सामग्रीमा जानुहोस्

दैजिङ उत्सव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दैजिङ उत्सव
प्रारम्भडिसेम्बर २७
समापनजनवरी ७
आवृत्तिवार्षिक

दैजिङ उत्सव (अङ्ग्रेजी: Dwijing Festival) वा आई नदी उत्सव असम राज्यको चिराङ जिल्लामा आई नदीको किनारमा हाग्रामा पुल नजिक आयोजना गरिने एक वार्षिक नदी–उत्सव हो।[][][] यो उत्सव हरेक वर्ष १२ दिनसम्म (२७ डिसेम्बरदेखि ७ जनवरीसम्म) मनाइन्थ्यो।[][]

शब्दको उत्पत्ति

[सम्पादन गर्नुहोस्]

“दैजिङ” शब्द बोडो भाषाबाट आएको हो, जसमा दैको अर्थ “पानी” र जिङको अर्थ “नदी किनारा” हो।[] आई नदीको किनारमा यो उत्सव मनाइन्थ्यो, जससँग स्थानीय बोडो समुदायको गहिरो सांस्कृतिक सम्बन्ध छ।[]

दैजिङ उत्सवको सुरुवात असम पर्यटन विभाग, असम पर्यटन विकास निगम र बोडोल्याण्ड पर्यटनको संयुक्त आयोजनामा सन् २०१६ मा भएको थियो।[][][] यसको मुख्य उद्देश्य नदी पर्यटनलाई प्रोत्साहन गर्नु र बोडोल्याण्ड क्षेत्रको संस्कृति र परम्परालाई विश्वसामु प्रस्तुत गर्नु थियो।[] चौथो र अन्तिम पटक यो उत्सव सन् २०१९–२० को हिउँदमा आयोजना गरिएको थियो।

यो उत्सव हाग्रामा पुल नजिक आयोजना गरिन्थ्यो, जुन असमको सबैभन्दा लामो ग्रामीण नदी पुल हो।[] यहाँ जनजातीय व्यापार, खाद्य–संस्कृति, खेलकुद, साहसिक गतिविधि, नदी राफ्टिङ, हेलिकप्टर भ्रमण र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्थे।[] बलिउडका थुप्रै प्रसिद्ध कलाकारहरूले पनि यहाँ प्रदर्शन गरेका थिए।[] यस उत्सवले स्थानीय जनजीवनमा सुधार ल्याउने, नयाँ रोजगारी सिर्जना गर्ने र आर्थिक रूपमा क्षेत्रलाई सशक्त बनाउने उद्देश्य बोकेको थियो।[]

  1. १.० १.१ १.२ १.३ १.४ Hassan, Ali Fauz, "Assam's Dwijing fest to begin next week", The Telegraph (असमियामा), अन्तिम पहुँच २०२४-०६-०९ 
  2. २.० २.१ २.२ "Staging 'DWI' during DWIJING Festival", Wildlife Trust of India (असमियामा), अन्तिम पहुँच २०२४-०६-०९ 
  3. "Aie River (Dwijing Festival) | Chirang District | Government Of Assam, India", चिराङ जिल्लाको सरकारी वेबसाइट (असमियामा), अन्तिम पहुँच २०२४-०६-०९  वेब्याक मेसिन अभिलेखिकरण २०२४-०६-१० मिति
  4. "River tourism project 'Dwijing Festival' to begin on Dec 27", Business Standard (असमियामा), अन्तिम पहुँच २०२४-०६-०९ 
  5. "River tourism project 'Dwijing Festival' to begin on Dec 27", Business Standard (असमियामा), अन्तिम पहुँच २०२४-०६-०९ 
  6. "Dwijing Festival begins at Aie River in Chirang", Assam Times (असमियामा), २०१८-१२-२७, अन्तिम पहुँच २०२४-०६-०९ 
  7. NEWS, NE NOW (२०१९-१२-२७), "Dwijing Festival begins in Assam", NORTHEAST NOW (असमियामा), अन्तिम पहुँच २०२४-०६-०९ 
  8. "Dwijing festival wins 5 awards at WOW Awards Asia 2020", The Times of India (असमियामा), २०२०-०८-१८, अन्तिम पहुँच २०२४-०६-१० 
  9. "Dwijing festival will help economy: Assam chief minister Sarbananda Sonowal", The Times of India (असमियामा), २०१८-१२-३०, अन्तिम पहुँच २०२४-०६-१०