दैनिक पत्र

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

दैनिक पत्र नेपाली राष्ट्रिय दैनिक पत्रिका हो । पत्रकारितामा मोफसलको राजधानी बुटवलबाट रंगीन कलेबरमा यो पत्रिका प्रकाशित हुदै आएको छ । यसको प्रकाशन संस्था बुटवल मिडिया प्रकाशन प्रा लि हो । यो संस्थाले २०६९ सालदेखि जनसंघर्ष साप्ताहिक र स्वाधीन मासिकको प्रकाशन समेत गर्छ । २०६९ सालमा जनसंघर्ष र स्वाधीन बुटवल मिडिया प्रकाशन प्रालिमा समाहित भएका हुन् । शुरुमा बुटवल टुडे दैनिकको नामबाट स्यामश्वैत कलेवरमा ४ पृष्ठमा प्रकाशित हुँदै आएको पत्रिकाको नाम परिवर्तन गरी दैनिक पत्र बनाइएको हो । यसका प्रधान सम्पादक बालकृष्ण चापागाई हुन्, वरिष्ठ सम्पादक डी आर घिमिरे हुन् भने सहसम्पादक सी पी खनाल हुन् । यो पत्रिका रुपन्देहीको बुटवलबाट निरन्तर प्रकाशित हुदै आएको छ । लुम्बिनी अञ्चलेमा सर्वाधिक बिक्री हुने पत्रिका दैनिक पत्रले पश्चिमाञ्चल क्षेत्रको प्रतिनिधित्व गर्दै राजधानीबाट समेत आफ्नो प्रकाशन २०६८ साउन १ गतेदेख आरम्भ गरेको हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]