देवराज शाक्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



नेपालमा पनि सयौँ वर्ष अगाडिदेखि नै नयाँ-नयाँ खानी पत्ता लगाएर ती खानीबाट निस्केका खनिज पदार्थबाट तामा, सुन, फलाम र चाँदी निकाल्ने र त्यसबाट धातुका वस्तु र मूर्ति बनाउने काममा नेपाली वैज्ञानिक र प्राविधिज्ञ निकै निपुण थिए। यस्ता निपुण नेपाली वैज्ञानिक र प्राविधिकमा अरनिको पछाडि खानी विशेषज्ञ देवराज शाक्यको नाम पनि आउँछ। गेहेन्द्र शमशेरकै समकालीन खानी विशेषज्ञ शाक्यको जन्म त्यस्तो प्रसिद्ध ठाउँमा भएको थियो, जुन ठाउँ तामा, फलाम, सुन र चाँदी इत्यादि खनिज वस्तु खार्ने र घाउहरूबाट धातु निकाल्ने र धातुको वस्तु बनाउने क्षेत्रमा प्राचीनकालदेखि नै प्रसिद्ध रहँदै आएको छ।

ललितपुरको नोद्धँमास्थित देवदत्त-महाबिहारमा जन्मेका शाक्य सामान्य शिक्षा-दीक्षाको भरमै आफ्नै लगन, साहस र मेहनतले तामाखानीको काममा अगुवाका रूपमा विकसित भए। उनले नयाँ-नयाँ खाली पत्ता लगाउने र तामाको धाउको वर्गीकरण गर्ने काममा उल्लेखनीय योगदान दिएका थिए। उनले ललितपुरको दक्षिणतिर पर्ने 'इपा' भन्ने स्थानमा राम्रो तामाखानी फेला पारेर वि.सं. १९९३-९४मा उद्योग नै सञ्चालन गरेका थिए। तर तत्कालीन राणा शासकबाट बारुदलगायत अन्य अत्यावश्यक सुविधा नजुटाएकाले इपाको तामाखानीको उद्योग विफल भयो। त्यसमाथि जर्मनीबाट सस्तो, राम्रो र सफा तामाको पैठारी गर्ने नीति राणा शासकले लिएपछि त सम्पूर्ण तामा उद्योग र खोजबिनमै नराम्रो असर पर्‍यो। उनले नेपालका अनकन्टार पहाड-पर्वत घुमी अनेकौं ठाउँमा तामा र फलामका खानी पत्ता लगाएका थिए। १९७५ सालमै उनले स्वदेशी तामाखानीबाट तामा निकालेर तामाका सिक्का बनाउने, सुन्दरीजल, तसुका टक्सारमा सिक्का बनाउने र टक मार्ने कामको नीति निर्देशन गर्ने र आफ्नै हातले पनि बनाउँथे। भनिन्छ- उनले कुनै पनि तामाको घाउ केवल हेरेरै मात्रै पनि त्यस घाउबाट कति प्रतिशत तामा निकाल्न सकिन्छ भन्ने कुरा ठाडै बताउन सक्थे। तामा खानीको खोजबिन र अनुसन्धानमा लामो समय बिताउने शाक्यको सम्पूर्ण जीवन नै खानी खोज्ने, खानीबाट घाउ झिकेर शुद्ध तामा निकाल्ने र त्यसबाट विभिन्न प्रकारका वस्तु बनाउने र तामाको अध्ययनका अनुसन्धानमा बितेको देखिन्छ।

उनले वि.सं. १९९० सालको महाभूकम्पले गर्दा नस्ट भएको पाटनको प्रसिद्ध महाबौद्ध मन्दिरको जीर्णोद्धार गर्ने र त्यसका लागि आवश्यक रकम आफ्नै दशौं रोपनी जग्गा राणाशासकलाई कहाँ धितोमा राखेर लिएर काम गरेका थिए। ४-५ वर्षसम्म महाबौद्ध मन्दिरको जीर्णोद्धारमा मरिमेटेका शाक्यले आफ्नो अन्तिम जीवन सुन्दरीजलको हक मार्ने कामबाट निस्केको धूलो र बन्दुक बनाउँदा निस्कने धूलोबाट धातु निकाल्ने काममा अर्पेर वि.सं. २००४ कार्तिक शुक्ल दशमीका दिन प्राण त्याग गरेका थिए।