिज कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने गर्दछ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "नेपालको राष्ट्रिय जनगणना २००१", नेपालका गाउँ विकास समितिहरू (डिजिटल हिमालय), मूलबाट १२ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २००९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता).
  2. दुलेगौंडामा तनहुँ सेवा अस्पताल सञ्चालन

बाह्य लिंकहरू[सम्पादन गर्ने]