सामग्रीमा जानुहोस्

देवी शेट्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
देवी प्रसाद शेट्टी
जन्म (1953-05-08) ८ मे १९५३ (उमेर ७२)[]
किनिङ्गोली गाउँ, दक्षिण कन्नड जिल्ला, कर्नाटक राज्य
शिक्षाकस्तुरबा मेडिकल कलेज (एमबीबीएस, शल्यचिकित्सकमा स्नातकोत्तर)
बेलायतको रोयल कलेज अफ सर्जन्स (एफआरसिएस)
कार्यकालसन् १९८३–हाल
चिनारीको कारणनारायणा हेल्थका संस्थापक तथा अध्यक्ष[]
पेशामुटु रोग विशेषज्ञ, शल्यचिकित्सक
विशेषज्ञतामुटु रोग विशेषज्ञ
उल्लेखनीय पुरस्कारहरूपद्म श्री (सन् २००४)
पद्म भूषण (सन् २०१२)

देवीप्रसाद शेट्टी (जन्म: ८ मे १९५३) एक भारतीय मुटु रोग विशेषज्ञ तथा शल्यचिकित्सक हुन्। नारायणा हेल्थका संस्थापक तथा अध्यक्ष समेत रहेका शेट्टीले १,००,००० भन्दा बढी मुटु शल्यक्रिया गरिसकेका छन्। सन् २००४ मा उनलाई भारत सरकारद्वारा प्रदान गरिने चौँथो सर्वोच्च नागरिक सम्मान पद्म श्री पुरस्कारले सम्मानित गरिएको थियो र त्यसपछि सन् २०१२ मा सस्तो र सुलभ स्वास्थ्य सेवाको क्षेत्रमा पुर्‍याएको योगदानका लागि तेस्रो सर्वोच्च नागरिक सम्मान पद्म भूषण पुरस्कारले सम्मानित गरिएको थियो।[]

प्रारम्भिक जीवन र शिक्षा

[सम्पादन गर्नुहोस्]

उनको जन्म भारतको कर्नाटक राज्यको दक्षिण कन्नड जिल्लास्थित किनिङ्गोली गाउँमा भएको थियो। नौ जना सन्तानमध्ये आठौँ सन्तान रहेका उनले विद्यालयमा अध्ययन गर्ने क्रममा दक्षिण अफ्रिकी सर्जन क्रिस्टियान बार्नार्डले विश्वको पहिलो मुटु प्रत्यारोपण शल्यक्रिया सम्पन्न गरेको खबर सुनेपछि मुटु सर्जन बन्ने निर्णय गरेका थिए।[]

उनले मंगलुरुको सेंट एलोयसियस स्कूलमा शिक्षा प्राप्त गरेका थिए। उनले सन् १९७९ मा एमबीबीएस पूरा गरे र त्यसपछि भारतको मंगलुरुको कस्तुरबा मेडिकल कलेजबाट सामान्य शल्यक्रियामा स्नातकोत्तर अध्ययन पूरा गरेका थिए। पछि उनले बेलायतको रोयल कलेज अफ सर्जन्सबाट एफआरसिएस उपाधि प्राप्त गरेका छन्।

पेशागत जीवन

[सम्पादन गर्नुहोस्]

उनी सन् १९८९ मा भारत फर्किए र सुरुवाती रूपमा कोलकातास्थित बी. एम. बिर्ला अस्पतालमा कार्य गरे। सन् १९९२ मा उनले देशकै पहिलो नवजात मुटु शल्यक्रिया २१ दिनको शिशुमा सफलतापूर्वक सम्पन्न गरे। कोलकातामै उनले मदर टेरेसाको हृदयघात भएपछि उनको शल्यक्रिया गरे र त्यसपछि उनको निजी चिकित्सकको रूपमा सेवा दिए। सन् २००१ मा शेट्टीले बेंगलोरको बाहिरी क्षेत्रमा रहेको बोम्मासन्द्रामा बहुविशेषज्ञ अस्पताल नारायणा हृदयालय स्थापना गरेका थिए। यदि अस्पतालहरूले आर्थिक परिमाणको सिद्धान्त अपनाए भने स्वास्थ्य सेवाको लागत आगामी ५–१० वर्षभित्र ५० प्रतिशतसम्म घटाउन सकिन्छ भन्ने उनको विश्वास छ।[]

सन् २०१२ को अगस्तमा शेट्टीले असेन्सन हेल्थको सहायक कम्पनी ट्राइमेडक्ससँग अस्पतालहरूको श्रृंखला स्थापना गर्न संयुक्त उपक्रम बनाउने सम्झौता भएको घोषणा गरेका थिए। यसअघि नारायणा हृदयालयले असेन्सन हेल्थसँग मिलेर केम्यान टापुमा स्वास्थ्य सेवा सिटी स्थापना गर्ने परियोजनामा सहकार्य गरेको थियो, जस अन्तर्गत २,००० ओटा शैया रहने योजना थियो।[]

शेट्टीले कोलकातामा रविन्द्रनाथ ठाकुर अन्तर्राष्ट्रिय मुटु विज्ञान संस्थान पनि स्थापना गरे। उनले कर्नाटक सरकारसँग बेंगलोर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ५,००० शैया क्षमताको विशेष अस्पताल निर्माण गर्न समझदारी पत्रमा हस्ताक्षर गरे। साथै, उनको कम्पनीले गुजरात सरकारसँग पनि अहमदाबादमा ५,००० शैयाको अस्पताल स्थापना गर्ने सम्झौता गरेको थियो।[]

