सामग्रीमा जानुहोस्

देल्सी रोड्रिगेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
देल्सी रोड्रिगेज
सन् २०२६ मा रोड्रिगेज
भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
पदमा
५ जनवरी २०२६ []
पूर्वाधिकारीनिकोलस मादुरो
भेनेजुएलाको उपराष्ट्रपति
पदमा
१४ जुन २०१८
राष्ट्रपति
  • निकोलस मादुरो
    स्वयं (कार्यकारी)
पूर्वाधिकारीतारेक एल ऐसामी
पेट्रोलियम तथा हाइड्रोकार्बन मन्त्री
पदमा
२७ अगस्ट २०२४
राष्ट्रपति
पूर्वाधिकारीपेद्रो तेलेचेया
अर्थ तथा वित्त मन्त्री
पदमा
१० सेप्टेम्बर २०२०  २७ अगस्ट २०२४
राष्ट्रपतिनिकोलस मादुरो
पूर्वाधिकारीसिमोज सार्पा
उतराधिकारीआनाबेल पेरेइरा फर्नान्डेज
संवैधानिक राष्ट्रिय सभाको अध्यक्ष
पदमा
४ अगस्ट २०१७  १४ जुन २०१८
राष्ट्रपतिनिकोलस मादुरो
पूर्वाधिकारीलुई मिकेलिना (सन् १९९९)
उतराधिकारीदियोसदादो काबेओ
परराष्ट्रमन्त्री
पदमा
२६ डिसेम्बर २०१४  २१ जुन २०१७
राष्ट्रपतिनिकोलस मादुरो
पूर्वाधिकारीराफाएल रामिरेज
उतराधिकारीसामुएल मोनकादा
सूचना तथा सञ्चार मन्त्री
पदमा
३ अगस्ट २०१३  १३ अक्टोबर २०१४
राष्ट्रपतिनिकोलास मादुरो
पूर्वाधिकारीएर्नेस्तो भिएगास
उतराधिकारीज्याकलिन फारिया
राष्ट्रपतीय मामिला मन्त्री
पदमा
सन् २००६ फेब्रुअरी  सन् २००६ अगस्ट
राष्ट्रपतिह्युगो चाभेज
पूर्वाधिकारीहाइमान एल त्रोदी
उतराधिकारीआदान चाभेज
व्यक्तिगत विवरण
जन्मदेल्सी इलोइना रोड्रिगेज गोमेज
(1969-05-18) १८ मे १९६९ (उमेर ५७)
दलएकीकृत समाजवादी] (सन् २०१२–२०१८, सन् २०१८ देखि)
जीवनसङ्गी
युसुफ आबु नासिफ इस्माइल (सन् २०१७–हाल)
आमाबुबाहरू
  • जर्ज आन्तोनियो रोड्रिगेज (बुबा)
  • देल्सी गोमेज (आमा)
आफन्तजर्ज रोड्रिगेज (दाजु)
शिक्षाभेनेजुएला केन्द्रीय विश्वविद्यालय (ऐन स्नातक)
पेसा
  • वकिल
  • राजनीतिज्ञ
  • सरकारी कर्मचारी
  • कूटनीतिज्ञ

देल्सी इलोइना रोड्रिगेज गोमेज[] (स्पेनी: Delcy Eloína Rodríguez Gómez, जन्म; १८ मे १९६९) भेनेजुएलाकी एक वकिल, कूटनीतिज्ञ तथा राजनीतिज्ञ हुन् जसले सन् २०१८ देखि भेनेजुएलाको उपराष्ट्रपति रूपमा कार्यभार सम्हाल्दै आएरहेकी छिन्। भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारी पछि उनले सन् २०२६ जनवरी ३ का दिन भेनेजुएलाको कार्यवाहक राष्ट्रपति पद सम्हाल्दै त्यसको दुई दिनपछि औपचारिक रूपमा शपथ लिएकी थिइन्।[] रोड्रिगेजले ह्युगो चाभेज र मादुरोको राष्ट्रपतीय कार्यकालमा अन्तर्गत थुप्रै पदहरू सम्हालेकी थिइन् जसअन्तर्गत उनी सन् २०१३ देखि २०१४ सम्म सञ्चार तथा सूचना मन्त्री,[] सन् २०१४ देखि २०१७ सम्म परराष्ट्र मन्त्री,[] सन् २०१७ देखि २०१८ सम्म संविधान सभा अध्यक्ष, सन् २०१८ देखि बोलिभारियाली राष्ट्रिय गुप्तचर संस्थाको प्रमुख र सन् २०२४ देखि पेट्रोलियम मन्त्री थिइन्।

