देवीप्रसाद पौडल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


केवलपुरे किसान का उपनामले प्रसिद्द , धादिङ जिल्लाको केवलपुर गा. बि. स.मा जन्मिएका नेपाली साहित्यकार देवीप्रसाद पौडल |

विद्यादेवी र हरिप्रसाद पौडेलबाट धादिङको केवलपुरमा जन्मिएका देवीप्रसाद पौडेल २०१६ सालपछि केवलपुरे किसानका रूपमा नेपाली लोक साहित्यमा छाएका हुन्। उनको पहिलो रचना २००५ सालमा लक्ष्मीप्रसाद देवकोटाद्वारा सम्पादित युगवाणीमा छापिएको थियो। त्यसपछि बाघ आयो (२००९), नेपाल नछो! (२०१०), समातेर पछार (२०१२), छिःछिः (२०१५), सङ्घर्षको ठीक गर (२०१६), शङ्कैशङ्का (२०५४), बोकी खस्यो (२०५४) लगायतका गीत र कविता सङ्ग्रह प्रकाशित भए। आफ्नो चिनारी आफ्नै शब्दमा (सवाई), २०१६ पछिका रचनाहरू र केवलपुरको आन्द्रा भुँडी (अडियो) का साथै जीवनसँगिनी सावित्रीलाई गुमाएपछि आँसुको पोखरी (२०५८) शोककाव्य पनि प्रकाशित छन्। उनमा झर्रो र ठेट भाषामा कविता लेख्ने र असाध्यै मीठो लोकलयमा झ्याउरे कविता वाचन गर्ने निपुणता थियो |किसानको लेखनी मूलतः दुःखी-गरबि जनताका समस्या, सरकारी बेथिति र रुढीवादको चित्रण गर्दै सामाजिक जागरणतर्फ केन्दि्रत रहेको पाइन्छ।

१५ वर्षमा काठमाडौं छिरेका केवलपुरे ठिटो देवीप्रसाद तीनधारा संस्कृत पाठशालामा पढ्दा भावी नेपाली राजनीतिलाई दिशानिर्देश गर्ने जयतु संस्कृतम्को एक अभियन्ता पनि बने। संस्कृत पाठशालामा नागरिक शास्त्र, विज्ञान, अङ्ग्रेजी जस्ता विषय थप्ने मागबाट शुरु भएको यो विद्यार्थी आन्दोलन अन्ततःराणाविरोधी राजनीतिक आन्दोलनमा परिणत भयो, अरू धेरै विद्यार्थीसँगै उनी पनि पाठशालाबाट निकालिए र बनारस पुगेर पुष्पलाल श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, युद्धप्रसाद मिश्र आदिको मण्डलीमा समावेश भए। त्यहि बेला उनले भारतमा वसेर पढाई पुर्ण (शास्त्री उत्तीर्ण) गरेका थिए|तत्पश्चात नेपाल फर्किएर किसान आन्दोलनमा समाहित भए का 'किसान'ले बाहुनले हलो जोत्न हुन्न भन्ने मान्यताविरुद्ध आफैँले हलो जोतेपछि उनी रुढिवादि समाज वाटै निस्कासनमा परेका थिए|

उनी प्रगतिशील लेखक संघका संस्थापक सदस्य तथा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका पूर्वअध्यक्ष एवं सल्लाहकार थिए| २१ असोज २०६८मा ८५ वर्षको उमेरमा उनी दिवंगत भएका थिए|