Cardiac Surgeon with Global Health Physician
डा देवी शेट्टी, संस्थापक, नारायण हृदयालय, डा एडमन्ड फर्नान्डिज, संस्थापक, सीएचडी समूह

पुरस्कारहरू र सम्मानहरू

[सम्पादन गर्नुहोस्]
  • सन् २०१२ मा चिकित्सा क्षेत्रमा पद्म भूषण पुरस्कार []
  • सन् २००१ मा कर्नाटक रत्न पुरस्कार []
  • सन् २०१२ मा इकोनमिक टाईम्स अवार्ड्स द्वारा वर्षको उद्यमी सम्मान []
  • सन् २०११ मा द इकोनमिस्ट इन्नोभेशन अवार्ड (व्यवसायिक प्रक्रिया श्रेणीमा)[१०]
  • सन् २०११ मा मिनेसोटा विश्वविद्यालयबाट मानार्थ उपाधि[११]
  • सन् २०१४ मा भारतीय प्राविधिक संस्थान मद्रास बाट ‘Honoris Causa’ विज्ञानका डाक्टर उपाधि[१२]
  • सन् २००५ मा श्वाब फाउन्डेशन अवार्ड[१३]
  • सन् २००४ मा चिकित्सा क्षेत्रमा पद्मश्री पुरस्कार[१४]
  • सन् २००३ मा डा. बी. सी. रोय पुरस्कार
  • सन् २००३ मा सर एम. विश्वेश्वरय्या स्मृति पुरस्कार [१५]
  • सन् २०१२ मा अर्न्स्ट एण्ड यङ द्वारा विज्ञान क्षेत्रका वर्षका उद्यमी [१६]
  • सन् २००३ मा अर्न्स्ट एण्ड यङद्वारा स्टार्ट-अप श्रेणीका वर्षका उद्यमी [१६]
  • सन् २००२ मा राज्योत्सव पुरस्कार [१७]
  • सन् २०१२ मा सीएनएन-आईबीएनद्वारा वर्षको भारतीय (सार्वजनिक क्षेत्र) [१८]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Dr. Devi Prasad Shetty", MSN India, अन्तिम पहुँच ५ जुन २०१२ [स्थायी मृत कडी]
  2. "Credihealth profile", Credihealth.com, २०१७, मूलबाट १८ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २३, २०१७  वेब्याक मेसिन अभिलेखिकरण १८ अक्टोबर २०१८ मिति
  3. "Padma Awards", Ministry of Home Affairs, Government of India, २०१५, मूलबाट १५ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २१, २०१५  वेब्याक मेसिन अभिलेखिकरण १५ अक्टोबर २०१५ मिति
  4. "The Henry ford of heart surgery", The Wall Street Journal, २५ नोभेम्बर २००९, अन्तिम पहुँच ६ नोभेम्बर २०१२ 
  5. ५.० ५.१ "ET Awards 2012", Economic Times, १९ सेप्टेम्बर २०१२, मूलबाट ३ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण ४ नोभेम्बर २०१२ मिति
  6. "Devi Shetty to leverage frugal engineering for medical fraternity", Business Standard, २८ अगस्ट २०१२, अन्तिम पहुँच ६ नोभेम्बर २०१२ 
  7. "Narayana Hrudayalaya, Gujarat join hands for health city project", Thehindubusinessline.in, १७ जनवरी २००९, अन्तिम पहुँच २६ मे २०१३ 
  8. "Padma Bhushan to Dr. Shetty", Ndtv.com, अन्तिम पहुँच १८ अक्टोबर २०१७ 
  9. , Karnataka.gov.in, २०२२-०१-१९ https://www.karnataka.gov.in/page/Awards/State%20Awards/Karnataka+Ratna/en, अन्तिम पहुँच २०२२-०९-०४  |title= रितो (सहायता)
  10. "Business Process award winner 2011", The Economist, मूलबाट २ जुन २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जुन २०१२  वेब्याक मेसिन अभिलेखिकरण २ जुन २०१२ मिति
  11. "Devi Prasad Shetty | University Awards & Honors" 
  12. "Devi Shetty Conferred Doctorate by IIT, Madras", २० जुलाई २०१४। 
  13. "'Social enterprises' rise in Asia amid skepticism", Nikkei Asian Review (Tomomi Kikuchi), अन्तिम पहुँच १६ सेप्टेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण ८ जुन २०२० मिति
  14. "Devi Shetty hails NMC bill, says it's a good move by govt", The Indian Express, २ जनवरी २०१८, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१८ 
  15. "Sir M.V Awardees", Fkcci – Federation of Karnataka Chambers of Commerce and Industry, ९ जनवरी २०२१। 
  16. १६.० १६.१ "Entrepreneur Of The Year 2017 program - Past winners", Ernst & Young, मूलबाट २३ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मे २०१८  वेब्याक मेसिन अभिलेखिकरण २३ जुलाई २०१८ मिति
  17. "Rajyotsava awards for Nilekani, Kasarvalli, Devi Shetty | Bengaluru News - Times of India", The Times of India, २९ अक्टोबर २००२। 
  18. "Devi Shetty named Indian of the Year in Public Service category", १२ डिसेम्बर २०१२।