रोड्रिगेज भेनेजुएलाको एकीकृत समाजवादी पार्टीको राष्ट्रिय नेतृत्वकी सदस्य हुन्।[][] मानवअधिकार उल्लङ्घन र देशमा राजनीतिक सङ्कट निम्त्याउन भूमिका खेलेको कारण देखाई उनलाई युरोपेली सङ्घ, संयुक्त राज्य अमेरिकाक्यानडाले प्रतिबन्ध लगाएको थियो। उनको उपराष्ट्रपति पद सन् २०१९ देखि २०२३ सम्म विवादित बनेको थियो।[][] वर्षौंको आर्थिक सङ्कटका बाबजुद पनि भेनेजुएलाको अर्थतन्त्रलाई स्थिर गर्न र अमेरिकी कडा प्रतिबन्धहरूका बाबजुद पनि देशको तेल उत्पादनमा वृद्धि गराउन उनी सफल भएकी थिइन्।[१०] सन् २०२६ जनवरी ३ का दिन अमेरिकाको पूर्ण समाधान अभियान मार्फत भेनेजुएलामाथि आक्रमण गरि मादुरोलाई पक्राउ गरेको थियो जसकारण रोड्रिगेज देशको कार्यकारी राष्ट्रपति बन्न पुग्दा सरकार प्रशासनमा उनको भविष्यको भूमिका अस्पष्ट बनेको थियो।[११] उनले पछि राज्य टेलिभिजनमा मार्फत मादुरो भेनेजुएलाका राष्ट्रपति रहिरहने अभिव्यक्ति दिएकी थिइन्।[१२] भेनेजुएलाको सर्वोच्च न्यायालयले रोड्रिगेजलाई कार्यकारी राष्ट्रपति बन्न आदेश दिँदा उनी भेनेजुएलाकी पहिलो महिला राष्ट्रपति बन्न पुगेकी थिइन्।

टिप्पणीहरू

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. प्रशासनिक निरन्तरताको सुनिश्चित गर्न सर्वोच्च न्यायालयले उनलाई ३ जनवरीमा नियुक्त गरेको र त्यसको दुई दिनपछि उनले औपचारिक रूपमा शपथ ग्रहण गरेकी थिइन्।
  2. स्पेनी उच्चारण: [ˈdelsi eloˈina roˈðɾiɣez ˈɣomes].
  3. "Delcy Rodriguez formally sworn in as Venezuela's interim president", Reuters, ५ जनवरी २०२६।
  4. "Nueva ministra de comunicaciones es la hermana de Jorge Rodríguez", El Nacional, ४ अगस्ट २०१३, मूलबाट १९ अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अक्टोबर २०१४
  5. "¡Se acabó el berrinche! Delcy Eloína sale de la cancillería", La Patilla (स्पेनीमा), २१ जुन २०१७, मूलबाट १६ मे २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जुन २०१७
  6. "New National Directorate of the United Socialist Party of Venezuela Sworn In", PSUV, २३ अप्रिल २०२२, अन्तिम पहुँच ७ अप्रिल २०२४
  7. "Delcy Rodríguez vuelve al Psuv ¿Y qué pasó con Somos Venezuela?", 2001 Online, ९ अक्टोबर २०१८, अन्तिम पहुँच ७ अप्रिल २०२४
  8. "Guaidó nombra a Leopoldo López al frente de un nuevo 'centro de Gobierno'", Tal Cual (स्पेनीमा), २८ अगस्ट २०१९, मूलबाट ३१ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ अगस्ट २०१९
  9. "Guaidó pone a Leopoldo López al frente de su gabinete", La Razón (Madrid) (स्पेनीमा), २८ अगस्ट २०१९, मूलबाट ३१ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ अगस्ट २०१९
  10. Kurmanaev, Anatoly; Pager, Tyler; Romero, Simon; Turkewitz, Julie (४ जनवरी २०२६), "How Trump Fixed On a Maduro Loyalist as Venezuela's New Leader", The New York Times
  11. "Live Updates: U.S. Captures Venezuelan Leader, Trump Says", The New York Times, ३ जनवरी २०२६, अन्तिम पहुँच ३ जनवरी २०२६
  12. "Maduro is Venezuela's only president, says VP Delcy Rodriguez", BBC News, ३ जनवरी २०२६, अन्तिम पहुँच ३ जनवरी २०२६

बाह्य कडीहरू

[सम्पादन]